सामग्रीमा जानुहोस्

गजुरी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गजुरीबाट अनुप्रेषित)
गजुरी गाउँपालिका
गजुरी गाउँपालिका मा पर्दछ गजुरी गाउँपालिका
गजुरी गाउँपालिका
गजुरी गाउँपालिका मा पर्दछ धादिङ जिल्ला
गजुरी गाउँपालिका
गजुरी गाउँपालिका मा पर्दछ बागमती प्रदेश
गजुरी गाउँपालिका
गजुरी गाउँपालिका मा पर्दछ नेपाल
गजुरी गाउँपालिका
निर्देशाङ्क: २७°४८′N ८४°५३′E / 27.80°N 84.88°E / 27.80; 84.88
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षगणेशलाल श्रेष्‍ठ (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षशर्मिला विसुराल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१३८.६६ किमी (५३.५४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२८,६३४
  घनत्व२१०/किमी (५३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
केन्द्रसाविक गजुरी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

गजुरी गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गजुरी, पिडाकिरानचोक गाविसहरू यसमा गाभिएका थिए।

राजधानी काठमाडौँबाट करिब ७२ किलोमिटर पश्चिममा पर्ने यस स्थान पञ्चायतकालमा पनि एक प्रमुख स्थानमा पर्दथ्यो। यो धादिङ जिल्लाको सदरमुकाम धादिङ्गबेसी पछि रहेको एक प्रमुख स्थान हो। गजुरीबाट सदरमुकाम करिब २५ किलोमिटरको दुरीमा पर्दछ। तत्कालिन समयमा एउटा शान्त गाउँका रुपमा रहेको यस स्थान अहिले विस्तारै शहरीकरण तर्फ उन्मुख हुँदै गइरहेको छ। वर्तमान समयमा यहाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन् भने विभिन्न बोर्डिङ्ग स्कूलहरू पनि खुलेका छन्। पृथ्वी राजमार्गले विचमा चिरेको यो सहरका भित्री भागहरूमा पनि शाखा बाटोहरू खुलेर घरहरू बन्ने क्रम जारी छ। त्रिशुली नदीको किनारमा रहेको यो स्थान समुद्र सतहबाट करिब ५०० मिटरको उचाइमा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गजुरी गाउँपालिकाको कुल जनसङ्ख्या २८,६३४ रहेको छ भने यहाँ ६,८३९ घरधुरी रहेका छन्।[]

गजुरी गाउँपालिकाको अद्यावधिक वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
गजुरी (१, ३)५,३२३९.६३५५२.७५
गजुरी (२, ४, ८)४,२१९१५.९३२६४.८५
गजुरी (५–७, ९)२,००८१६.८७११९.०३
पिडा (७–९)२,९२९२१.६९१३५.०४
पिडा (२, ४, ५)३,८९७१७.६५२२०.७९
पिडा (१, ३, ६)४,७८६१४.०४३४०.८८
किरानचोक (६–९)२,२५२१०.७८२०८.९१
किरानचोक (१–५)३,२२०३२.७७९८.२६
जम्मा२८,६३४१३९.२८२०५.५९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]