गजुरी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गजुरीबाट अनुप्रेषित)
गजुरी
गजुरी is located in नेपाल
गजुरी
गजुरी
नेपालमा गजुरी गाउँपालिका
निर्देशाङ्क: २७°४६′N ८४°५१′E / २७.७७°N ८४.८५°E / 27.77; 84.85निर्देशाङ्कहरू: २७°४६′N ८४°५१′E / २७.७७°N ८४.८५°E / 27.77; 84.85
देश नेपाल
प्रदेशप्रदेश नं. ३
जिल्लाधादिङ जिल्ला
सरकार
 • अध्यक्षराजेन्द्रविक्रम बस्नेत (नेकपा)
 • उपाध्यक्षसीता ढुङ्गाना (नेकपा)
क्षेत्रफल
 • जम्मा१३८.६६ किमी (५३.५४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०१७)[१]
 • जम्मा२७,०८४
 • घनत्व२००/किमी (५१०/वर्ग माइल)
 • धर्मावलम्बी
हिन्दु मुसलमान बौद्ध
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४५११२
क्षेत्रीय सङ्केत०१०
साक्षरता दरवृद्धि ६४.२८% High
वेबसाइटhttp://gajurimun.gov.np


गजुरी, नेपालको बागमती प्रदेशको धादिङ जिल्लामा पर्ने एक गाउँपालिका हो। यो गाउँपालिका पृथ्वी राजमार्गसँग जोडिएर रहेको छ। तत्कालिन गजुरी गाउँ विकास समिति लगायत किराञ्चोकपिडा मिलाएर गजुरी गाँउपालिका घोषणा गरिएको हो।[२] राजधानी काठमाडौँबाट करिब ७२ किलोमिटर पश्चिममा पर्ने यस स्थान पञ्चायतकालमा पनि एक प्रमुख स्थानमा पर्दथ्यो। यो धादिङ जिल्लाको सदरमुकाम धादिङ्गबेसी पछि रहेको एक प्रमुख स्थान हो। गजुरीबाट सदरमुकाम करिब २५ किलोमिटरको दुरीमा पर्दछ। तत्कालिन समयमा एउटा शान्त गाउँका रुपमा रहेको यस स्थान अहिले विस्तारै शहरीकरण तर्फ उन्मुख हुँदै गइरहेको छ। वर्तमान समयमा यहाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन् भने विभिन्न बोर्डिङ्ग स्कूलहरू पनि खुलेका छन्। पृथ्वी राजमार्गले विचमा चिरेको यो सहरका भित्री भागहरूमा पनि शाखा बाटोहरू खुलेर घरहरू बन्ने क्रम जारी छ। त्रिशुली नदीको किनारमा रहेको यो स्थान समुद्र सतहबाट करिब ५०० मिटरको उचाइमा रहेको छ।

भूगोल[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]