भारतीय वाहन दर्ता पट्ट
भारतमा सबै मोटरचालित वाहनहरूलाई एक दर्ता सङ्ख्या (अथवा लाइसेन्स नम्बर) दिइन्छ। लाइसेन्स पट्टलाई नामपट्ट पनि भनिन्छ । यो संख्या भारतका सबै प्रदेशहरूमा जिल्ला स्तरका क्षेत्रीय परिवहन कार्यालय (RTO) द्वारा दिईन्छ। यो चलान अनुज्ञप्ति पट्ट वाहनका अगाडि र पछाडिको दिशामा लगाईन्छ। नियमानुसार सबै पट्टिहरू लैटिन वर्ण सहित आधुनिक भारतीय अङ्क प्रणालीमा हुनपर्छ।[१]
प्रारूप
[सम्पादन गर्नुहोस्]चलान अनुज्ञप्ति पट्ट निजी कारहरू र द्वि-पाङ्रे वाहन मालिक सेतो पृष्ठभूमिको साथमा काला अक्षरहरूमा हुनुपर्छ (उदाहरणको लागि PY 01 B 7185)। व्यावसायिक वाहन जस्तै ट्याक्सी, ट्रकको लागि पहेंलो पृष्ठभूमिको साथ काला अक्षरहरूमा लेखिएको अनुज्ञप्ति पट्ट हुन पर्छ (जस्तै : DL 2L 0001)। विदेशी दूतावासहरूसँग सम्बन्धित वाहन हल्का निलो रङ्गको पृष्ठभुमिका साथ सेता अक्षरहरूमा लेखिएको हुनपर्छ (जस्तै : 22 UN 14)।[२]) भारतीय राष्ट्रपति र राज्यपालका आधिकारिक कारहरू अनुज्ञप्ति पट्ट रहित हुन्छन्। यसको ठाउँमा उनीहरू रातो पट्टिमा सुनौला अक्षरहरूमा समुद्भृत (बाहिर उठेको) भारतको राष्ट्रीय प्रतीक राख्दछन्।
वर्तमान प्रारूप
[सम्पादन गर्नुहोस्]भारतमा वर्तमान पन्जीकरण क्रम सूचीका तीन भाग छन् जो निम्न प्रकार हुन्:
- प्रथम दुई अक्षरले जहाँ त्यो वाहन दर्ता छ उस राज्यलाई निर्देशित गर्दछन् ।
- त्यो पछिका दुई अक्षर जिल्लाहरूका अनुक्रमाङ्कित अङ्क हुन्। वृहत मात्रामा बाहन दर्ताका कारण यो कार्य आर॰टी॰ओ॰लाई सुम्पिएको छ।
- तृतीय भागका चार अङ्कहरू प्रत्येक पट्टका लागि अद्वितीय सङ्ख्या हुन्। जब यि चार अङ्कीय सङ्ख्याहरू पूर्ण रूपले आवन्टित गरिए भने पूर्वलग्नका रूपमा एक अक्षर लगाइन्छ र त्यो पनि पूर्ण भएपछि दुई अक्षर यसै प्रकार पछाडी बढाइन्छ।
यि सङ्ख्या निर्धारण योजानाका केहि लाभहरू छन्:
- एक विशेष वाहन दर्ता भएको राज्य र जिल्ला।
- कुनै दुर्घटनाको अवस्थामा अथवा वाहन सम्बन्धित अपराधको प्रहरी जाँचका बेला साक्षीहरू प्रथम केही अक्षर मात्र याद राख्न सक्छन् - अतः यस अवस्थामा जाँचको क्षेत्र संकीर्ण हुन जान्छ र जाँचमा अपराधको तहसम्म पुग्न निकै गाह्रो पर्छ । त्यहाँ पूर्ण क्रमाङ्कको जानकारी पनि हुँदैन।
विशेष रूप
[सम्पादन गर्नुहोस्]केही राज्यहरूमा (जस्तै - दिल्ली, गुजरात र बिहार) जिल्लासँग सम्बन्धित अङ्कको प्रथम शून्य छोडिएको हुन्छ अतः दिल्लीको जिल्ला नंवर 2, DL 02. नभएर DL 2 हुन्छ ।
दिल्ली राज्यमा दर्ता संख्यामा एक अतिरिक्त कुट (पास) हुन्छ
DL 1C AA 1111
यहाँ DL दिल्लीका दुईवटा कूट अक्षर हुन् । अतिरिक्त C (वाहन श्रेणीको लागी) एक अक्षर हो । द्वि-पाङ्ग्रे वाहनहरूका लागि 'S' (एस), कारहरू र खेल उपयोगिता वाहनहरूका लागि 'C' (सी), सार्वजनिक यात्री वाहनहरू जस्तै बसहरूका लागि 'P' (पी), तिन पाङ्ग्रे वाहनहरू जस्तै रिक्शाको लागि 'R' (आर), पर्यटन लाइसेन्स वाहनहरू र टैक्सिहरूको लागि 'V' (भी) तथा पिकअप ट्रक, वैन र भाडामा चलाउने वाहनहरूका लागि 'Y' (वाइ) काममा लईन्छ। यो प्रणाली अन्य राज्यहरूमा पनि लागू हुन्छ। (उदाहरणको लागि राजस्थानको कूट 'RJ' (आरजे) दुई अक्षरको कूट हो र 'P यात्री वाहनहरूका लागि र 'Y' भाडा वाहनहरूका लागि हो।)
दुई अक्षरको राज्यवार कूट
[सम्पादन गर्नुहोस्]भारतका सबै राज्य र केन्द्र शासित प्रदेश आफ्ना-आफ्ना दुई अक्षर भएका कूट राख्दछन्। यो दुई अक्षरको प्रसंग सन् १९८० मा चलनमा आएको हो। यस पहिले प्रत्येक जिल्ला र क्षेत्रीय परिवहन कार्यालय तीन अक्षरको कूट राख्दथे । त्यो बेला कुनै राज्यलाई निरुपित गर्दैनथे । यो एक उच्च कोटिसम्म भ्रमित गर्दथे- उदाहरणको लागि MMC 6238 (एमएमसी ६२३८) देशमा कतै पनि सटीक छैन।
|
|
|
जिल्ला
[सम्पादन गर्नुहोस्]उदाहरण HP 08 (एचपी ०८), यहाँ 08 हिमाचल प्रदेशमा चोपल जिल्लालाई निरुपित गर्दछ। सबै राज्यमा दुई अतिरिक्त जिल्ला राख्दछन् जिल्लाहरूलाई वाहन पञ्जीकरणको शुल्क दिईएको छ।
अद्वितीय संख्यांकन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "केन्द्रिय मोटर वाहन अधिनियम", GOI, भारत सरकार - परिवहन र राजमार्ग मन्त्रालय, २०१२-०६-२९, पृ: 4, अन्तिम पहुँच ४ जून २०१३।
- ↑ [१]
- ↑ "Number plates to sport OD", telegraphindia.com (Calcutta, भारत), २०१२-०७-१९, अन्तिम पहुँच ३० अगस्त २०१२, "the vehicles will have OD instead of OR"