कल्की केकलाँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कल्की केकलाबाट अनुप्रेषित)
कल्की केकलाँँ
Kalki Koechlin
सन् २०१७ मा केकलाँ
जन्म (1984-01-10) १० जनवरी १९८४ (उमेर ४०)
पोन्डिचेरी, भारत
राष्ट्रियताफ्रान्स फ्रान्सेली[१]
मातृ शिक्षाप्रतिष्ठानगोल्डस्मिथ विश्वविद्यालय
पेशा
  • अभिनेत्री
  • लेखिका
कार्यकालसन् २००८–हाल
जीवनसाथी
(
वि २०११; सवि २०१५)
[२]
समकक्षीगाय हर्सबर्ग (सन् २०१८–हाल)
सन्तान[३]

कल्की केकलाँँ (सुन्नुहोस्) (जन्म १० जनवरी १९८४) फ्रान्सेली मुलकी अभिनेत्री तथा लेखिका हुन्। हिन्दी चलचित्रहरूमा अभिनय गरेर उनी चर्चामा आएकी थिइन्। उनले हालसम्म, १ पटक राष्ट्रिय चलचित्र पुरस्कार, १ फिल्मफेयर पुरस्कार र २ पटक स्टार स्क्रिन पुरस्कार प्राप्त गरिसकेकी छिन्। फ्रान्सेली नागरिक भएतापनि उनले आफ्नो जीवन भारतमा व्यतीत गरेकी छिन्।[४][५][६]

उनको जन्म भारतको पोन्डिचेरीमा भएको थियो। उनको परिवार फ्रान्सेली नागरिक हुन्।।[७] उनको सानै उमेरदेखि नै रङ्गमञ्च आकर्षण रहेको थियो। उनले लन्डन स्थिति गोल्डस्मिथ विश्वविद्यालयमा नाटकको अध्ययन गरेकी थिइन् भने उनले एक स्थानीय रङ्गमञ्च कम्पनीसँग सँगै काम गरेकी थिइन्। भारत फर्किएपछि, उनले सन् २००९ मा नाटक देव डीमा चन्द्रमुखीकोको रूपमा चलचित्रमा पाइला राखेकी थिइन् जसले उनलाई सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार दिलाएको थियो। त्यसपश्चातका वर्षहरूमा उनले हास्यप्रधान चलचित्र जिन्दगी न मिलेगी दोबारा (सन २०११) र ये जवानी है दीवानी (सन् २०१३) लगायतका दुई सर्वाधिक कमाई गर्ने चलचित्रहरूमा अभिनय गरेकी थिइन् भने यसको लागि उनले फिल्मफेयर पुरस्कारमा उनको सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कारको नामाङ्कन प्राप्त गरेकी थिइन्। केकलाँले सन् २०११ को अपराध अनिश्चय चलचित्र दयाट गर्ल इन यलो बुट्सको पटकथा लेखेकी थिइन् भने उक्त चलचित्रमा उनले मुख्य भूमिका देखिएकी थिइन्।[८]

अलौकिक/पारलौकिक अनिश्यच चलचित्र एक थी डायान (सन् २०१३) र साङ्गीतिक नाटक गल्ली ब्वाई (२०१९) जस्ता व्यावसायिक चलचित्रहरूसँग केकलाँको निरन्तर सम्बन्धले उनको सफलतालाई थप उचाइमा पुर्‍याएको थियो। उनले हास्यप्रधान चलचित्र वेटिङ (सन् २०१५) र रिबन (सन् २०१७)मा प्रमुख भूमिका निर्वाह गरेकी थिइन्। सन् २०१४ मा प्रदर्शनमा आएको चलचित्र मार्गरिता विथ अ स्ट्रमा मस्तिष्क घातबाट पीडित एक युवतीको रूपमा अभिनय गरेकी उनले चलचित्रमा उनले भूमिकाले उनलाई राष्ट्रिय चलचित्र पुरस्कार दिलाउन सफल भएको थियो। सन् २०१० को अन्त्यतिर, केकलाँले वेब सामग्रीमा ध्यान केन्द्रित गर्दै एक सफल वेब शृङ्खलामा अभिनय गर्ने अवसर प्राप्त गरेकी थिइन्। उनले अमेजन प्राइम भिडियोको मेड इन हेभनमा र नेटफ्लिक्सको स्केर्ड गेम्स (दुबै सन् २०१९) मा अभिनय गरेकी थिइन्

उनले नाटक स्केलेटन वुमन (सन् २००९) को सह-लेखन गरेकी थिइन् जसले गर्दा उनले मेट्रोप्लस प्लेराइट पुरस्कार प्राप्त गरेकी थिइन्। उनले लिभिङ रूम (सन् २०१५) नामक नाटकमामा निर्देशकको रूपमा प्रदापण गरेकी थिइन्। केकलाँ एक कार्यकर्ता हुन्। उनले स्वास्थ्य र शिक्षादेखि महिला सशक्तिकरण र लैङ्गिक समानतासम्मका विभिन्न गतिविधिहरूलाई प्रोत्साहित गर्दछिन्।

प्रारम्भिक जीवन र पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

काल्की केकलाँको जन्म १० जनवरी १९८४ मा भारतको पोन्डिचेरीमा भएको थियो। उनको बाबुको नाम जोल केकलाँ र आमाको नामा फ्रँस्वा आर्मान्दी हो भने उनीहरू अँजी, फ्रान्सबाट भारत आएका थिए।[९][१०] उनी फ्रान्सेली संरचनात्मक इन्जिनियर र इफेल टावरको बनावट र निर्माणमा महत्वपूर्ण भूमिका खेलेका मोरिस केकलाँको वंशज हुन्।[११] केकलाँका अभिभावकहरू श्री अरबिन्दका भक्त हुन्, र उनले आफ्नो प्रारम्भिक बाल्यावस्थाको एक महत्वपूर्ण अंश अरोभिलमा बिताएकी थिइन्।[११] परिवार पछि तामिलनाडुको ऊटी नजिकैको गाउँ कल्लाट्टेमा बसाइँसराइ गरेका थिए।[१२]

केकलाँ र उनकी आमा फ्रँस्वा आर्मान्दी, सन् २०१६ मा

केकलाँले ऊटीको कडा परिवेशमा हुर्किएकी थिइन् जहाँ उनले अङ्ग्रेजी, तमिल र फ्रान्सेली भाषा सिकेकी थिइन्।[१३] पन्ध्र वर्षको हुँदा उनका आमा बुबाले सम्बन्धविच्छेद गरेका थिए र उनका बुबा बेङ्गलोर बसाइँसराइ गरेका थिए जहाँ उनले पुनर्विवाह गरेका थिए। आमाबुबाको सम्बन्ध विच्छेद पश्चत् उनी उनको आमासँग बसेकी थिइन्।[१४] उनको आमा बुबाको सम्बन्धविच्छेद अघि उनले कालाट्टीमा ५ देखि ८ वर्षको उमेरका बीचमा समय बिताएकी थिइन् र उनीहरूको सम्बन्ध विच्छेद नै उनको लागि सबैभन्दा खुशीको क्षण भएको एक अन्तर्वार्तामा बताएकी थिइन्।[१५]

उनले ऊटी हेब्रोन विद्यालयमा अध्ययन गरेकी थिइन् जहाँ उनी अभिनय र लेखनमा संलग्न भएकी थिइन्।[१६] केकलाँ मनोचिकित्साको अध्ययन गर्न र आपराधिक मनोवैज्ञानिक बन्न उत्प्रेरित भएकी थिइन्।[१७] १८ वर्षको उमेरमा उनको विद्यालय शिक्षा पूरा गरेपछि उनी लन्डन गएकी थिइन् जहाँ उनले गोल्डस्मिथ्स विश्वविद्यालयमा नाटक सम्बन्ध अध्ययन गरेकी थिइन्। त्यहाँ उनले थिएटर अफ रिलेटिभिटी नामक रङ्गमञ्च कम्पनीसँग दुई वर्ष काम गरेकी थिइन् जहाँ उनले द राइज अफ द वाइल्ड हन्ट नामक नाटक लेखेकी थिइन्[१४][१८] भने र डेभिड हेअरको द ब्लु रूम र मारिभक्सको ला दिस्पुत (फ्रान्सेली: La Dispute) जस्ता नाटकहरूमा अभिनय गरेकी थिइन्। उनले सो समयमा सप्ताहन्तमा बेटरको रूपमा काम गरेकी थिइन्।[१२]

आफ्नो पढाइ पूरा गरेपछि केकलाँ भारत फर्किएकी थिइन् र बेङ्गलोरमा उनको सौतेनी भाइसँग बसेकी थिइन्। त्यहाँ काम पाउन असमर्थ रहेकी उनले मुम्बईमा बसाइँसराइ गरेकी थिइन् जहाँ उनले रङ्गमञ्च निर्देशक अतुल कुमार र अजय कृष्णनसँग काम गरेकी थिइन्। तिनीहरूले लिभरपुलमा सम्पन्न भएको नाटकीय उत्सवमा विश्वलाई सम्बोधन गर्दै कलाकारहरूको खोजी गरिरहेका थिए।[१०][१९]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

केकलाँले अप्रिल २०११ मा चलचित्र निर्माता अनुराग कश्यपसँग ऊटीस्थित उनको मातृ गृहमा विवाह गरेका थिइन्। उनीहरूको दुईको भेट पहिलो पटक उनको पहिलो चलचित्र डेव डीमा भएको थियो। १२ नोभेम्बर २०१३ मा, कश्यपले एक संयुक्त बयान जारी गर्दै सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। १९ मे २०१५ मा, उनीहरूले मुम्बईको परिवार अदालतमा सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेका थिए। उनीहरू, छुट्टिनु र सम्बन्धविच्छेद बीचको अवधिमा, दम्पती विवाह परामर्श मार्फत गएका थिए। समाचार र अनुमानहरूको बीचमा, केकलाँले सन् २०१२ मा व्यक्तिगत जीवनको बारेमा यति पारदर्शी भएकोमा दु:ख व्यक्त गरेकी थिइन्। उनीसँग सम्बन्ध विच्छेद भएदेखि, उनले सार्वजनिक रूपमा व्यक्तिगत जीवनको बारेमा कम नै उल्लेख गरेकी थिइन्। पत्रपत्रिकाहरूले उनलाई प्रायः स्वच्छन्द रूपमा अन्य बलिउड कलाकारहरू जोडेका छन्, तर उनले कुनै पनि प्रकारको अफवाहको कडा इन्कार गरेकी छिन्। केकलाँले डोसा नामक बिरालोको उद्धार गरि अपनाएकी थिइन्।

३० सेप्टेम्बर २०१९ मा, केकलाँले आफू गर्भवती भएको पुष्टि गरेकी थिइन्। उनको प्रेमी इजरायली सङ्गीतकार गाय हर्सबर्गको हुन्। उनले ७ फेब्रुअरी २०२० मा, छोरी साप्फोलाई जन्म दिएकी थिइन्।उनीसँग फ्रान्सेली राहदानी छ, र उनले एक अन्तर्वार्तामा यात्रा गर्न सजिलो हुने भन्दै भारतीय राहदानीमा छनोट गरेको बताएकी थिइन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "बिदेशी भूमिमा जन्मिएर बलिउडमा सफल भएका अभिनेत्रीहरु"नेपाल आज (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ डिसेम्बर २०२० 
  2. "छुट्टिए अनुराग र कल्की" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति २५ डिसेम्बर २०२० 
  3. "आमा बनिन् अभिनेत्री कल्की कोचलिन"साझा पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ डिसेम्बर २०२० 
  4. Fleur Chabert (२५ mai २०१६), "Kalki Koechlin, la star française de Bollywood", L'Édition du Soir 
  5. Xavier Frère (२४ juillet २०१५), "Cette Alsacienne affole Bollywood", L'Alsace 
  6. Frédéric Bobin (८ juin २०१२), "L'égérie frenchie du cinéma hindi", Le Monde 
  7. "समाजले विवाह नामको संस्थामा महिलाहरुलाई कमजोर बनाएको छ : कल्की कोचलिन"हिमाल खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ डिसेम्बर २०२० 
  8. "कामको बेला अरु कुरामा ध्यान दिन्न: कल्की"एभरेस्ट दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ डिसेम्बर २०२० 
  9. "Don't believe Wikipedia, says birthday girl Kalki Koechlin", १० जनवरी २०१३, मूलबाट १३ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० जनवरी २०१३ 
  10. १०.० १०.१ "A lot of times I have had to defend my Indian-ness: Kalki Koechlin", हिन्दुस्तान टाइम्स, ९ नोभेम्बर २०१४, मूलबाट २७ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०१६ 
  11. ११.० ११.१ Xavier Frère (२४ juillet २०१५), "La dynastie Koechlin, de Mulhouse à Bombay", L'Alsace 
  12. १२.० १२.१ "Kalki Koechlin", हिन्दुस्तान टाइम्स, १५ मार्च २०१३, मूलबाट २३ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१६ 
  13. Mohammed, Nishadh, "Kalki Koechli: She's namma ooru ponnu", डेकान क्रोनिकल, मूलबाट ४ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुलाई २०१६  वेब्याक मेसिन अभिलेखिकरण ४ अक्टोबर २०१६ मिति
  14. १४.० १४.१ गुप्ता, प्रिया (१६ नोभेम्बर २०१४), "Kalki Koechlin: Anurag and I both love each other very much", टाइम्स अफ इन्डिया, मूलबाट १६ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अप्रिल २०१६ 
  15. "I despise Donald Trump: Kalki Koechlin", द हिन्दू, ५ जुलाई २०१६, मूलबाट ५ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुलाई २०१६ 
  16. "Kalki Koechlin was 'shy' in school", The Indian Express, २६ जुन २०१५, मूलबाट १७ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१६ 
  17. "Kalki Koechlin aspired to be criminal psychiatrist", The Indian Express, २५ मे २०१६, मूलबाट ३१ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुलाई २०१६ 
  18. "Kalki Koechlin Biography", Koimoi, मूलबाट १९ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०१६ 
  19. "Kalki Koechlin on being a bona fide Bollywood star", इन्डिया टुडे, ६ जुन २०१२, मूलबाट ४ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]