ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिका
पाटन | |
---|---|
निर्देशाङ्क: २७°४०′उ॰ ८५°१९′पू॰ / २७.६६७°N ८५.३१७°Eनिर्देशाङ्कहरू: २७°४०′उ॰ ८५°१९′पू॰ / २७.६६७°N ८५.३१७°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | ललितपुर जिल्ला |
सामेल | २०५५ |
सरकार | |
• नगरप्रमुख | चिरीबाबु महर्जन (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | मन्जली शाक्य बज्राचार्य (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ३६.१२ किमी२ (१३.९५ वर्ग माइल) |
जनसङ्ख्या (वि.स.२०७८) | |
• जम्मा | २९४,०९८ |
• घनत्व | ८१००/किमी२ (२१०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ४४७०० |
क्षेत्रीय सङ्केत | ०१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
ललितपुर नेपालको बागमती प्रदेश स्थित ललितपुर जिल्लामा रहेको महानगरपालिका हो। ललितपुर काठमाडौँ उपत्यकामै काठमाडौँ सहरसँग उत्तरको सिमा जोडीएको सहर हो र युनेस्को विश्व सम्पदा सूचीमा सुचिकृत पाटन दरवार यसै सहरमा रहेको छ। नेपालका केही केन्द्रीय कार्यलय व्यापार गृह तथा आवास क्षेत्र रहेको यो सहरमा प्रसिद्ध कुम्भेश्वर मन्दिर, पटन बौद्ध विहार, कृष्ण मन्दिर आदी छन। राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ललितपुर महानगरपालिकाको कुल जनसङ्ख्या २,९४,०९८ रहेको छ भने यहाँ ७७,१५९ घरधुरी रहेका छन्।[१]
भूगोल
[सम्पादन गर्नुहोस्]ललितपुर बागमती नदीको दक्षिणी भागमा अवस्थित छ। यहाँको जनसङ्ख्या करिब बि.स.२०६८ को जनगणना अनुसार २,२०,८०२ रहेको छ र यसले कुल ४.५९ बर्ग किलोमिटर भू-भाग ओगटेको छ। पाटन नेपालको चौथो ठुलो सहर हो। यसका भोगौलिक निर्देशांकहरू यस प्रकार रहेका छन्-
- अक्षांश २७°४०'४५.२५" उ.
- देशान्तर ८५°१९'३७.२३" पू.
पर्यटकीय स्थलहरू
[सम्पादन गर्नुहोस्]पाटन दरबार क्षेत्र
[सम्पादन गर्नुहोस्]मुख्य लेख:पाटन दरवार क्षेत्र
प्राचीन मल्ल दरबार ललितपुरको सबैभन्दा रमणीय स्थलमा पर्दछ। मङ्गलबजार भनेर पनि चिनिने यस दरबार क्षेत्र पर्यटकीय दृष्टिकोणले ज्यादै नै महत्त्वपूर्ण छ। पर्यटकहरूमा मात्र नभई स्थानीय बासिन्दामा पाटन दरबार क्षेत्र अत्यन्त लोकप्रिय छ। साँझ खुला हावा खान थुप्रै पाटनवासीहरू यहाँ आउने गर्दछन्। पाटन दरबार क्षेत्र एक धार्मिक क्षेत्र पनि हो। यहाँ कृष्ण मन्दिर, भिमसेनथान, नारायण मन्दिर जस्ता मन्दिरहरू पनि छन्। हरेक दिन बिहान यहाँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।
बंगलामुखी
[सम्पादन गर्नुहोस्]पाटन दरवार क्षेत्रबाट करीब पाँच मिनेटको हिडाइँ पछि बंगलामुखी मन्दिर पुगिन्छ। बंगलामुखीमा हरेक बिहिवार मानिसहरू पूजा गर्न आउने गर्दछन्। जनाई पूर्णिमाको दिनमा यहाँ मेला लाग्ने गर्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।