विकिपिडिया:प्रमुख लेख/मङ्सिर, २०७८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०६७ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७८ मङ्सिर पहिलो[सम्पादन गर्नुहोस्]

ठुलो जुनबकुल्ला

ठुलो जुनबकुल्ला हिलोमा हिड्न सक्ने, बकुल्ला प्रजातिको जुनबकुल्ला उपप्रजातिमा पर्ने एक चरा हो। यसका दुईवटा उपप्रजातिहरू रहेका छन्, जसमा एउटा दक्षिणी जातिको चराले भने युरोप, एसियाअफ्रिकाको उत्तरी तटिय क्षेत्रमा प्रजनन गर्दछ भने अर्को उत्तरी जातिको उपप्रजातिले भने दक्षिण अफ्रिकाको विशेष ठाउँमा मात्रै प्रजनन गर्दछ। यो चराले कुरा लुकाउने गर्दछ, यो धेरैजसो सिमसार क्षेत्रमा पाइन्छ र यो प्राकृतिक बासस्थानमा बस्न रूचाउँछ। यो खुला ठाउँमा त्यति देखिदैँन। यसको प्रमुख खाना माछा, चराको बच्चा, उभयचर, किरा आदि पर्दछन्।

यसले आफ्नो गुँड पानी भएको क्षेत्र वरिपरि प्राकृतिक बासस्थानमा बनाउने गर्दछ। पोथी ठूलो जुनबकुल्लाले अण्डा कोरल्छ र चल्लाहरूलाई खुवाउने काम गर्दछ, चल्लाहरू गुँड दुई हप्ता पछि छोड्ने गर्दछन्। पोथीले उनीहरूलाई गुँडबाट विदा नहुन्जेलसम्म उनीहरूको राम्रो हेरचाह गर्ने गर्दछ र उनीहरू ६ हप्तापछि गुँड छोड्ने गर्दछन्।

यसको दायरामा र प्राकृतिक बासस्थान र सिमसार क्षेत्रमा आएको कमीका कारण यसको जनसङ्ख्या घट्दै गइरहेको छ। तथापि यसको घट्ने क्रम एकदमै कम छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यस प्रजातिको जुनबकुल्लालाई कम चासोका प्रजातिको रूपमा वर्गीकरण गरेको छ। यसका केही स्थानीय जनसङ्ख्या घट्दो क्रममा रहेको छ। सबै चराहरूको प्रजातिमा यो संयुक्त अधिराज्यमा असुरक्षित चराको प्रजाति मध्य एक हो।(पूरा  पढ्नुहोस्...)

२०७८ मङ्सिर दोस्रो[सम्पादन गर्नुहोस्]

राहुल साङ्कृत्यायन

राहुल साङ्कृत्यायन (जन्म: ९ अप्रिल १८९३ - १४ अप्रिल १९६३) एक भारतीय प्रख्यात साहित्यकार थिए। उनलाई महापण्डितको उपाधि पनि प्रदान गरिएको थियो। उनी एक प्रख्यात बहुभाषाविद् थिए र बीसौँ शताब्दीको उत्तरार्धमा यात्रा साहित्य र विश्व-दर्शनको क्षेत्रमा साहित्यिक योगदान पुर्‍याएका थिए। उनी हिन्दी यात्रा साहित्यका पिताको रूपमा पनि परिचित छन्। उनको बौद्ध धर्म सम्बन्धी अनुसन्धानलाई हिन्दी साहित्यमा युगान्तरकारीको रूपमा लिइन्छ जसका लागि उनले तिब्बतबाट श्रीलङ्काको यात्रा गरेका थिए। यस बाहेक उनले मध्य एसिया र काकेससको यात्रामा अन्तर्गत कथाहरू पनि लेखेका थिए जुन साहित्यिक दृष्टिकोणबाट अत्यन्त महत्त्वपूर्ण छ। साङ्कृत्यायनले आफ्नो साहित्यिक कार्यकाल अन्तर्गत ४५ वर्ष यात्रामा विताएका थिए।

उनले आफ्नो साहित्यिक कार्यकाल अन्तर्गत थुप्रै ठाउँहरू यात्रा गरे र यात्राका बेला उनले केही कथा तथा सामग्रीहरू लेखेका थिए।

(पूरा  पढ्नुहोस्...)