मुन्सी खाना
मुन्शी खाना | |
गठन | १८२६ |
---|---|
संस्थापक | श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह |
प्रकार | सरकारी अड्डा |
लक्ष्य | पररास्ट्र मामिला |
प्रधान कार्यालय | काठमाडौँ |
मूल सङ्गठनहरू | परराष्ट्र मन्त्रालय |
वेबसाइट | https://mofa.gov.np/ |
पूर्व नाम | जैशी कोठा |
मुन्सी खाना (मुन्शी खाना) राणाकालिन प्रशासनमा परराष्ट्र मामिलासम्बन्धी कार्य गर्ने निकाय थियो।
स्थापना
[सम्पादन गर्नुहोस्]नेपालको पररास्ट्र मामिलाको कार्यालय एसियाकै पुरानो मानिन्छ। श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहबाट १८२६ मा नेपालको एकीकरण पछी; पररास्ट्र मामिला हेर्न जैशी कोठा नाम गरेको एक अड्डाको स्थापना भयो ; विशेष गरी तिब्बत र चीनसंगको सम्बन्धको लागि । यो जैशी कोठा नामक अड्डा नै नेपालको इतिहासको पहिलो परराष्ट्र मामिला सम्बन्धि कार्यालय मानिन्छ । जनरल भीमसेन थापाको प्रधानमन्न्रीत्व कालिन समयमा जैशी कोठाको नाम परिवर्तन गरी "मुन्सी खाना" कायम गरियो ; जाशी कोठालाई मुन्सी खाना मातहतको इकाईको कार्यालयमा राखियो ।
राणा शासन
[सम्पादन गर्नुहोस्]राणा शासनभरि नै "मुन्सी खाना "को नाम निरन्तर यहि विद्यमान रह्यो र समय-समयमा यसको सङ्गठनिक सरचनामा परिवर्तनहरु भईरहे ।
प्रधानमन्त्री जंगबहादुर राणा
[सम्पादन गर्नुहोस्]राणा शासनमा यसको पहिलो पुनर्संरचना प्रधानमन्त्री जंगबहादुर राणाको पालामा भयो । जंगबहादुरले मुन्सी खाना अन्तर्गत तीन इकाइको स्थापना गरे :
- ब्रिटिश भारत डिभिजन,
- जैशी कोठा , र
- मुन्सी कप्तानको अड्डा ।
प्रधानमन्त्री चन्द्र शमशेर
[सम्पादन गर्नुहोस्]प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाको कार्यकालमा अर्को ठुलो सङ्गठनिक पुनर्संरचनाको काम भयो । मुन्सी खानाको मातहत अन्तर्गत थप पांच डिभिजन र एक सहायक डिभिजन स्थापना गरिए । ती डिभिजनहरूको नाम यस प्रकार थियो :
- जैशी कोठा
- सदर अमिनी गोश्वारा
- सीमा सर्वे
- भारत - ब्रिटेन डिभिजन
- मुन्सी कप्तानको अड्डा र
- सिंहदरबार फर्मैसी अड्डा नामक सहायक डिभिजन।
प्रधानमन्त्री जुद्धशमशेर
[सम्पादन गर्नुहोस्]प्रधानमन्त्री जुद्धशमशेरको समयमा वि. सं १९९० पछि मुन्सी खानालाई अंग्रजी समकक्षताको विदेश विभागको रूपमा समेत हेरियो । यसलाई विभागको स्तरसम्म उन्नत गरियो र यसको प्रमुखको रूपमा डाइरेक्टर जनरल नियुक्त हुने भए । मुन्सी खानाकोको मुख्य काम भनेको तत्कालिन समयको शासकहरूबाट प्राप्त हुने निर्देशनको पालना गराउने तथा भारत तथा ल्हासामा स्थापना भएका कार्यालयको समकक्षताको रूपमा काम गर्ने थियो। तिनीहरु थिए :
- पटनाको "अलैची कोठा";
- ल्हासाको " वकिलको कार्यालय";
- बनारसको "सम्माननीय वकिलको कार्यालय " र
- कलकत्ताको "वकिलको कार्यालय" ।
भारतको राजधानी कलकताबाट नयाँ दिल्ली सरे संगै कलकत्ताको वकिलको कार्यालय पनि नयाँ दिल्ली सरेको थियो । राणा शासन सय वर्ष भन्दा धेरै समय चले पनि नेपालको भारत; फ्रान्स; बेलायत र संयुक्त राज्य अमेरिका केवल चार देशसंग मात्र कूटनीतिक सम्बन्ध कायम भएको थियो ।[१][२]
प्रजातन्त्र स्थापना पछी
[सम्पादन गर्नुहोस्]२००७ को क्रान्ति पछि नेपालमा परराष्ट्र मन्त्रालय को स्थापना भयो र मोहन शमशेर पहिलो परराष्ट्र मन्न्री बने ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]पृथ्वीनारायण शाह
भीमसेन थापा
जंगबहादुर राणा