जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स
Jump to navigation
Jump to search
जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष रामलोचन ठाकुर हुन्। जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्सको केन्द्रीय कार्यालय धनुषा जिल्लाको जनकपुरधाममा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह गोरुगाडा थियो।[१] जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्सले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल २,७५५ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ४,३७० मत प्राप्त गरेको थियो।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।