सङ्घीय सद्भावना पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सङ्घीय सद्भावना पार्टी नेपालको एक राजनीतिक दल हो। सङ्घीय सद्भावना पार्टीका वर्तमान अध्यक्ष अनिलकुमार झा हुन्। यसको केन्द्रीय कार्यालय काठमाडौंको शान्तिनगरमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह राजहाँस थियो।[१] यो पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल २०,३९५ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २५,२१५ मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०