राष्ट्रिय मुक्ति आन्दोलन नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय मुक्ति आन्दोलन नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष जयन्त्रबिक्रम शाह हुन्। राष्ट्रिय मुक्ति आन्दोलन नेपालको केन्द्रीय कार्यालय काठमाडौंको स्वयम्भुमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह पिञ्जडा थियो।[१] राष्ट्रिय मुक्ति आन्दोलन नेपालले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १६७ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ५,२१६ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०