नेपाल समाजवादी पार्टी (लोहियावादी)
स्वरूप
नेपाल समाजवादी पार्टी (लोहियावादी) नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष विमलप्रसाद अरगडिया यादव हुन् । नेपाल समाजवादी पार्टी (लोहियावादी)को केन्द्रीय कार्यालय पर्सा जिल्लाको वीरगञ्जमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह मेच थियो।[१] नेपाल समाजवादी पार्टी (लोहियावादी)ले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ७४३ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २,७४३ मत प्राप्त गरेको थियो ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।