विकिपिडिया:प्रमुख लेख/मङ्सिर, २०७७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०६० लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७७ मङ्सिर पहिलो[सम्पादन गर्नुहोस्]

फिफा महिला विश्वकप एक अन्तर्राष्ट्रिय वरिष्ठ महिला फुटबल प्रतियोगिता हो जसलाई विश्व फुटबलको नियमनकारी निकाय (फ्रान्सेली: Fédération Internationale de Football Association) फेदेरास्योँ आन्तानास्योनाल द फुत्बोल आसोस्यास्योँ (फिफा)ले सञ्चालन गर्ने गर्दछ। यस प्रतियोगितालाई सन् १९९१ देखि नियमित रूपमा चार वर्षको अन्तरालमा सञ्चालन गरिएको छ जहाँ यसको पहिलो प्रतियोगितालाई चीनले आयोजना गरेको थियो जसको नाम प्रारम्भिक रूपमा फिफा महिला विश्व प्रतियोगिता राखिएको थियो। प्रतियोगिताको हालको ढाँचा अन्तर्गत, विभिन्न देशका महिला राष्ट्रिय फुटबल टोलीहरू मध्ये २३ वटा राष्ट्रिय टोलीहरूले छनोट खेलहरू मार्फत प्रतियोगितामा प्रवेश गर्दछन् भने अन्तिम २४औँ स्थानमा, आयोजक राष्ट्र स्वचालित रूपमा छनोट हुन्छ।

हालसम्म आयोजना गरिएका ८ वटा फिफा महिला विश्वकपलाई ४ वटा देशका राष्ट्रिय फुटबल टोलीहरूले हात पार्न सफल भएका छन्। प्रतियोगिताको सर्वाधिक सफल टोली अमेरिकालाई मानिन्छ जसले हालसम्म यो प्रतियगिताको ४ वटा संस्करण जितेको छ। यस्तै अन्य विजेताहरूमा, २ उपाधिको साथ जर्मनी र एक-एक उपाधिको साथ जापाननर्वे रहेका छन्।

हालसम्म ६ वटा देशहरूले यो प्रतियोगिताको आयोजना गरिसकेकाका छन्। यो फुटबल प्रतियोगितालाई चीन र संयुक्त राज्य अमेरिकाले दुई दुई पटक आयोजना गरेका छन् भने अन्य आयोजकहरूमा, क्यानडा, जर्मनी, फ्रान्स र स्विडेन समावेश छ जसले यो प्रतियोगितालाई एक एक पटक आयोजना गरेका छन्।(पूरा  पढ्नुहोस्...)

२०७७ मङ्सिर दोस्रो[सम्पादन गर्नुहोस्]

भिमिओको प्रतिक

भिमिओ एक अमेरिकी विज्ञापन मुक्त भिडियो साझेदारी सेवा हो जसको प्रधान कार्यालय अमेरिकाको न्युयोर्क सहरमा रहेको छ। यसले आफ्नो पूर्व प्रतिस्पर्धी युट्युबकै समान नि: शुल्क भिडियो अवलोकन तथा साझेदारी सेवाहरू प्रदान गर्दछ। सन् २००७ मा, भिमिओ उच्च परिभाषित सामग्री समर्थन गर्ने पहिलो भिडियो साझेदारी वेबसाइट बनेको थियो। यसले विभिन्न उत्पादनहरू सुरु गरेको थियो जसले स्तरीय भिडियो सृजना गर्न प्रयोगकर्ताहरूलाई सक्षम पार्दछ। भिमिओले सफ्टवेयरको रूपमा सेवा प्रदान गर्दछ र यसले विभिन्न प्रकारका ग्राहकहरूको क्षेत्रमा सदस्यता योजनाहरू पनि प्रदान गर्दछ। भिमिओको स्थापना सन् २००४ नोभेम्बरमा जेक लोडविकजेच क्लेइनले संयुक्त रूपमा गरेका थिए। सन् २०१७ जुलाईदेखि अञ्जली सुद भिमिओकी प्रमुख कार्यकारी अधिकृत हुन्। (पूरा  पढ्नुहोस्...)