सामग्रीमा जानुहोस्

नेपाल सुपर लिग २०८०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल सुपर लिग
संस्करण२०८०
मितिमङ्सिर ८ – १४ पुस
विजेताललितपुर सिटी फुटबल क्लब
खेलिएका खेलहरू४०
गोलहरू८० (प्रति खेलमा २)
उत्कृष्ट खेलाडीनेपाल अनन्त तामाङ
सर्वाधिक गोलकर्तानाइजेरिया इम‍ोह इजिकिएल (६ गोल)
उत्कृष्ट गोलरक्षकफ्रान्स जेफ्री बाल्तुस
ठूलो जितवीरगञ्ज युनाइटेड ४–१ काठमाडौँ रेजर्स (पुस ५)
सर्वाधिक अङ्कवीरगञ्ज ४–१ काठमाडौँ रेजर्स
लामो विजय यात्राललितपुर सिटी (३ जित)
लामो अपराजित यात्रा३ टोलीहरू (६ खेलहरू)
लामो जितविहीन यात्रास्पोर्टिङ इलाम दे मेची (५ खेलहरू)
लामो पराजय यात्रा५ टोलीहरू (२ खेलहरू)
सर्वाधिक उपस्थिति१५,०००+
सबैभन्दा कम उपस्थित३००
औसत उपस्थिति३,६५०
सबै तथ्याङ्कहरू १४ पुस २०८० सम्म अद्यावधिक गरिएको छ।

नेपाल सुपर लिग २०८० नेपालको शीर्ष स्तरीय क्लब फुटबल लिग प्रतियोगिता नेपाल सुपर लिगको दोस्रो संस्करण थियो। २०८० मङ्सिर ८ देखि २०८० पुस १४ सम्म दशरथ रङ्गशालामा आयोजित प्रतियोगितामा कुल नौ क्लबले भाग लिएका थिए।[] १ जेठ २०७८ मा भएको पहिलो संस्करणको फाइनलमा धनगढी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौँ रेजर्सले उपाधि जितेको थियो।[] सात संस्थापक सदस्यहरूको अतिरिक्त, तीन नयाँ क्लबहरू थपिएका थिए। झापा फुटबल क्लब, स्पोर्टिङ इलाम दे मेची फुटबल क्लब र वीरगञ्ज युनाइटेड फुटबल क्लब नयाँ टोलीहरूको रूपमा रहेका थिए। संस्थापक सदस्य मध्येको एक विराटनगर फुटबल क्लबले प्रतियोगिताबाट बाहिरिने निर्णय गरेको थियो जसका कारण यस संस्करणमा नौ टोलीले मात्र भाग लिएका थिए।[] पुस १४ मा भएको संस्करणको फाइनल खेलमा ललितपुर सिटी फुटबल क्लबले ३-२ गोल अन्तरले धनगढी फुटबल क्लबलाई पराजित गर्दै उपाधि चुमेको थियो।[]

टोली स्थान
काठमाडौँ रेजर्स फुटबल कलब काठमाडौँ, बागमती प्रदेश
ललितपुर सिटी फुटबल क्लब ललितपुर, बागमती प्रदेश
चितवन फुटबल क्लब भरतपुर, बागमती प्रदेश
पोखरा थन्डर्स पोखरा, गण्डकी प्रदेश
बुटवल लुम्बिनी फुटबल क्लब बुटवल, लुम्बिनी प्रदेश
धनगढी फुटबल क्लब धनगढी, सुदूरपश्चिम प्रदेश
झापा फुटबल क्लब झापा, कोशी प्रदेश
स्पोर्टिङ इलाम दे मेची फुटबल क्लब इलाम, कोशी प्रदेश
वीरगञ्ज युनाइटेड फुटबल क्लब वीरगञ्ज, मधेश प्रदेश

खेलाडी र प्रायोजन

[सम्पादन गर्नुहोस्]
टोली प्रमुख प्रशिक्षक कप्तान मुख्य खेलाडी वरिष्ठ खेलाडी वर्दी निर्माता पोशाक प्रायोजक
काठमाडौँ रेजर्स फुटबल क्लब नेपाल बालगोपाल महर्जन नेपाल हिसब थपलिया नेपाल हिसब थपलिया लि-निङ यामाहा रेजर्स १२५एफआई हाइब्रिड
ललितपुर सिटी फुटबल क्लब अस्ट्रेलिया इयान एन्ड्र्यु गिलान नेपाल अनन्त तामाङ नेपाल अनन्त तामाङ टिटेन स्पोर्ट्स प्रभु बैंक
चितवन फुटबल क्लब भारत मेहराजुद्दिन वादू नेपाल विशाल श्रेष्ठ नेपाल विशाल श्रेष्ठ नेपाल विमल धर्ती मगर सिक्स फायभ सिक्स आइएमई
पोखरा थन्डर्स नेपाल नबीन न्यौपाने नेपाल दिनेश राजवंशी नेपाल आयुश घलान नेपाल दिनेश राजवंशी केल्मे शिखर इन्स्योरेन्स
बुटवल लुम्बिनी फुटबल क्लब नेपाल विजय महर्जन नेपाल एरिक विष्ट नेपाल एरिक विष्ट नेपाल आशिष लामा मोडे२३ करेन्ट
धनगढी फुटबल क्लब नेपाल युगलकिशोर राई नेपाल देवेन्द्र तामाङ नेपाल आशिष चौधरी टिटेन स्पोर्ट्स हिगर
स्पोर्टिङ इलाम दे मेची फुटबल क्लब नेपाल मेघराज केसी नेपाल विकेश कुथ नेपाल विकेश कुथु सिक्स फायभ सिक्स प्रिमियर इन्टरनेसनल स्कुल
झापा फुटबल क्लब स्पेन ओरियोल मोहेदानो नेपाल अञ्जन विष्ट नेपाल अञ्जन विष्ट नेपाल आवाश लामिछाने निभिया स्पोर्ट्स सहारा नेपाल
वीरगञ्ज युनाइटेड फुटबल क्लब नेपाल सनोज श्रेष्ठ नेपाल दीप कार्की नेपाल दीप कार्की नेपाल तेज तामाङ लि-निङ विङ्गेल

विदेशी खेलाडीहरू

[सम्पादन गर्नुहोस्]

एउटा टोलीले धेरैमा ६ जना विदेशी खेलाडीहरू भर्ती गर्न सक्छन् भने एउटा खेलमा मैदानमा ५ जना खेलाडीहरूलाई खेलाउन सक्छन्।[]

टोली खेलाडी १ खेलाडी २ खेलाडी ३ खेलाडी ४ खेलाडी ५ खेलाडी ६
काठमाडौँ रेजर्स फुटबल क्लब क्यामेरून ओलिभर किनेगु उज्बेकिस्तान कोमिझोन तोजहिदिनोभ क्यामेरून आन्द्रेस निया उज्बेकिस्तान सोखरुख मखमुदखोझेब क्यामेरून जुनियर निकेङ्गु
ललितपुर सिटी फुटबल क्लब नाइजेरिया करीम ओमोलाजा फ्रान्स पापा इबु केबे मार्टिनिक जेफ्री बाल्तुस नाइजेरिया इमोह इजिकिएल अजरबैजान नुरलान नभरुजोभ भारत निखिल कदम[]
चितवन फुटबल क्लब घाना रिफिक आमिनु घाना टोरिक जेब्रिन मोन्टेनेग्रो मार्को इभानोभिच घाना आफ्रियी आकुवा घाना युसिफ मुबारिक
पोखरा थन्डर्स क्यामेरून युभेस प्रिसो क्यामेरून फ्राङ्कलिन कुते घाना जो आइदू घाना मोसेस ग्याबाह क्यामेरून स्टेफान कोजो
बुटवल लुम्बिनी फुटबल क्लब आइभोरी कोस्ट कुसी क्रिस्टियन क्यामेरून स्टेफन बिनोङ क्यामेरून निकोलास सर्जे सङ क्यामेरून आन्द्रे थियरी बियिक क्यामेरून अर्नेस्ट ताम्पी
धनगढी फुटबल क्लब नाइजेरिया ओलावाले आफेज सेनेगल फालु दियाग्ने गिनी फोदे फोफाना लेबनान मोहम्मद ताहा घाना रिचर्ड ओसेई आयेमाङ लेबनान अहमद हिजाजी
झापा फुटबल क्लब सर्बिया स्टेफन कुपिक उज्बेकिस्तान सामान्दर ओचिलोभ संयुक्त राज्य अमेरिका धीरज थाजली स्पेन नान्दो कोसार स्पेन जोर्जे कानिलास
स्पोर्टिङ इलाम दे मेची फुटबल क्लब सेनेगल इब्राहिमा जिते सेनेगल अब्दुलये बा गिनी फोदे कामारा सेनेगल बादु निदिया सेनेगल आमथ निद्व
वीरगञ्ज युनाइटेड फुटबल क्लब घाना विलियम ओपोकु घाना ओबेद याबोआ घाना हान्स क्वोफी घाना आइकिन्स केई बाफोर प्रजातान्त्रिक गणतन्त्र कङ्गो सामला दियाजे

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Nepal Super League 2022 Auctions Concluded!", goalnepal.com, Goal Nepal, ४ मार्च २०२२, मूलबाट १८ मार्च २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मार्च २०२२ 
  2. "काठमाडौं रेजर्सले जित्यो नेपाल सुपर लिग फुटबलको उपाधि" (नेपाली) भाषा)। अनलाइन दैनिक। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  3. https://goalnepal.com/news/detail/16386#:~:text=Biratagar%20City%20FC%20Not%20Taking,NSEM%20said%20in%20a%20release वेब्याक मेसिन अभिलेखिकरण १० अक्टोबर २०२३ मिति.
  4. सेतोपाटी संवाददाता, "नेपाल सुपर लिगको उपाधि ललितपुरले जित्यो", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच १४ पुस २०८० 
  5. Nepal Super League franchises unveiled वेब्याक मेसिन अभिलेखिकरण १२ अप्रिल २०२१ मिति. kathmandupost.com
  6. "Player Profile (Nepal Super League) — Statistics: Nikhil Sureshrao Kadam", hamrokhelkud.net, Kathmandu: HamroKhelkud Nepal, २८ नोभेम्बर २०२३, मूलबाट ३ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०२३  वेब्याक मेसिन अभिलेखिकरण ८ डिसेम्बर २०२३ मिति