थासाङ गाउँपालिका
स्वरूप
थासाङ | |
---|---|
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | मुस्ताङ जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | प्रदिप गौचन (एमाले) |
• उपाध्यक्ष | बालकुमारी शेरचन (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २९० किमी२ (११० वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २,८५६ |
• घनत्व | ९.८/किमी२ (२६/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६९ |
केन्द्र | साविकको कोबाङ गाविसको कार्यालय |
वेबसाइट | thasangmun |
थासाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका टुकुचेको (१-७)वडाहरू, कोबाङ, लेते र कुञ्जो गाउँ विकास समितिहरूलाई समेटेर थासाङ गाउँपालिका घोषणा गरिएको थियो।[४][५] थासाङ गाउँपालिकाको क्षेत्रफल २९० वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २,८५६ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा घरपझोङ गाउँपालिका र म्याग्दी जिल्ला, पश्चिममा म्याग्दी जिल्ला, उत्तरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिका र दक्षिणमा म्याग्दी जिल्लासम्म छ।[६]
चित्रहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।