राष्ट्रिय यथार्थवादी पार्टी नेपाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

राष्ट्रिय यथार्थवादी पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष विष्णुबहादुर कार्की हुन्। राष्ट्रिय यथार्थवादी पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौंको स्वयम्भुमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह डाँफे थियो।[१] राष्ट्रिय यथार्थवादी पार्टी नेपालले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ९५३ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ५,५०५ मत प्राप्त गरेको थियो।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०