सरावल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरावल
देश नेपाल
प्रदेशप्रदेश नं. ५
जिल्लानवलपरासी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा७३.१९ किमी (२८.२६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,१६३
 • घनत्व५२०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
कार्यालयसाविकको सरावल गाविसको कार्यालय

सरावल गाउँपालिका नवलपरासी जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका मनहरीको (१,४-८) वडाहरू बडहरा दुबौलिया, रामपुरखडौनासरावल गाउँ विकास समितिहरूलाई समेटेर सरावल गाउँपालिका घोषणा गरिएको हो ।[४][५] सरावल गाउँपालिकको कूल जनसङ्ख्या ३८,१६३ रहेको छ ।[६]

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

सरावल गाउँपालिकाको क्षेत्रफल ७३.१९ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा प्रतापपुरबर्दघाट नगरपालिका, पश्चिममा सुनवल, रामग्रामपाल्हीनन्दन नगरपालिका, दक्षिणमा भारत, उत्तरमा सुनवलबर्दघाट नगरपालिका रहेका छन् ।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  4. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

ढाँचा:परासी जिल्लाका स्थानीय तहहरू