दूधकुण्ड नगरपालिका
दूधकुण्ड नगरपालिका | |
---|---|
![]() सोलुखुम्बुमा रहेको विमानस्थल | |
देश | ![]() |
विकास क्षेत्र | पूर्वाञ्चल |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | सोलुखुम्बु जिल्ला |
स्थापना | २०७१ मंसिर १७ |
क्षेत्रफल | |
• जम्मा | २५४.३ किमी२ (९८.२ वर्ग माइल) |
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)[१] | |
• जम्मा | ११,२४७ |
• घनत्व | ४४/किमी२ (११०/वर्ग माइल) |
राष्ट्रिय जनगणना २०६८ | |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-३८ |
दूधकुण्ड नगरपालिका नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलमा पर्ने सोलुखुम्बु जिल्लामा अवस्थित एक नगरपालिका हो।[२] जिल्ला सदरमुकाम सल्लेरी सहित बेनी, तामाखानी र गार्मा गाविसहरू लाई समेटेर घोषणा गरिएको नगरपालिका हो। दूधकुण्ड नगरपालिकाको केन्द्रभने जिल्ला सदरमुकाम सल्लेरीमा नै रहको छ।[३] यस अघि ३४ गाविस रहेको सोलुखुम्बु नयाँ नगरपालिका घोषणा भएपछि ३० वटा गाविस तथा एक नगरपालिका रहेको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४] यस नगरपालिका सोलुदुधकुण्ड नगरपालिका भित्र पर्दछ ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
दूधकुण्ड नगरपालिका सल्लेरी, बेनी, तामाखानी र गार्मा गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार चार ठाउँको जनसङ्ख्यालाई जोडेर ११,२४७ रहेको छ।[१][३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (सोलुखुम्बु जिल्ला)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ ३.० ३.१ "'दूधकुण्ड' सोलुखुम्बुको पहिलो नगरपालिका", सोलु अनलाईन, सोलु अनलाईन, २०७१ मंसिर १७, अन्तिम पहुँच मंसिर १७।
- ↑ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक न्यूज, नागरिक न्यूज, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |