सामग्रीमा जानुहोस्

ललितपुर महानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पाटन, नेपालबाट अनुप्रेषित)
ललितपुर महानगरपालिका
पाटन
पाटन दरबार क्षेत्र
ललितपुर महानगरपालिकाको आधिकारिक छाप
ललितपुर महानगरपालिका मा पर्दछ बागमती प्रदेश
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिका
नेपालमा रहेको ललितपुर
ललितपुर महानगरपालिका मा पर्दछ नेपाल
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४०′उ ८५°१९′पू / 27.667°N 85.317°E / 27.667; 85.317
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
सामेल२०५५
सरकार
  नगरप्रमुखचिरीबाबु महर्जन (नेपाली काङ्ग्रेस)
  उपप्रमुखमन्जली शाक्य बज्राचार्य (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा३६.१२ किमी (१३.९५ वर्ग माइल)
जनसङ्ख्या
 (वि.स.२०७८)
  जम्मा२९४,०९८
  घनत्व८१००/किमी (२१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४४७००
क्षेत्रीय सङ्केत०१
वेबसाइटआधिकारिक वेबसाइट

ललितपुर नेपालको बागमती प्रदेश स्थित ललितपुर जिल्लामा रहेको महानगरपालिका हो। ललितपुर काठमाडौँ उपत्यकामै काठमाडौँ सहरसँग उत्तरको सिमा जोडीएको सहर हो र युनेस्को विश्व सम्पदा सूचीमा सुचिकृत पाटन दरवार यसै सहरमा रहेको छ। नेपालका केही केन्द्रीय कार्यलय व्यापार गृह तथा आवास क्षेत्र रहेको यो सहरमा प्रसिद्ध कुम्भेश्वर मन्दिर, पटन बौद्ध विहार, कृष्ण मन्दिर आदी छन। राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ललितपुर महानगरपालिकाको कुल जनसङ्ख्या २,९४,०९८ रहेको छ भने यहाँ ७७,१५९ घरधुरी रहेका छन्।[] वि.सं २०७१ मङ्सिर २८ मा, साविकका धापाखेल, सुनाकोठीहरिसिद्धी गाविसहरू यसमा गाभिएर साविक ललितपुर उपमहानगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो भने २७ फागुन २०७३ मा, कार्यविनायक नगरपालिकाको १-१३ नम्बर वडाहरू (साविकका सैंबु, बुङमतीखोकना गाविसहरू) यसमा गाभिएका थिए।

ललितपुर बागमती नदीको दक्षिणी भागमा अवस्थित छ। यहाँको जनसङ्ख्या करिब बि.स.२०६८ को जनगणना अनुसार २,२०,८०२ रहेको छ र यसले कुल ४.५९ बर्ग किलोमिटर भू-भाग ओगटेको छ। पाटन नेपालको चौथो ठुलो सहर हो। यसका भोगौलिक निर्देशांकहरू यस प्रकार रहेका छन्-

  • अक्षांश २७°४०'४५.२५" उ.
  • देशान्तर ८५°१९'३७.२३" पू.

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार ललितपुर महानगरपालिकाको कुल जनसङ्ख्या २,९४,०९८ रहेको छ। यस महानगरपालिकालाई २९ वटा वडाहरूमा विभाजन गरिएको छ। महानगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

ललितपुर महानगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरू/गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
ललितपुर (१)७,२६५०.४८१५,१३५.४२
ललितपुर (२)१५,७४३१.१११४,१८६.४९
ललितपुर (३)११,३७६१.६५६,८९४.५५
ललितपुर (४)१८,१८८२.०४८,९१५.६९
ललितपुर (५)३,९७१०.७६५,२२५.००
ललितपुर (६)५,२७००.२४२१,९५८.३३
ललितपुर (७)५,३४७०.२१२५,४६१.९०
ललितपुर (८)९,९२६०.४८२०,६७९.१७
ललितपुर (९)१२,९७२०.७७१६,८४६.७५
१०ललितपुर (१०)५,७५८०.७६७,५७६.३२
११ललितपुर (२२)९,४९६०.४५२१,१०२.२२
१२ललितपुर (११, १२)६,५५४०.२३२८,४९५.६५
१३ललितपुर (१३)१४,२३५०.७५१८,९८०.००
१४ललितपुर (१४)२२,८४११.७२१३,२७९.६५
१५ललितपुर (१५)१६,४५४२.२८७,२१६.६७
१६ललितपुर (१६, १८)७,७६६०.२२३५,३००.००
१७ललितपुर (१७)१०,९५४०.६०१८,२५६.६७
१८सैंबु (५-९)१३,७४६२.०१६,८३८.८१
१९ललितपुर (१९)५,४५३०.१६३४,०८१.२५
२०ललितपुर (२०-२१)९,२३९०.२३४०,१६९.५७
२१खोकना५,२७४३.१७१,६६३.७२
२२बुङमती७,८९४३.८९२,०२९.३१
२३धापाखेल (१-२)११,९२८१.४७८,११४.२९
२४धापाखेल (३-९)९,१०४२.२०४,१३८.१८
२५सैंबु (१-४)१६,४६१२.११७,८०१.४२
२६सुनाकोठी (४-५, ८-९)७,९०९१.५५५,१०२.५८
२७सुनाकोठी (१-३, ६-७)६,२९०१.४७४,२७८.९१
२८हरिसिद्धी (१-६)१०,७७८१.८०५,९८७.७८
२९हरिसिद्धी (७-९)५,९०६१.३०४,५४३.०८
जम्मा२,९४,०९८३६.११८,१४४.४९

पर्यटकीय स्थलहरू

[सम्पादन गर्नुहोस्]

पाटन दरबार क्षेत्र

[सम्पादन गर्नुहोस्]

मुख्य लेख:पाटन दरवार क्षेत्र

प्राची‍न मल्ल दरबार ललितपुरको सबैभन्दा रमणीय स्थलमा पर्दछ। मङ्गलबजार भनेर पनि चिनिने यस दरबार क्षेत्र पर्यटकीय दृष्टिकोणले ज्यादै नै महत्त्वपूर्ण छ। पर्यटकहरूमा मात्र नभई स्थानीय बासिन्दामा पाटन दरबार क्षेत्र अत्यन्त लोकप्रिय छ। साँझ खुला हावा खान थुप्रै पाटनवासीहरू यहाँ आउने गर्दछन्। पाटन दरबार क्षेत्र एक धार्मिक क्षेत्र पनि हो। यहाँ कृष्ण मन्दिर, भिमसेनथान, नारायण मन्दिर जस्ता मन्दिरहरू पनि छन्। हरेक दिन बिहान यहाँ भक्तजनहरूको घुइँचो लाग्‍ने गर्दछ।

पाटन दरवार क्षेत्रबाट करीब पाँच मिनेटको हिडाइँ पछि बंगलामुखी मन्दिर पुगिन्छ। बंगलामुखीमा हरेक बिहिवार मानिसहरू पूजा गर्न आउने गर्दछन्। जनाई पूर्णिमाको दिनमा यहाँ मेला लाग्ने गर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१