समाजवादी जनता पार्टी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

समाजवादी जनता पार्टी नेपालको एक राजनीतिक दल हो। समाजवादी जनता पार्टीका वर्तमान अध्यक्ष प्रेमबहादुर सिंह हुन्। यसको केन्द्रीय कार्यालय काठमाडौंको वानेश्वरमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह चन्द्रमा थियो।[१] यो पार्टीले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ४,६६१ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २१,६२४ मत प्राप्त गरेको थियो।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०