सन्दीप लामिछाने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Sandeep lamichhane (Sandy) सन्दीप लामिछाने
सन्दीप लामिछाने सन् २०१८ मा
व्यक्तिगत जानकारी
नामSANDEEP AKA SANDY
जन्म (2000-08-02) २ अगस्ट २००० (उमेर २३)
आरुचौर, स्याङ्जा , नेपाल
ब्याटिङदायाँ-हाते
बलिङलेग स्पिन गुग्ली
भूमिकाAll-rounder
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
  • NEPAL (वि.सं २०७३–२०८०)
एदिअ पदार्पण (क्याप )१६ साउन २०७५ v नेदरल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२९ माघ २०६७ v अमेरिका
टि२०आई पदार्पण (क्याप २०)१७ जेठ २०७५ v वेस्ट इन्डिज
अन्तिम टि२०आई२१ फागुन २०७६ v थाइल्यान्ड
घरेलु टोली जानकारी
वर्षटिम
वि.सं २०७५—हालदिल्ली क्यापिटल्स
२०७५सेन्ट किट्स र नेभिस प्याट्रियट्स
२०७५नरङ्हार लेओपार्ड
२०७५-२०७७मेलबर्न स्टार्स
२०७६सिलेट सिक्सर्स
२०७६लाहोर कलन्दर
२०७६बार्बाडोस ट्रिडेन्ट्स
२०७६जमैका तलवाह
खेल जीवन तथ्याङ्क
प्रतियोगिता वनडे ट्वान्टी२० सूची क टी-२०
म्याच १० २१ ८८
कुल रन ७८ २४ ११४ ६३
ब्याटिङ औसत १३.०० ४.०० ९.५० ४.८४
१००/५० ०/० ०/० ०/० ०/०
सर्वोच्च स्कोर २८ २८ १०*
कुल बल ५३५ ४५६ १,६५० २,१२४
विकेट २३ ३४ ६५ ११७
बलिङ औसत १६.३० १४.५५ १७.३३ १८.१५
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ६/१६ ४/२० ६/१६ ४/१०
क्याच/स्टम्प २/– ३/– १०/– १४/–
स्रोत: क्रिकइन्फो, २०७७ असोज २७

सन्दीप लामिछाने (अङ्ग्रेजी: Sandeep Lamichhane, जन्म: २०५७ साउन १८) एक भूतपूर्व नेपाली क्रिकेट खेलाडी हुन् जो नेपाली राष्ट्रिय क्रिकेट टोलीको लागि खेल्थिय। दायाँ हाते स्पिन बलर, लामिछानेले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स[१], बिग ब्यास लिगमा होबार्ट हुरिकेन[२] र पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर[३] सहित विश्वभर आयोजना हुने प्रमुख ट्वान्टी२० खेल प्रतियोगिताहरूमा खेल्ने गर्दछन्। साउन २०७५ मा, लामिछानेले गिती सङ्ग्रह प्रतीक्षामा समावेश उनको पहिलो गीत "उदाश थियो" जारी गरेका थिए।[४][५]

सन्दीपले सन् २०१८ मा आइसिसी विश्व ११ बाट खेल्दै वेस्ट इन्डिज विरुद्ध टि२० मा पदार्पण गरेका थिए।[६] संयुक्त टोलीको प्रतिनिधित्व गर्दै टि२० अन्तर्राष्ट्रिय पदार्पण गर्ने उनी पहिलो नेपाली क्रिकेट खेलाडी समेत हुन्। उनी सन् २०१८ अगस्तमा नेदरल्यान्ड विरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने एघार क्रिकेट खेलाडी मध्ये एक थिए।[७]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सन्दिप लामिछानेको जन्म स्याङ्जाको आरुचौर-तालपोखरीमा वि.सं. २०५७ साउन १८ गते भएको थियो।[८] सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँग सन्दिप पढाईको लागि भारत पुगेका थिए। भारतमा ४ कक्षासम्म पढ्ने क्रममा सन्दिपको क्रिकेट खेलसँग परिचय भएको थियो। सन्दिपले चितवनको नारायणगढ स्थित चितवन क्रिकेट एकेडेमीबाट क्रिकेट सिकेका थिए जहाँ उनलाई पूर्व कप्तान राजु खड्काले क्रिकेट सिकाएका थिए।[९] तात्कालिक राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके चितवनमा प्रशिक्षणको लागि आएको बेलामा उनी सन्दिपको बलिङबाट प्रभावित हुँदै १९ वर्ष मुनिको टोलीमा छनोट गरेका थिए।[१०]

खेलजीवनको सुरुवात[सम्पादन गर्नुहोस्]

उनले २०७३ वैशाख ४ मा, नामिबिया विरुद्ध सन् २०१५-१७ आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा पदार्पण गरेका थिए।[११] पहिलो खेल पश्चात्, उनलाई नेपालको १९ वर्ष मुनिको राष्ट्रिय टोलीमा छनोट गरिएको थियो। आयरल्यान्ड विरुद्धको उनको दोस्रो खेलमा, उनले ह्याट्रिक गर्दै ५ विकेट लिएका थिए[१२] जसले गर्दा उनी १९ वर्ष मुनिको टोलीमा, ह्याट्रिक गर्ने पाँचौँ खेलाडी बनेका थिए।[१३]

प्रतियोगिताको समाप्तिमा, औसत विकेट दर १७.०७ र स्ट्राइक दर २१.९ को साथ उनले १४ विकेट लिँदै प्रतियोगिताको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।[१४] सेप्टेम्बर २०१६ मा, पूर्व अस्ट्रेलियाली कप्तान माइकल क्लार्कले लामिछानेलाई अस्ट्रेलियामा, सिड्नीमा रहेको वेस्टर्न सबर्ब क्लबबाट खेल्नका लागि आमन्त्रण गरेका थिए।[१५] सन् २०१७ एसिसी १९ वर्षमुनिको एसियाली प्रतियोगितामा, उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई खेलको उत्कृष्ट खेलाडीको रूपमा चयन गरिएको थियो। सोही प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित कायम गरेको थियो।[१६]

टी-२० खेलजीवन[सम्पादन गर्नुहोस्]

सन् २०१८ जनवरीमा, उनी सन् २०१८ को इन्डियन प्रिमियर लिगमा लिलामीका लागि खेलाडीहरूको सूचीमा समावेश भएका थिए। उक्त लिलामीमा उनलाई दिल्ली डेयरडेभिल्सले अनुबन्धन गरेको थियो र इन्डियन प्रिमियर लिगमा अनुबन्धन प्राप्त गर्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका थिए।[१७][१८] भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्ताक्षरको कारण भारत र नेपाल बीचको सम्बन्ध थप सुदृढ भएको टिप्पणी गरेका थिए।[१९][२०]

सन् २०१८ मार्चमा, उनी क्यारिबियन प्रिमियर लिगमा सेन्ट किट्स र नेभिस प्याट्रियट्स नामक क्लबमा खेल्नका लागि छनोट भएका थिए।[२१]सोही वर्षको में महिनामा, उनले इन्डियन प्रिमियर लिगमा दिल्लीको लागि पहिलो खेल खेलेका थिए।[२२] इन्डियन प्रिमियर लिगमा खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका सन्दीपले, उनले पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरको विरुद्धमा २७ रन खर्चेर एक विकेट लिएका थिए।[२३] सो प्रतियोगिता भरि उनले जम्मा ३ खेल मात्र खेलेर उनले ५ विकेट लिन सफल भएका थिए।[२४] सन् २०१८ जुनमा लामिछाने मोन्ट्रियल टाइगर्सको लागि टी२० क्यानाडा प्रतियोगिताको उद्घाटन संस्करणमा खेल्नका लागि चयन भएका थिए।[२५] प्रतियोगितामा उनले १९.६२ को बलिङ औसतसहित खेलेका सम्पूर्ण ५ खेलमा ८ विकेट लिन सफल भएका थिए।[२६] सन् २०१८ सेप्टेम्बरमा, उनलाई अफगानिस्तान प्रिमियर लिग प्रतियोगिताको पहिलो संस्करणमा नङ्गरहार लेओपार्ड्स नामक टोलीमा भित्रिएका थिए जहाँ उनले प्रतियोगिताभरि एक खेल मात्र खेलेका थिए।[२७]

सन् २०१८ अक्टोबरमा, उनलाई बिग ब्यास लिगका लागि मेलबर्न स्टार्सद्वारा हस्ताक्षर गरिएको थियो। उक्त खेलमा सहभागी हुने पनि उनी एकमात्र नेपाली खेलाडी हुन्।[२८] पछि सोही महिना, उनलाई सन् २०१८-२०१९ बङ्गलादेश प्रिमियर लिगमा सिलेट सिक्सर्सका लागि छनोट गरिएको थियो।[२९] सन् २०१८ नोभेम्बरमा, लामिछानेलाई पाकिस्तान सुपर लिगको चौथो संस्करणमा लाहोर कलन्दरस टोलीमा छनोट गरिएको थियो।[३०][३१] सन् २०१९ मार्चमा, सन् २०१९ इन्डियन प्रिमियर लिग प्रतियोगिता अगाडि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्द्वारा सुझाव गरिएका आठ खेलाडीहरू मध्ये उनी एक हुन्। त्यसको अघिल्लो महिना, लामिछानेले इन्डियन प्रिमियर लिगमा खेल्नु उनको लागि ठूलो पाठ भएको र यसले उनको क्रिकेट खेल जीवन परिवर्तन गरेको बताएका थिए।[३२]

सन् २०१९ जुनमा, उनी टोरोन्टो राष्ट्रिय टोलीमा आबद्ध भएका थिए जहाँ उनले सन् २०१९ टि२० क्यानडा प्रतियोगितामा खेल्ने अवसर प्राप्त गरेका थिए।[३३] सन् २०२० जुलाईमा, उनलाई जमैका तालवाज नामक टोलीमा छनोट गरिएको थियो[३४] जहाँ उनले यस टोलीको प्रतिनिधित्व गर्दै सन् २०२० क्यारिबियन प्रिमियर लिगमा खेलेका थिए। सन् २०२० नोभेम्बरमा, उनलाई सन् २०२०-२१ बिग ब्यास लिग क्रिकेट प्रतियोगितामा, होबर्ट हुरिकान्सको लागि छनोट गरिएको थियो।[३५] सन् २०२१ मार्चमा लामिछानेलाई ओर्सेस्टरसायरले इङ्ल्यान्डमा सन् २०२१ टी-२० ब्लास्ट खेल्नको लागि अनुबन्धित गरेको थियो। यद्यपि जुन २०२१ मा उनलाई संयुक्त अधिराज्यको लागि कार्य प्रवेशाज्ञा अस्वीकार गरेपछि ओर्सेस्टरसायरले उनलाई रिहा गरेको थियो।[३६] सन् २०२२ जुलाईमा उनलाई लङ्का प्रिमियर लिगको तेस्रो संस्करणको लागि दाम्बुला जायन्ट्सले हस्ताक्षर गराएको थियो।[३७]

अन्तर्राष्ट्रिय खेलजीवन[सम्पादन गर्नुहोस्]

सन् २०१८ जनवरीमा, उनलाई सन् २०१९ आईसीसी विश्व क्रिकेट लिग द्वितीय विभागमा नेपालको टोलीमा छनोट गरिएको थियो। नामिबिया विरुद्ध टोलीले खेलेको आफ्नो पहिलो खेलमा, सन्दीपले ४ विकेट लिँदै १८ रन खर्चिएका थिए भने उनलाई खेलको सर्वोत्कृष्ट खेलाडीको रूपमा पुरस्कार प्रदान गरिएको थियो।[३८] उनले उक्त खेलमा, वसन्त रेग्मीसँग अन्तिम विकेटको लागि १८ रनको महत्वपूर्ण साझेदारी गरे जसको कारण नेपालले नामिबियालाई १ विकेटले पराजित गर्न सफल भएको थियो।[३९]

संयुक्त अरब इमिरेट्ससँगको तेस्रो खेलमा, विरोधी टोलीलाई ११४ रनमा रोक्नको लागि सन्दीपले ३० रन दिएर महत्वपूर्ण तीन विकेट लिएका थिए। नेपालले आफ्नो ६ विकेट गुमाउँदै २८.५ ओभरमा निर्धारित लक्ष्य पुरा गरेको थियो।[४०]

केन्याविरुद्धको चौथो खेलमा, सन्दीपले पाँच विकेट लिएर खेलको उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरेका थिए।[४१][४२][४३]लामिछानेको उत्कृष्ट प्रदर्शनका कारण उनलाई आइसिसी विश्व क्रिकेट लिग द्वितीय विभागको सर्वोत्कृष्ट खेलाडीको रूपमा घोषित गरिएको थियो। सन्दीपले प्रतियोगिताभर ६ खेल खेल्दै १७ विकेट लिन सफल भएका थिए।[४४]

सन् २०१८ फेब्रुअरीमा, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले लामिछानेलाई सन् २०१८ क्रिकेट विश्वकप छनोट खेलको उत्कृष्ट दश खेलाडीको रूपमा चयन गरेको थियो।[४५] प्रतियोगिता पश्चात्, परिषद्ले लामिछानेलाई उदीयमान खेलाडी घोषित गरेको थियो। सन् २०१८ मे महिनामा, उनले आईसीसी विश्व ११ बाट खेल्दै वेस्ट इन्डिविरुद्ध टी-२० मा पदार्पण गरेका थिए।[४६][४७][४८]

सन् २०१८ जुलाईमा, नेपालले नेदरल्यान्ड विरूद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियको शृङ्खलाको लागि उनलाई नेपाली टोलीमा सामेल गरेको थियो।[४९] क्रिकेट विश्वकप छनोटको बेलामा, एकदिवसीय खेल खेल्ने मान्यता प्राप्त गरेपछि नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो।[५०][५१] खेल अगाडि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले उनलाई नेपालको लागि मुख्य खेलाडीका रूपमा नामकरण गरेको थियो। सन् २०१८ जुलाईमा, उनले नेदरल्यान्ड विरुद्धको एमसीसी त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा नेपालको लागि टी २० खेलमा पदार्पण गरेका थिए। उनले सन् २०१८ अगस्त १ (वि.सं. २०७५ साउन १६) मा नेदरल्यान्ड विरूद्ध नेपालको लागि एकदिवसीय खेलमा पदार्पण गरेका थिए।[५२]

सन् २०१८ अगस्तमा, उनी सन् २०१८ एसिया कप छनोट प्रतियोगिताको लागि नेपालको टोलीमा अटाउन सफल भएका थिए।[५३] सन् २०१८ अक्टोबरमा, उनलाई आइसिसी विश्व ट्वान्टी २० एसिया छनोट प्रतियोगिताको लागि पूर्वी उप-क्षेत्रीय समूहमा नेपालको टोलीमा राखिएको थियो।[५४] प्रतियोगिताको क्रममा उनी अग्रणी विकेट लिने खेलाडी बनेका थिए जहाँ उनले खेलेका सम्पूर्ण ६ खेलमा २४ विकेट लिन सफल भएका थिए।[५५][५६]

सन् २०१९ जुनमा उनलाई सन् २०१८-१९ आइसीसी टि२० विश्वकप एसिया छनोट प्रतियोगिताको क्षेत्रीय फाइनलका लागि नेपालको टोलीमा राखिएको थियो।[५७]मेरिलबोन क्रिकेट क्लबको नेपाल भ्रमणको क्रममा उनले मेरिलबोन क्रिकेट क्लबको विरुद्ध नेपालको लागि सन् २०१९ नोभेम्बर ६ (वि.सं. २०७६ कार्तिक २०) मा प्रथम श्रेणीको नेपाली खेलाडीको रूपमा खेलमा पदार्पण गरेका थिए।[५८] सन् २०२० फेब्रुअरी १२ (वि.सं. २०७६ माघ २९) मा, सन् २०२० नेपाल त्रि-राष्ट्र शृङ्खला संयुक्त राज्य अमेरिका विरुद्धको खेलमा लामिछानेले एकदिवसीय खेलमा पहिलो पटक ६ विकेट लिएका थिए।[५९][६०][६१] सन् २०२० फेब्रुअरी २९ (वि.सं. २०७६ फागुन १७) मा, सन् २०२० एसिया कप छनोट खेलको पूर्वी क्षेत्र समूहमा मलेसियाको विरुद्धको खेलमा लामिछाने ट्वान्टी २० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली बलर बनेका थिए।[६२][६३][६४] सन् २०२० सेप्टेम्बरमा, उनी सहित नेपालका १८ जना क्रिकेट खेलाडीहरूलाई नेपाल क्रिकेट सङ्घले केन्द्रीय अनुबन्धनमा हस्ताक्षर गरेको थियो।[६५]

सन् २०२१ अक्टोबर ११ का दिन लामिछानेलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको थियो।[६६] सन् २०२१ को डिसेम्बरमा नेपाल क्रिकेट सङ्घले पूर्वउपकप्तान दीपेन्द्र सिंह ऐरीसहित ज्ञानेन्द्र मल्ललाई अनुशासन तोडेको भन्दै बर्खास्त गरेपछि लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको नयाँ कप्तान घोषणा गरेको थियो।[६७]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन्दीप लामिछानेले १४ चैत २०७६ मा, कोरोना राहत कोषमा रू. १ लाख दिने घोषणा गरेका थिए।[६८] उनलाई २०७७ मङ्सिरमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो[६९] भने त्यसको १५ दिन पश्चात् उनी सङ्क्रमण मुक्त भएका थिए।[७०]

विवाद[सम्पादन गर्नुहोस्]

सन्दीप लामिछानेविरुद्ध एक किशोरीले २०७९ भदौ २१ गते जबर्जस्ती करणी गरेको आरोप लगाएर प्रहरी वृत्त गौशालामा किटानी जाहेर दर्ता गराएकी थिइन्।[७१] उक्त घटना पश्चात् नेपाल क्रिकेट सङ्घले उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो।[७२]

सम्मान[सम्पादन गर्नुहोस्]

  • राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी सङ्घको वर्षको उत्कृष्ट युवा खेलाडी: सन् २०१७[७३][७४][७५]
  • क्रिकेट खेलाडी सङ्घ नेपाल उत्कृष्ट वर्ष क्रिकेट खेलाडी: सन् २०१८[७६][७७]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स १५ रनले पराजित"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  2. "सन्दीप अस्ट्रेलियाको बिग ब्यास लिग टिम होबर्ट हुरिकेन्समा आबद्ध"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  3. "पाकिस्तान सुपर लिगमा आज सन्दीपको पाँचौं खेल"अनलाइन बिचार (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  4. "सन्दीप लामिछानेको पहिलो गीत सार्वजनिक", सेतोपाटी, अन्तिम पहुँच २६ अप्रिल २०१९ 
  5. "सन्दीप लामिछानेको पहिलो गीत सार्वजनिक : उदास थियो मेरो यो मन..", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २६ अप्रिल २०१९ 
  6. "आईसीसीको 'विश्व ११' टोलीमा सन्दीप लामिछाने" (नेपाली) भाषा)। बीबीसी नेपाली। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  7. "वन डे क्रिकेटको डेब्यु खेल खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ"खेलपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  8. "को हुन् सन्दीप लामिछाने ? जसले इतिहास रचे"सवाल नेपाल (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  9. "बेहद खुसी छन् सन्दीपका अभिभावक" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  10. "सन्दीप लामिछानेबारे १४ रोचक तथ्य"विकेट नेपाल (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  11. "डिभिजन–२ अाजबाट नामिबियामा, पहिलो खेलमा नेपाल आयोजकसँग भिड्दै"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  12. "आइसिसी यू–१९ विश्वकप समूह 'डी'बाट क्वार्टरफाइनलमा, समूह विजेताका लागि सोमबार भारतसँग भिड्दै"न्युज अभियान (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  13. "कीर्तिमानी ह्याट्रिक"नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  14. "विश्वकप क्रिकेटः नेपालका सन्दीप लामिछानेको नाममा १४ विकेट"काठमाडौँ टुडे (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  15. "सन्दीप लामिछानेले अष्ट्रेलियाली क्रिकेटर माइकल क्लार्कको क्लवबाट खेल्ने"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  16. "एशिया कप क्रिकेटः नेपालको ऐतिहासिक जीत, भारत १९ रनले पराजित"सुभ दिन (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  17. "भारतले किन्यो सन्दीप र विमललाई, सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली"लाइफ माडौँ (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  18. "आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप" (नेपाली) भाषा)। रिपोर्ट्स नेपाल। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  19. "नरेन्द्र मोदीले सम्झिए सन्दीप लामिछानेलाई"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  20. "पहिलो खेलबाटै सबैको वाहवाही पाउँदै सन्दीप"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  21. "सन्दीपको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स हार्यो"नेपाल तारा (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  22. "सन्दीपको दिल्लीले सेप्टेम्बर २० मा आईपीएलको पहिलो खेल खेल्ने"देखापढी (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  23. "बेङ्गलोर विरूद्द सन्दीपले लिए विकेट"काठमाडौँ पाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  24. "यी हुन् आइपिएलमा सबैभन्दा बढी विकेट लिने पाँच खेलाडी, सन्दिप लामिछानेकोनाममा पनि बन्यो नयाँ रेकर्ड"ताजा खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  25. "ग्लोबल टि–२० खेल्न सन्दीप क्यानडा प्रस्थान"नेपाल समय (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  26. "क्यानडामा पनि चल्न थाल्यो सन्दीपको जादु"उज्यालो अनलाइन (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  27. "सन्दीप अब अफगानिस्तान प्रिमियर लिगमा" (नेपाली) भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  28. "सन्दीपले आज पहिलो पटक बिग बास लिग खेल्दैं"केन्द्रविन्दु (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  29. "बीपीएल : सन्दीप सिलेट सिक्सर्सको पहिलो रोजाईँमा, प्रत्यक्ष खेल हेर्नुस्"पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  30. "सन्दीपको एकपछि अर्को सफलता, पाकिस्तानी सुपर लिग पनि खेल्ने"न्युज कारोबार (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  31. "मेलबर्नबाट कलन्दरमा पुगे सन्दीप"काठमाडौँ प्रेस (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  32. "आइपिएलले मेरो जीवन परिवर्तन गरिदियो – सन्दीप"एटुजेट समाचार (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  33. "क्यानडा लिगमा सन्दीपको प्रदर्शन सुधार"हाम्रो पात्रो (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  34. "१ करोड बढीमा जमैकामा अनुबन्ध भए सन्दीप"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  35. "सन्दीप बीबीएल टीम होबर्ट हुरिकेन्समा आबद्ध"हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  36. "Sandeep Lamichhane denied Blast dream", Emerging Cricket, मूलबाट ६ जुन २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०२१ 
  37. "LPL 2022 draft: Kandy Falcons sign Hasaranga; Rajapaksa to turn out for Dambulla Giants", ESPN Cricinfo, अन्तिम पहुँच ६ जुलाई २०२२ 
  38. "सन्दीपको क्रिकेट उडान"बुद्ध एअर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  39. "वसन्त रेग्मीले जिताए नेपाललाई, नामिबिया १ विकेटले पराजित", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-०२ 
  40. "युएईले नेपाललाई दियो ११५ रनको लक्ष्य, सन्दीप र सोमपालको उत्कृष्ट बलिङ"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  41. "सन्दिप एक्लैले लिए केन्याको ५ विकेट"थाह खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  42. "सन्दीपले लिए पाँच विकेट"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २०२१-०१-०२ 
  43. "सन्दीप लामिछानेले यसरी लिएका थिए केन्या विरुद्ध ५ विकेट, हेर्नुहोस् भिडियो"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  44. "सन्दीप लामिछाने बने डिभिजन–२ का सर्वोत्कृष्ट खेलाडी"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  45. "विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली टोली घोषणा"लोकान्तर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  46. "सन्दीप विश्व ११ मा समावेश"हाम्रो खेलकुद (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  47. "आइसिसी विश्व ११ मा परे सन्दीप लामिछाने"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  48. "आईसीसीको 'विश्व ११' टोलीमा सन्दीप लामिछाने"बिबिसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  49. निरञ्जन राजवंशी। "नेपाल: एकदिवसीय क्रिकेटमा ऐतिहासिक पाइला"बिबिसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  50. "नेदरल्याण्ड बिरुद्ध नेपालको खेल प्रतिष्ठाका लागि मात्र"थाह खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  51. "नेपालको पहिलो एकदिवसीय खेल नेदरल्यान्डविरुद्ध"थाह खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  52. "नेदरल्याण्ड विरुद्ध सन्दीप र करणको चार/चार विकेट"हाम्रो पात्रो (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  53. "एसिया कप छनोट : नेपाल फाइनल पुग्न चमत्कार नै हुनुपर्ने"उज्यालो अनलाइन (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  54. "नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट 'बी' प्रतियोगिताको च्याम्पियन"कान्तिपुर दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  55. "सन्दिप लामिछानेले बनाए नयाँ कीर्तिमान"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  56. "२४ विकेट लिएका सन्दिपलाई २ महत्वपूर्ण अवार्ड"विकेट नेपाल (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  57. "यू-१९ विश्वकप छनोट : सन्दीप चम्किँदा सिंगापुर ७३ रनमा समेटियो"थाह खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  58. "नेपालले मेरिलेबोन क्रिकेट एकेडेमीलाई हरायो"हाम्रो पात्रो (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  59. "एकै खेलमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी"हाम्रो पात्रो (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  60. "सन्दीपले ६ विकेट लिँदा अमेरिका ३५ रनमै अलआउट"काठमाडौँ प्रेस (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  61. "सन्दीपको शान : सन्दीपले ६ विकेट लिँदा ३५ रनमै समेटियो अमेरिका"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  62. "सन्दीप लामिछानेले गरे टी-२० क्रिकेटमा १०० विकेट पूरा गरे"हिमाली पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  63. "सन्दीप लामिछानेकाे टी-२० क्रिकेटमा १०० विकेट पूरा !"उज्यालो अनलाइन (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  64. "सन्दीपको टी-२० मा १०० विकेट पूरा"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  65. "क्रिकेट खेलाडीको 'केन्द्रीय अनुबन्धन'मा ब्यापक हेरफेर" (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  66. "लामिछाने र नाइटले सेप्टेम्बरका लागि आइसिसी महिनाको उत्कृष्ट खेलाडीको पुरस्कार जितेका छन्। ।", अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, अन्तिम पहुँच २ नोभेम्बर २०२१ 
  67. "सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २९ मङ्सिर २०७८ 
  68. "'कोरोना राहत कोष'मा सन्दीप लामिछानेले एक लाख रुपैयाँ सहयोग गर्ने"ओएस न्युज (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  69. "सन्दीप लामिछानेमा कोरोना सङ्क्रमण" (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  70. "सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त"खबरहब (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ डिसेम्बर २०२० 
  71. "सन्दीप लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच १४ भदौ २०७९ 
  72. "सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच १४ भदौ २०७९ 
  73. "सन्दीप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  74. "उत्कृष्ट युवा खेलाडीमा सन्दीप लामिछाने"थाह खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  75. "सन्दीप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  76. "सन्दीप लामिछाने 'उत्कृष्ट वर्ष क्रिकेट खेलाडी'"हाम्रो पात्रो (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 
  77. "सन्दीप बने 'वर्ष क्रिकेट खेलाडी'" (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जनवरी २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]