विकिपिडिया:प्रमुख लेख/फागुन, २०७७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०५९ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७७ फागुन पहिलो[सम्पादन गर्नुहोस्]

नेपालको जनआन्दोलन २०४६ को चर्चित तस्विर

नेपालको जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो। यो जनआन्दोलनमा विभिन्न राजनीतिक दलहरू बहुदलीय व्यवस्थाको पुनर्बहाली गर्न र पञ्चायती सरकारको विरुद्ध सडकमा उत्रिएका थिए। नेपाली कांग्रेसले नेतृत्त्व गरेको यस आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा उत्रिएका थिए। ५० दिनसम्म चलेको यो आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरेका थिए। यस आन्दोलनमा सम्पूर्ण प्रजातन्त्रवादी नेपालीहरूको ठूलो समर्पण रहेको थियो।

वि.सं. २०४६ साल फागुन ७ देखि चैत्र २६ सम्म चलेको यस आन्दोलनको अन्त्य वि.सं. २०४६ चैत्र २६ गते नेपालका तत्कालीन राजा वीरेन्द्रले नेपाली कांग्रेसका नेताहरूलाई सहमतिका लागि बोलाएका थिए र सोहि दिन भएको सम्झौता अनुसार निर्दलिय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बाहली भएको थियो। (पूरा  पढ्नुहोस्...)

२०७७ फागुन दोस्रो[सम्पादन गर्नुहोस्]

२०६४ सालमा गिरिजाप्रसाद कोइराला

गिरिजाप्रसाद कोइराला एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सभापति थिए।उनी वि.सं. २०४८ जेठ १२ देखि वि.सं. २०५१ मङ्सिर १४, वि.सं. २०५५ वैशाख २ देखि वि.सं. २०५६ जेठ १७, वि.सं. २०५६ चैत्र ९ देखि वि.सं. २०५८ साउन ११ र वि.सं. २०६५ जेठ १५ देखि वि.सं. २०६५ भदौ २ सम्म गरि चार पटक नेपालको प्रधानमन्त्री भएका थिए। उनी वि.सं. २०१६ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। त्यति बेला उनका दाजु विश्वेश्वरप्रसाद कोइराला र उनको राजनैतीक पार्टी नेपाली कांग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचनमा स्पष्ट बहुमत ल्याएको थियो। उनी नेपाली कांग्रेसका सभापति र सात राजनैतिक दलहरूको मोर्चाको नेता थिए। उनी ६० वर्षभन्दा धेरै समयसम्म राजनीतिमा संलग्न रहेका थिए। उनले आफ्नो राजनीतिक जीवनको सुरुवात, आफ्नो गृहनगर विराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा गरेका थिए। वि.सं. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उनको निधन भएको थियो। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएका उनलाई एक निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ। (पूरा  पढ्नुहोस्...)