सामग्रीमा जानुहोस्

ईटानगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(इटानगरबाट अनुप्रेषित)
ईटानगर
Itanagar
सहर
ईटानगरमा रहेको जवाहरलाल नेहरु सङ्ग्रहालय
ईटानगरमा रहेको जवाहरलाल नेहरु सङ्ग्रहालय
देश भारत
राज्यअरुणाचल प्रदेश
जिल्लापपुमपारे जिल्ला
उन्नतांश
७५० मिटर (२४६० फिट)
जनसङ्ख्या
 (२००१)
 • जम्मा३४,९७०
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
सवारी दर्ताAR-01,AR-02,ARX

ईटानगर (/ˌ[invalid input: 'ee']ˈt[invalid input: 'ah']nəɡər/;उच्चारण) भारतको राज्य अरुणाचल प्रदेशको राजधानी सहर हो । यो हिमालयको तराईमा अवस्थित छ । समुद्र सतहदेखि यसको उचाई ३५० मिटर छ । यो प्रादेशिक राजधानी भएको कारण सडक व्यवस्था राम्रो छ । गुवाहाटी र ईटानगरको नाहरलागुनको मध्यमा हेलिकप्टर सेवाको विकल्प समेत रहेको छ । हेलिकप्टर वाहेक पर्यटक बसहरूद्वारा पनि गुवाहटी देखि ईटानगरसम्म पुग्न सकिन्छ ।

ईटानगरको खोज मायापुर सँगै भएको थियो । मायापुर ११औं शताब्दीमा जित्रि वंशको राजधानी थियो । ईटानगरमा पर्यटकहरू ईटा किल्ला पनि हेर्न सक्छन् । यस किल्लाको निर्माण १४-१५औँ शताब्दीमा गरिएको थियो । यसै किल्लाको नाममा यस सहरको नाम ईटानगर राखिएको हो । पर्यटक यस किल्लामा कयौं सुन्दर दृश्य हेर्न सक्छन् । हाल आएर यस किल्लालाई राजभवनको नामले जान्ने गरिन्छ र यो यहाँको राज्यपालको सरकारी निवास हो ।

ईटानगर २७°०६′N ९३°३७′E / २७.१°N ९३.६२°E / 27.1; 93.62मा अवस्थित छ ।[] यसको औसत उचाई ७५०  मिटर रहेको छ ।

मुख्य पर्यटन स्थल

[सम्पादन गर्नुहोस्]
ईटा किल्ला, ईटानगर

ईटानगरमा पर्यटकहरू ईटा किल्ला पनि हेर्न सक्छन् । यस किल्लाको निर्माण १४-१५औँ शताब्दीमा गरिएको थियो । यसै किल्लाको नाममा यस सहरको नाम ईटानगर राखिएको हो । पर्यटक यस किल्लामा कयौं सुन्दर दृश्य हेर्न सक्छन् । किल्लाको भ्रमण गरेर पर्यटकहरू यहाँ पौराणिक गङ्गा ताल पनि हेर्न सक्छन् ।[]

पौराणिक गङ्गा ताल

[सम्पादन गर्नुहोस्]

यो ईटानगरदेखि ६ किलोमिटरको दूरीमा स्थित छ । यस ताल नजिकै एक मनमोहक जङ्गल पनि छ । पर्यटकहरू यस जङ्गलमा सुन्दर रुख-विरुवा, वन्य जन्तु र फूलको बगैंचा हेर्न सक्छन् । यहाँ आउने पर्यटकहरू यो स्थान आएर जाने गर्छन् ।

बौद्ध मन्दिर

[सम्पादन गर्नुहोस्]

यहाँ एउटा सुन्दर बौद्ध मन्दिर रहेको छ । बौद्ध गुरू दलाई लामा पनि यसको यात्रा गरिसकेका छन् । यस मन्दिरको छाना पहेलो छ र यस मन्दिरको निर्माण तिब्बती शैलीमा गरिएको छ । यस मन्दिरको माथिल्लो तल्लाबाट पुरै ईटानगरको सुन्दर दृश्यहरू हेर्न सकिन्छ । यस मन्दिरमा एक सङ्ग्राहलयको निर्माण पनि गरिएको छ । यसको नाम जवाहर लाल नेहरू सङ्ग्राहलय हो । यस सङ्ग्रहालयमा पर्यटकहरू पुरै अरूणाचल प्रदेशको झलक हेर्न सक्छन् ।

यी स्थलहरू वाहेक यहाँ काठले बनेका सुन्दर वस्तुहरू, वाद्ययन्त्र, हस्त कपडा, हस्तनिर्मित वस्तुहरू तथ् कलाकृतिहरू हेर्न सकिन्छ । यहाँ रहेका सङ्ग्राहलयमा पुस्ताकलयको पनि निर्माण गरिएको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Falling Rain Genomics, Inc - Itanagar
  2. "Tourism in Arunachal Pradesh", Arunachalpradesh.nic.in, अन्तिम पहुँच २६ डिसेम्बर २०१२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]