राष्ट्रिय जन विकास पार्टी
स्वरूप
राष्ट्रिय जन विकास पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष गुलाब मिकरानी हुन् । राष्ट्रिय जन विकास पार्टीको केन्द्रीय कार्यालय पर्सा जिल्लाको वीरगंजमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह टेबुल थियो।[१] राष्ट्रिय जन विकास पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ६७ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,१०२ मत प्राप्त गरेको थियो ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।