नेपालमा सलह संक्रमण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा समय समयमा सलह (Locust ) किराको संक्रमण देखिएको पाहिन्छ। सामान्यतया सलह भारतमार्फत नेपाल प्रवेश गरेको देखिन्छ।[स्रोत नखुलेको] सलह फट्याङ्ग्रा प्रजातिको किरा हो। एउटा बथानमा लाखौं को सङ्ख्यामा हुने यो फट्याङ्ग्रामा सम्पूर्ण कृषिबालीको बोट–विरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमता रहन्छ।

नेपालमा सलहको संक्रमणको इतिहास[सम्पादन गर्नुहोस्]

  • नेपाल सरकारका अनुसार सन १९६२ मा नेपालमा पहिलो पटक सलहको आक्रमण रेकर्ड गरिएको थियो।
  • सन १९९६ मा सलह किरा द्वारा चितवनको जिल्लाको ८०% बालीलाई नष्ट गरेको थियो। मकवानपुर, महोत्तरी र बारा जिल्लामा समेत आंशिक रूपमा क्षति भएको थियो।
  • २०२० जुन / जुलाईमा सलह बारा, सर्लाही, पर्सा र रूपन्देही जिल्लामा देखियो। [१]

नेपालमा सलह संक्रमण २०७७[सम्पादन गर्नुहोस्]

  • वि.स. २०७७ असार १३ गतेः असार १३ गते सनिबार सलह किरा भारत हुँदै नेपाल प्रवेश गरेको थियो। सो दिन बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको थियो। [२] त्यस्तै गरी सनिबारनै रूपन्देहीको बुटवल सुख्खानगर, रामनगर, कालिकानगर, गोलपार्क,रामनगर लगायतका क्षेत्रमामा सलह देखिएको थियो। [३]
  • वि.स. २०७७ असार १४ गतेः पूर्वी चितवनको कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा सलह कीरा देखिएको थियो।[४] त्यस्तै गरी कास्की पोखराको महतगौंडा र लमजुङको सुन्दरबजारमा पनि सलह किरा देखिएको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको थियो। [५]
  • वि.स. २०७७ असार १५ गतेः कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको थियो। [६]
  • वि.स. २०७७ असार १६ गतेः काठमाडौँको आकाशमा सलह देखियो थियो । काठमाडौँको वनस्थली, स्वयम्भु, नागर्जुन क्षेत्रको आकाशमा सलह देखिएको हो।[७] ३ दिनको अवधिमा सम्म सलह बारा, पर्सा, मोहत्तरी, सिन्धुली, रामेछाप, रौतहट, मकवानपुर, सर्लाही, चितवन, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङजा, दाङ, प्युठान, गुल्मी, कास्की, पाँचथर, तेह्रथुम, खोटाङ, कैलाली, डडेल्धुरा र सिन्धुपाल्चोक जिल्लाहरूमा देखिएको थियो।[८]
  • वि.स. २०७७ असार १७ गतेः सलह किरा कर्णाली पुगेको थियो। सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका–३ दशरथपुरमा सलहको सानो समूहमा देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको थियो। [९]
  • वि.स. २०७७ असार १८ गतेः सलह कीरा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, डडेल्धुरा र तराईको जिल्ला कैलालीमा देखिएको थियो। [१०] नेपालमा आएका सलह किरामध्ये धेरैजसो झुण्ड दाङप्युठानको सेरोफोरोमा रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको थियो । अर्घाखाँचीमा गएको झुण्ड पनि प्युठानतर्फ नै मोडिएको र हावाको बहावका कारण ती झुण्ड सुदूरपश्चिमकर्णाली प्रदेशमा प्रवेश गर्ने सम्भावना रहेको केन्द्रले बताएको थियो। त्यस्तै गरी भारतको उत्तर प्रदेशको इटवा क्षेत्रमा रहेका दुई वटा ठूला झुण्ड पनि नेपाल आउने सम्भावना रहेको केन्द्रले जनाएको थियो। ती दुई वटा झुण्ड तीन दिनभित्र भारतको फत्तेपुर आइपुग्ने सम्भावना रहेको र त्यसपछि नेपाल आउने सम्भावना रहने भन्दै केन्द्रले तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा सजगता अपाउनुपर्ने जनाएको थियो।[११]
  • वि.स. २०७७ असार १९ गतेः इलामको सूर्योदय नगरपालिका–१ को तल्लो धजे,[१२] कैलालीको लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिका र[१३] बर्दियाको गेरुवा गाउँपालिका-१, बगहिपुर र जनकनगर क्षेत्रमा सलहको झुन्ड देखिएको थियो।[१४] सलहले देशभर १ हजार ६३ हेक्टरको खेतीबालीमा क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको थियो। मन्त्रालयका अनुसार मकवानपुर, दाङ, प्युठानअर्घाखाँचीमा सलहले बढी क्षति पुर्‍याएको र सलहले दाङमा ५८० हेक्टर, प्युठानमा २८३ हेक्टर, मकवानपुरमा १ सय हेक्टर र अर्घाखाँचीमा १ सय हेक्टर कृषिबालीमा क्षति पुगेको बताएको थियो । सलहले त्यस क्षेत्रको मकैतरकारीमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको थियो ।[१५]


सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Locust swarms in Nepal are small, don't panic: Govt tells farmers – OnlineKhabar", अन्तिम पहुँच १ जुलाई २०२० 
  2. "नेपालमा सलह किरा भित्रियो", अन्तिम पहुँच २७ जुन २०२० 
  3. "बुटवलमा पनि भेटियो सलह", अन्तिम पहुँच २७ जुन २०२० 
  4. "चितवन आइपुग्यो सलह", अन्तिम पहुँच २८ जुन २०२० 
  5. "पोखरा र लमजुङको सुन्दरबजारमा पनि देखियो सलह", अन्तिम पहुँच २८ जुन २०२० 
  6. "कैलालीमा पनि देखियो सलह", अन्तिम पहुँच २९ जुन २०२० 
  7. "काठमाडौँ आइपुग्यो सलह, बने कागको आहारा", अन्तिम पहुँच ३० जुन २०२० 
  8. "३ दिनमा २७ जिल्ला पुगे सलह, झुन्ड टुक्रिएर फैलने क्रम जारी", अन्तिम पहुँच ३० जुन २०२० 
  9. "सलह कर्णालीमा समेत पुग्यो", अन्तिम पहुँच १ जुलाई २०२०  वेब्याक मेसिन अभिलेखिकरण ४ जुलाई २०२० मिति
  10. "सुदूरपश्चिममा पनि देखियो सलह", अन्तिम पहुँच २ जुलाई २०२० 
  11. "नेपाल आएका धेरैजसो सलहको झुण्ड दाङ र प्युठानको सेरोफेरोमा", अन्तिम पहुँच २ जुलाई २०२० 
  12. "इलाममा पनि पुग्यो सलह", अन्तिम पहुँच ३ जुलाई २०२० 
  13. "सलहका झुन्ड सुदूरपश्चिममा", अन्तिम पहुँच ३ जुलाई २०२० 
  14. "बर्दियाको गेरुवामा सलह देखिएपछि किसान चिन्तित", अन्तिम पहुँच ३ जुलाई २०२०  वेब्याक मेसिन अभिलेखिकरण ४ जुलाई २०२० मिति
  15. "सलहले झण्डै एघार सय हेक्टर कृषि बालीमा क्षति", अन्तिम पहुँच ३ जुलाई २०२०