लोमान्थाङ गाउँपालिका
स्वरूप
लोमान्थाङ | |
---|---|
निर्देशाङ्क: २९°१०′५९″उ॰ ८३°५७′२४″पू॰ / २९.१८३०६°N ८३.९५६६७°Eनिर्देशाङ्कहरू: २९°१०′५९″उ॰ ८३°५७′२४″पू॰ / २९.१८३०६°N ८३.९५६६७°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | मुस्ताङ जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | टसी न्हर्वु गुरुङ (एमाले) |
• उपाध्यक्ष | छयुमी बिष्ट गुरुङ (एमाले) |
क्षेत्रफल | |
• जम्मा | ७२७ किमी२ (२८१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १,४३० |
• घनत्व | २�०/किमी२ (५.१/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६९ |
केन्द्र | साविकको लोमान्थाङ गाविसको कार्यालय |
वेबसाइट | lomanthangmun |
लोमान्थाङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका लोमान्थाङ, छोसेर र छोन्हुप गाउँ विकास समितिहरूलाई समेटेर लोमान्थाङ गाउँपालिका घोषणा गरिएको हो।[४][५] लोमान्थाङ गाउँपालिकाको क्षेत्रफल ७२७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,४३० रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा चीन, पश्चिममा चीन, उत्तरमा चीन र दक्षिणमा लो-घेकर दामोदरकुण्ड गाउँपालिकासम्म छ ।[६]
लोमान्थाङका केही फोटोहरू
[सम्पादन गर्नुहोस्]-
माथिल्लो मुस्ताङ
-
लो वंशको माथिल्लो मुस्ताङ
-
लो वंशको माथिल्लो मुस्ताङ
-
रोमाञ्चक यात्रा
-
माथिल्लो मुस्ताङको सौन्दर्य
-
माथिल्लो मुस्ताङमा रहेको गुफाहरू
-
माथिल्लो मुस्ताङ
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।