जोसिप ब्रोज टिटो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मार्सल
Josip Broz Tito
Josip Broz Tito uniform portrait.jpg
१९६१ मा जोसिप ब्रोज टिटो
युगोस्लाभियाका राष्ट्रपति
कार्यकाल
१४ जनवरी १९५३ – ४ मे १९८०
प्रधानमन्त्रीआफै (१९५३-१९६३)
Petar Stambolić (1963–1967)
Mika Špiljak (1967–1969)
Mitja Ribičič (1969–1971)
Džemal Bijedić (1971–1977)
Veselin Đuranović (1977–1980)
Vice PresidentAleksandar Ranković (1963–1966)
Koča Popović (1966–1967)
अग्रजIvan Ribar
(as President of the Presidency of the People's Assembly)
उतराधिकारीLazar Koliševski
(as President of the presidency)
१९ औं युगोस्लाभियाका प्रधानमन्त्री
कार्यकाल
2 November 1944 – 29 June 1963
राष्ट्रपतिIvan Ribar
अग्रजIvan Šubašić
उतराधिकारीPetar Stambolić
1st [[असंलग्न अभियान आन्दोलनका महासचिव]]
कार्यकाल
१ सेप्टेम्बर १९६१ – ५ अक्टोबर १९६४
अग्रजस्थापित
उतराधिकारीगमाल अब्देल नासेर
युगोस्लाभिया को रक्षा मन्त्रि
कार्यकाल
७ मार्च १९४५ – १४ जनवरी १९५३
प्रधानमन्त्रीआफै
अग्रजIvan Šubašić
उतराधिकारीIvan Gošnjak
(as Federal Secretary of National Defense)
4th President of the League of Communists of Yugoslavia
कार्यकाल
5 January 1939 – 4 May 1980
अग्रजMilan Gorkić
उतराधिकारीStevan Doronjski
व्यक्तिगत विवरण
जन्मजोसिप ब्रोज
(१८९२-०५-०७)७ मे १८९२
Kumrovec, Croatia-Slavonia, Austria-Hungary
(now Croatia)
मृत्यु४ मे १९८०(१९८०-०५-०४) (८७ वर्ष)
Ljubljana, SR Slovenia, SFR Yugoslavia
(हाल स्लोभेनिया)
ठेगानाHouse of Flowers, बेलग्रेड , सर्बिया
४४°४७′१२″उ॰ २०°२७′०६″पू॰ / ४४.७८६६७°N २०.४५१६७°E / 44.78667; 20.45167
राजनीतिक पार्टीSKJ
RCP (b)
जीवन साथी(हरू)
Pelagija Belousova (विवाह १९२०⁠–⁠१९३९)

Herta Haas (विवाह १९४०⁠–⁠१९४३)

Jovanka Broz
(विवाह १९५२; his death १९८०)
Domestic partnerDavorjanka Paunović
सन्तान(हरू)Zlatica Broz
Hinko Broz
Žarko Leon Broz
Aleksandar Broz
पेशाLocksmith, Machinist, क्रान्तिकारी, resistance कमान्डर, राजनेता
पदक98 international and 21 Yugoslav decorations, including
Order of the Yugoslavian Great Star Rib.png Order of the Yugoslav Star
Legion Honneur GC ribbon.svg लिजन अफ अनर
Order of the Bath UK ribbon.svg Order of the Bath
Order of Lenin ribbon bar.png अडर अफ लेनिन
Cordone di gran Croce di Gran Cordone OMRI BAR.svg Order of Merit of Italy
(short list below, full list in the article)
EthnicityCroatian
सहीछाप
सैनिक सेवा
निष्ठा Austria-Hungary (1913–1915)
ढाँचा:Country data Soviet Russia (1918–1920)
 युगोस्लाभिया (1941–1980)
सेवा/शाखाअष्ट्रो-हङ्गेरियन आर्मी
लाल सेना
युगोस्लाभ पिपल्स आर्मी
सेवा अवधी1913–1915
1918–1920
1941–1980
श्रेणीमार्सल
CommandsNational Liberation Army
Yugoslav People's Army (सर्वोच्च कमाण्डर)
लडाईं/युद्धप्रथम विश्वयुद्ध
रुसी गृहयुद्ध
दोश्रो विश्वयुद्ध

जोसिप ब्रोज टिटो ( सिरिलिक लिपि: Јосип Броз Тито, , उच्चारण [jǒsip brôːz] ; ७ मे १८९२-४ मे १९८०), सामान्यतः टिटो को नामले परिचित ( /ˈtt/ ; [१] Serbo-Croatian Cyrillic , उच्चारण [tîto] ), युगोस्लाभ कम्युनिष्ट क्रान्तिकारी र राजनेता थिए। उनले सन् १९४३ देखि १९८० मा आफ्नो मृत्यु भएसम्म विभिन्न भूमिकामा सेवा गरे। [२] दोस्रो विश्वयुद्धको क्रममा उनी पार्टीिसनका नेता थिए जसलाई प्रायः नाजी जर्मन नियन्त्रित यूरोपमा सबैभन्दा प्रभावकारी प्रतिरोध आन्दोलनको रूपमा लिइन्छ । उनले १४ जनवरी १९५३ देखि ४ मे १९८० सम्म समाजवादी संघीय गणतन्त्र युगोस्लाभियाका अध्यक्षको रूपमा पनि काम गरे।

जबकि केहीले उनको आफ्नो राष्ट्रपतिको पदलाई अधिनायकवादको रुपमा आलोचना गर्छन् [३] र उनलाई स्टालिन जस्तै क्रुर तानाशाहको रुपमा समेत तुलना गर्छन्, धेरैले उनलाई उदार तानाशाह मान्छन्। उनी युगोस्लाभिया र विदेशमा एक लोकप्रिय सार्वजनिक व्यक्तित्व थिए। [४] उनलाई युगोस्लाभियाको एकीकरणको प्रतीकको रूपमा हेरिएको थियो , [५] उनका आन्तरिक नीतिहरूले युगोस्लाभ महासंघका राष्ट्रहरूको शान्तिमय सह-अस्तित्व कायम राख्यो। भारतको जवाहरलाल नेहरू, इजिप्टका गमाल अब्देल नासेर र घानाका क्वामे नक्रुमहको साथ असंलग्न अभियान आन्दोलनका प्रमुख नेताको रूपमा उनले थप अन्तर्राष्ट्रिय ध्यान खिचे। [६] शीत युद्ध दुवै ब्लकमा विदेश अत्यधिक अनुकूल सम्बन्ध कायम गर्दै, उनले लिजन अफ अनर, र अडर अफ बाथ सहित ९८ विदेशी सम्मान प्राप्त गरे।

बाल्यकाल[सम्पादन गर्ने]

दोस्रो विश्व युद्ध[सम्पादन गर्ने]

Josip Broz Tito inspects 1st Proletarian Brigade. Next to him are: Ivan Ribar, Koča Popović, Filip Kljajić, Ivo Lola Ribar, Danilo Lekić and Mijalko Todorović.

६ अप्रिल १९४१, मा हङ्गेरी अधिराज्य (१९२०-१९४६), र इटालीको सहयोग सहित नाजी जर्मन फौजले युगोस्लाभिया माथी आक्रमण सुरु गर्यो। १० अप्रिलमा, स्लाभ्को क्भाटेरनिकले क्रोयसियालाई स्वतन्त्र राज्य घोषणा गरे, र टिटोले युगोस्लाभिया कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटी भित्र सैन्य कमिटी निर्माण गरे।[७] सबै तिरबाट आक्रमण भएपछि, युगोस्लाभियाको सेना छिन्नभिन्न भयो। १७ अप्रिल १९४१ मा, राजा पिटर द्वितीय र सरकारका अन्य सदस्य देश छाडेर भागेपछी, बाँकी सरकार र सेनाका प्रतिनिधिहरूले बेलग्रेडमा जर्मन अधिकारीहरू सँग भेट गरे। उनीहरू तुरुन्तै सैन्य प्रतिरोध अन्त्य गर्न मञ्जुर भए। १ मे १९४१ मा, टिटोले मानिसहरूमा जर्मन आक्रमण र कब्जा विरुद्धको लडाइँमा एक हुन पम्फ्लेट जारी गरे। [८] २७ जुन १९४१ मा, युगिस्लाभिया कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटीले टिटोलाई राष्ट्रिय मुक्ती सेनाको सबै परियोजनाको सर्वोच्च सेनापती नियुक्त गरियो। १ जुलाई १९४१ मा, कम्युनिष्ट अन्तराष्ट्रियले तत्काल कदमको लागि सुक्ष्म निर्देशन पठायो। [९]

Tito and Ivan Ribar at Sutjeska in 1943

टिटो १६ सेप्टेम्बर १९४१ सम्म बेलग्रेडमा बसे। त्यसपछि कम्युनिष्ट पार्टीका सबै सदस्य सहित बेलग्रेड छाडेर विद्रोही नियन्त्रित क्षेत्रतर्फ लागे।[१०] कोहि कोहिको अनुमान अनुसार[को?] टिटो हर्मन को सल्लाह अनुसार नै बेलग्रेड छाडेका थिए किनभने उनको काम भनेको विद्रोही शक्तिलाई बिभाजन गर्नु थियो, जस्तो लेनिनको रसिया आगमन पछि भएको थियो।[११] टिटो रेलबाट यात्रा गर्दै १८ सेप्टेम्बर १९४१ मा रोबिजे गाउँमा आइपुगे।[१२]

राष्ट्रपतिकाल[सम्पादन गर्ने]

टिटो-स्टालिन मतभेद[सम्पादन गर्ने]

जोसिप ब्रोज टिटो अमेरिकी पूर्व प्रथम महिला एलियानर रुजबेल्ट सँग उनको जुलाई १९५३ को युगोस्लाभियाको भ्रमणको क्रममा भेटवार्ता गर्दै
Kardelj, Ranković and Tito in 1958
जोसिप ब्रोह टिटो आफ्नो जन्मस्थल कुम्रोभेक भ्रमणको क्रममा १९६१ मा

मित्र शक्तिद्वारा मुक्त पूर्वी-मध्य युरोपको अन्य अन्य भन्दा फरक, युगोस्लाभीया धुरी राष्ट्रको अधिपत्यबाट आफैं लाल सेनाको सिमित सहयोग बाट मुक्त भयो। युगोस्लाभियालाई मुक्त गर्ने टिटोको नेतृत्वदायी भुमिकाले उनको स्थान पार्टी र युगोस्लाभ जनताको माझ एकदमै बलियो भयो। दोश्रो विश्व युद्ध पश्चात् औपचारिक रुपमा टिटो स्टालिनको सहयोगी भए पनि, सोभियतले १९४५ को प्रारम्भमा युगोस्लाभ पक्षमा जासुसको घेरा परिचालन गरेको थियो, यसले गठबन्धनलाई असहज बनायो।[१३]

दोश्रो विश्व युद्ध अन्त्य भएको तत्कालै, युगोस्लाभिया र पश्चिमी ब्लक बीच कयौं सशस्त्र घटनाहरू भए। युद्ध को अन्त्य पछि युगिस्लाभियाले इटालीको भुभागको इसत्रिया र जदार र रिजेका को सहर कब्जा गर्यो। यसले पश्चिमी मित्र र युगोस्लाभिया बीच कयौ शसस्त्र घटना भए। अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट मा युगोस्लाभ लडाकु विमानले गरेको आक्रमण यसमा उल्लेखनीय मानिन्छ। पश्चिमले यसको आलोचना गर्यो। १९४६ मा, युगोस्लाभ एयर फोर्सले दुई अमेरिकी ट्रान्सपोर्ट एयरक्राफ्ट गिरायो। यात्रीहरू र पहिलो विमानको चालक दललाई गोप्य रुपमा समात्यो। दोश्रो विमान र चालक दलको पूर्ण क्षति भयो। यसबाट अमेरिका आक्रोशित भयो र युगोस्लाभ सरकारलाई कस्टडी मा रहेका अमेरिकीलाई मुक्त गर्न अल्टिमेटम अन्तिम चेतावनी दियो र गिराइएको विमानमा पहुँच दिन र यो घटनाको पूर्ण छानबिनको माग राख्यो।[१४] स्टालिनले यो उत्तेजित घटनाको विरोध गरे, किनकी उनलाई लाग्थ्यो कि दोश्रो विश्व युद्धको क्षतिको कारण र अमेरिकाको परमाणु हतियार सञ्चालनमा आइसकेको थियो भने सोभियत संघले आफ्नो पहिली परिक्षण गर्न बाँकी नै भएकाले, सोभियत संघ पश्चिमको सामना गर्न तयार छैन। यस बाहेक, टिटो ग्रीक गृहयुद्धमा कम्युनिष्टको पक्षमा खुला रुपले लागे, भने स्टालिन यसबाट टाढा नै रहे। स्टालिनले चर्चिलसँग त्यहाँ सोभियत स्वार्थ नलाद्ने कुरा मानेका थिए। यद्यपि उनले राजनीतिक रुपमा ग्रीक कम्युनिष्टको संघर्षलाई समर्थन गरे। उनले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा धेरै पटक उनले समर्थन देखाए। १९४८ मा, सबल स्वतन्त्र अर्थतन्त्र स्थापना गर्ने आकांक्षाले, टिटिले मस्कोबाट स्वतन्त्र भएर आफ्नो आर्थिक विकासको योजना बनाए। यसको नतिजा स्वरुप, सोभियत र युगोस्लाभिया बीच कुटनैतिक सम्बन्ध चिसिदै गयो, तिक्ततापूर्ण चिठी पत्र आदानप्रदान भए जसमा टिटोले लेखे " हामीले सोभियत प्रणाली अध्ययन गर्यौ र यसलाई उदाहरणको रुपमा लियौं, तर फरक स्वरुपमा विकास गर्छौ।" [१५]

४ मे मा सोभियतले टिटो र युगोस्लाभिया कम्युनिष्ट पार्टीलाई गल्ती स्वीकार गर्न र सच्च्याउन असमर्थ भएकोमा चेतावनी दिदै पत्र लेख्यो, र जर्मन विरुद्ध उनीहरूको सफलता प्रति निकै घमण्ड गरेको आरोप लगायो र लाल सेनाले उनीहरूलाई बिनाश हुनबाट बचाएको कुरा बतायो । १७ मे मा टिटोले यो कुरा जुन महिनामा हुने कोमिनफर्म को बैठकमा सुल्झाउने पत्र लेखे। तर, युगोस्लाभिया माथी खुला आक्रमण हुने डरले टिटो कोमिनफर्मको बैठकमा उपस्थित भएनन् । १९४९ मा,हङ्गेरियन र सोभियन सेना उत्तरी युगोस्लाभ मोर्चामा आमनेसामने हुँदा, यो संकट झण्डै सशस्त्र द्वन्द्वमा पुग्यो।[१६] युगोस्लाभिया माथी सोभियतको अनुगामी राज्यहरू हङ्गेरी, रोमानिया, बुल्गेरिया र अल्बानिया द्वारा आक्रमण र टिटोलाई सत्ताबाट हटाउने को योजना १९४९ मा गरिएको थियो। २८ जुनमा, कोमिनफर्मको अन्य सदस्य राष्ट्रहरूले युगोस्लाभियालाई निष्कासन गरे। हङ्गेरी र रोनानियाली सेनाहरूको सङ्ख्या सोभियत सेना सँगै वृद्धि गरियो र युगोस्लाभ सिमामा आमनेसामने भयो। मस्कोको अनुमान थियो टिटोले सोभियत समर्थन गुमाइसके, र अब टिटो सकिए। स्टालिनले भनेका थिए,"म सानो औंला चलाउँछु अनि टिटो बाँकी रहदैनन्।"[१७] युगोस्लाभियालाई समाजवादी राज्यहरूको अन्तराष्ट्रिय संघबाट निष्कासन गरियो, भने पूर्वी युरोपको अन्य समाजवादी राज्यमा "टिटोवादी" आरोप लागेकाहरूलाई सफायको अभियान चलाइयो। स्टालिनले यो कुरा व्यक्तिगत रुपमा लिए र टिटोको कयौं हत्या प्रयास गरे, तर कुनै सफल भएनन्। दुई नेता बीच यसको प्रत्युत्तरमा, टिटोले खुला रुपमा लेखे:

मलाई मार्नको लागि मान्छे पठाउन बन्द गर। हामीले ती मध्ये पाँच जनालाई समाइसक्यौ, एक जनालाई बम सहित र अरुलाई राइफल सहित। [...] यदि तिमीले हत्यारा पठाउन बन्द गरेनौ भने, म एक जनालाई मस्को पठाउने छु र मलाई दोश्रो कोहि पठाउन पर्ने छैन।

— जोसिप ब्रोज टिटो[१८]
उत्तर भियतनामी नेता हो चि मिन्ह को साथमा टिटो,बेल्ग्रेड, १९५७

टिटोको सोभियत संघसंग तिक्ततापूर्ण सम्बन्धले, युगोस्लाभियालाई अमेरिकी सहायता इसिए बाट, जुन मार्सल प्लान जस्तै गरि प्रसासित थियो, दिलायो। यद्यपि, उनी पश्चिमी गुटमा सामेल हुन मानेनन्। १९५३ मा स्टालिनको मृत्यु पछी मात्र सोभियत संघ संगको सम्बन्ध सुधार हुन थाल्यो र टिटोले कोमेकोनबाट पनि सहायता पाउन थाले। यसरी टिटो ले पूर्व -पश्चिमको शत्रुतामा खेलेरे फाइदा उठाए। कुनै एकको पछि लाग्नुको साटो उनले असंलग्न अभियान आन्दोलनको सुरुवात गरे, जुनले ती देशहरूको लागि तेश्रो मार्गको काम गर्यो, जो पूर्व-पश्चिम बिभाजन भन्दा अलग रहन रुचाउथे।[६]

असंलग्न आन्दोलन[सम्पादन गर्ने]

टिटोको कुटनैतिक राहदानी, १९७३
अमेरिकि-युगोस्लाभ शिखर सम्मेलन, १९७८

टिटोको नेतृत्वमा, युगोस्लाभिया असंलग्न अभियानको संस्थापक सदस्य बन्यो। १९६१ मा, टिटोले इजिप्टको गमाल अब्देल नासेर, भारतको जवाहरलाल नेहरु, इन्डोनेसिया को सुकार्नो, र घानाको क्वामे क्रुमाह सहित यो आन्दोलनको स्थापना गरे। यसले तेश्रो विश्वका देशहरू बीचको सम्बन्धलाई अझै मजबुत बनायो। यो कदमले युगोस्लाभियाको कुटनैतिक स्थितिलाई सुधार गर्न निकै मद्दत गर्यो। टिटोले असंलग्न आन्दोलनलाई आफुलाई विश्व नेताको रुपमा प्रस्तुत गर्ने उपायको रुपमा देखे र त्यसले पूर्वी र पश्चिम दुवै सँग उनको बार्गेनिङ गर्ने शक्तिमा सुधार गर्न सक्थ्यो।[१९] १ सेप्टेम्बर १९६१, मा जोसिप ब्रोज टिटो असंलग्न आन्दोलनको पहिलो महासचिव बने।

सुधारहरू[सम्पादन गर्ने]

१९५० को दशकमा, टिटोले युगोस्लाभ कामदारहरूलाई गेस्टर्बिटर (अतिथि कामदार)को रुपमा पश्चिम युरोपका देशहरू, मुख्यतः पश्चिम जर्मनी जान अनुमती दिए।[२०] धेरै युगोस्लाभहरूमा यो पश्चिमाहरू संग र संस्कृति संगको यो खुलापनले धेरै युगोस्लाभले आफुहरूलाई सांस्कृतिक रुपमा पूर्वी युरोपभन्दा पनि पश्चिम युरोपसँग नजिक भएको पाए।[२१] ७ अप्रिल १९६३ मा, देशले आफ्नो आधिकारिक नाम समाजवादी संघीय गणतन्त्र युगोस्लाभिया राख्यो। उनका सुधारहरूले नीजी क्षेत्रलाई प्रोत्साहन गर्यो र धार्मिक अभिव्यक्तलाई खुकुलो बनायो।[२२] टिटो लगत्तै अमेरिका महादेशको भ्रमणमा गए। चिलीमा, उनको भ्रमणको विषयलाई लिएर दुई जना सरकारी मन्त्रीहरूले राजीनामा दिए।[२३][२४] १९६० को शरदमा टिटोले राष्ट्रपती ड्वीट डि. आइजनहावरसंग संयुक्त राष्ट्र महासभाको बैठकको क्रममा भेट गरे। टिटो र आइजनहावरले सैन्य नियन्त्रण देखि आर्थिक विकास सम्मका विषयमा कुराकानी गरे। जब आइजनहावरले युगोस्लाभियाको तठस्तता प्रति "उनको पक्षको तठस्तता" को रुपमा व्याख्या गरे, टिटोले जवाफ दिए कि तठस्तताको अर्थ निष्कृयता होइन कि कुनै पक्षको पक्ष नलिनु हो।[२५]

सम्मान[सम्पादन गर्ने]

जोसिप ब्रोज टिटोले विश्वभर ६० देश (५९ अन्य देश र युगोस्लाभिया) बाट ११९ मान पदवी तथा सम्मान पाए। २१ विभूषण युगोस्लाभियाबाट नै थियो, १८ विभूषण एक एक पटक पाए, भने नेसनल हिरो विभूषण दुई समारोहमा तीन पटक प्राप्त गरे। ९८ अन्तर्राष्ट्रिय पदवी तथा विभूषण मा ९२ एक पटक र ह्वाइट लायन विभूषण, पोलोनिया रेस्तितुता र कार्ल मार्क्स विभूषण दुई पटक प्राप्त गरे। उनका उल्लेखनीय पदवी हरूमा फ्रान्सको लिजन अफ अनर, जापानको क्रिसान्ठेम्म, पश्चिम जर्मनीको फेडरल क्रस अफ मेरिट, र मेरिट अफ इटाली छन् ।

उनको विभूषणहरू कहिलेकाहीँ मात्र प्रदर्शित हुन्थ्यो, तर १९४८ को टिटो -स्टालिन मतभेद र १९५३ मा उनको राष्ट्रपतीय सपथ ग्रहण पछी सैन्य समारोह बाहेक उनले विरलै मात्र आफ्नो युनिफर्म लगाए। व्यवहारिक कारणले गर्दा उनले रिबन मात्र पहिरथे। उनको सबै पदवी र विभूषणहरू उनको अन्त्येस्टी समारोह १९८० मा मात्र प्रदर्शन गरियो । [२६] दोश्रो विश्व युद्धको क्रममा मित्र शक्तिको नेताको रुपमा र असंलग्न आन्दोलनको संस्थापकको ख्यातीले उनको चर्चा अन्तर्राष्ट्रिय रुपमा उनको पक्षमा अनुकुल भएको थियो ।[२६]

आन्तरिक सम्मान[सम्पादन गर्ने]

1st Row पिपल्स हिरो a
2nd Row द युगोस्लाभ ग्रेट स्टार फ्रीडम पदक हिरो अफ सोसलिस्ट लेबर नेसनल लिबरेसन वार फ्ल्याग युगोस्लाभ फ्ल्याग विथ स्यास
3rd Row पार्टिसन स्तर विथ गोल्डेन रेथ रिपब्लिक विथ गोल्डेन रेथ पिपल्स मेरिट ब्रदरहुड एण्ड युनिटी विथ गोल्डेन रेथ पिपल्स आर्मी विथ लारेल रेथ मिलिटरी मेरिट विथ ग्रेट स्टार
4th Row Order of Courage Commemorative Medal of the Partisans - 1941 10 Years of the Yugoslav Army Medal 20 Years of the Yugoslav Army Medal 30 Years of the Yugoslav Army Medal 30 Years of the Victory over Fascism Medal
Note 1: aतीन पटक सम्मानित
Note 2: All Yugoslav decorations are now defunct.

विदेशी सम्मान[सम्पादन गर्ने]

टिटोले प्राप्त गरेका उल्लेखनीय विदेशी सम्मान तथा विभुषणहरूको छोटो सुची यसप्रकार छ।

सम्मान तथा विभूषण देश मिति स्थान नोट सन्दर्भ
BRA Order of the Southern Cross - Grand Cross BAR.png Order of the Southern Cross  ब्राजिल 19 September 1963 ब्राजिलिया ब्राजिलको सर्वोच्च सम्मान [२७]
Bangladesh Liberation War Honour  बंगलादेश 28 March 2012 ढाका बंगलादेश सरकारले मुक्ति युद्ध १९७१ को योगदान वापत प्रदान गरेको [२८]


Grand Crest Ordre de Leopold.png Order of Leopold  बेल्जियम 6 October 1970 ब्रसेल्स One of the three Belgian national honorary knight orders. बेल्जियमको सर्वोच्च सम्मान [२६]
CZE Rad Bileho Lva 3 tridy BAR.svg Order of the White Lion
(२ पटक विभूषित)
चेकोस्लोभाकिया 22 March 1946
26 September 1964
Prague
Brijuni
चेकोस्लोभाकियाको सर्वोच्च सम्मान [२६]
Order of the Elephant Ribbon bar.svg Order of the Elephant  डेनमार्क 29 October 1974 कपनहेगन डेनमार्कको सर्वोच्च सम्मान [२९]
Ord.Rajanya.Nepal-Ribbon.gif ओजस्वी राजन्य  नेपाल 1974 [३०]
Legion Honneur GC ribbon.svg लिजन अफ अनर  फ्रान्स 7 May 1956 पेरिस Highest decoration of France, awarded "for extraordinary contributions in the struggle for peace". [२६]
National Order of Merit Grand Cross Ribbon.png नेसनल अडर अफ मेरिट  फ्रान्स 6 December 1976 बेलग्रेड Order of Chivalry awarded by the President of the French Republic. [२६]
GER Bundesverdienstkreuz 9 Sond des Grosskreuzes.svg फेडरल क्रस अफ मेरिट  West Germany 24 June 1974 बोन Highest possible class of the only general state decoration of West Germany (and modern Germany). [२६]
GRE Order Redeemer 1Class.png Order of the Redeemer Greece 2 June 1954 एथेन्स ग्रीस सर्वोच्च सम्मान [२६]
Cordone di gran Croce di Gran Cordone OMRI BAR.svg Order of Merit of Italy  इटाली 2 October 1969 बेलग्रेड Highest honour of Italy, foremost Italian order of knighthood, awarded to Josip Broz Tito in Belgrade. [२६]
JPN Daikun'i kikkasho BAR.svg Supreme Order of the Chrysanthemum  जापान 8 April 1968 टोक्यो Highest Japanese decoration for living persons. [२६]
MEX Order of the Aztec Eagle 1Class BAR.png Order of the Aztec Eagle  मेक्सिको 30 March 1963 बेलग्रेड Highest decoration awarded to foreigners in Mexico. [२६]
NLD Order of the Dutch Lion - Grand Cross BAR.png Order of the Netherlands Lion  Netherlands 20 October 1970 आम्स्टरड्याम Order of the Netherlands founded by the first King of the Netherlands, William I. [२६]
St Olavs Orden storkors stripe.svg Royal Norwegian Order of St. Olav  नर्वे 13 May 1965 ओस्लो Highest Norwegian order of chivalry. [२६]
POL Virtuti Militari Wielki BAR.svg Order Virtuti Militari पोल्याण्ड 16 March 1946 वार्सा Poland's highest military decoration, for courage in the face of the enemy. [२६]
POL Polonia Restituta Wielki BAR.svg Order of Polonia Restituta
(awarded two times)
पोल्याण्ड 25 June 1964
4 May 1973
Warsaw
Brdo Castle
One of Poland's highest orders. [२६]
PRT Order of Saint James of the Sword - Grand Cross BAR.png Order of Saint James of the Sword  पोर्चुगल 23 October 1975 बेलग्रेड Portuguese order of chivalry, founded in 1171. [२६]
Order of Lenin ribbon bar.png Order of Lenina  सोभियत संघ 5 June 1972 मस्को Highest National Order of the Soviet Union (highest decoration bestowed by the Soviet Union). [२६]
Ordervictory rib.png Order of Victorya  सोभियत संघ 9 September 1945 बेलग्रेड Highest military decoration of the Soviet Union, one of only 5 foreigners to receive it. [३१]
Seraphimerorden ribbon.svg Royal Order of the Seraphim  स्वीडेन 11 March 1976 स्टकहोम Swedish Royal order of chivalry, established by King Frederick I on 23 February 1748. [२६]
Order of the Bath UK ribbon.svg Most Honourable Order of the Bath  United Kingdom 17 October 1972 बेलग्रेड British order of chivalry, awarded in Belgrade by Queen Elizabeth II. [२६]

जोसिप ब्रोज टिटोले प्राप्त गरेका अन्य विदेशी मानसम्मान र विभुषणहरूमा अडर अफ मेरिट (चिली), अडर अफ प्रिन्स हेन्री, अडर अफ इन्डिपेन्डेन्स (ट्यिनिसिया), अडर अफ मेरिट (क्यामरुन), अडर अफ नाइल, Order of the Condor of the Andes, अडर अफ स्टार अफ रोमानिया, Order of the Gold Lion of the House of Nassau, Croix de Guerre, Order of the Cross of Grunwald, Czechoslovak War Cross, Decoration of Honour for Services to the Republic of Austria, मिलिटरी अडर अफ द ह्वाइट लायन, निशान-ए–पाकिस्तान, Order of Al Rafidain, Order of Carol I, Order of Georgi Dimitrov, अडर अफ कार्ल मार्क्स, Order of Manuel Amador Guerrero, Order of Michael the Brave, अर्डर अफ पहलवी, Order of Sukhbaatar, Order of Suvorov, Order of the Liberator, अर्डर अफ अक्टोबर रिभोलुसन, Order of the Queen of Sheba, Order of the White Rose of Finland, Partisan Cross, रोयल अर्डर अफ कम्बोडिया and स्टार अफ पिपल्स फ्रेन्डसिप and Thiri Thudhamma Thingaha पर्दछ।[स्रोत नखुलेको]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Tito". Random House Webster's Unabridged Dictionary.
  2. "Josip Broz Tito". Encyclopædia Britannica Online. http://www.britannica.com/EBchecked/topic/597295/Josip-Broz-Tito. अन्तिम पहुँच मिति: 27 April 2010. 
  3. McGoldrick 2000.
  4. Melissa Katherine Bokovoy, Jill A. Irvine, Carol S. Lilly, State-society Relations in Yugoslavia, 1945–1992; Palgrave Macmillan, 1997 p. 36 आइएसबिएन ०-३१२-१२६९०-५

    "...Of course, Tito was a popular figure, both in Yugoslavia and outside it."
  5. Martha L. Cottam, Beth Dietz-Uhler, Elena Mastors, Thomas Preston, Introduction to political psychology, Psychology Press, 2009 p. 243 आइएसबिएन १-८४८७२-८८१-६

    "...Tito himself became a unifying symbol. He was charismatic and very popular among the citizens of Yugoslavia."
  6. ६.० ६.१ Peter Willetts, The Non-aligned Movement: The Origins of a Third World Alliance (1978) p. xiv
  7. Tomasevich 2001, p. 52.
  8. Kocon 1988, p. 84.
  9. Roberts 1987, p. 24.
  10. Nikolić, Kosta (२००३), Dragan Drašković, Radomir Ristić, सम्पादक, Kraljevo in October 1941, Kraljevo: National Museum Kraljevo, Historical Archive Kraljevo, पृ: २९। 
  11. Nikolić, Kosta (२००३), Dragan Drašković, Radomir Ristić, सम्पादक, Kraljevo in October 1941, Kraljevo: National Museum Kraljevo, Historical Archive Kraljevo, पृ: ३०। 
  12. Nikolić, Kosta (२००३), Dragan Drašković, Radomir Ristić, सम्पादक, Kraljevo in October 1941, Kraljevo: National Museum Kraljevo, Historical Archive Kraljevo, पृ: २९। 
  13. West, Richard (२०१२-११-१५), "12 The Quarrel with Stalin", Tito and the Rise and Fall of Yugoslavia (अङ्ग्रेजीमा), Faber, आइएसबिएन 9780571281107 
  14. https://scholarship.rice.edu/bitstream/handle/1911/89147/RICE0184.pdf?sequence=1&isAllowed=y
  15. https://schoolworkhelper.net/tito-stalin-dispute-1948-timeline-analysis-significance/
  16. "No Words Left?", Time Magazine, २२ अगस्ट १९४९, अन्तिम पहुँच २७ अप्रिल २०१० 
  17. Laar, M. (२००९), The Power of Freedom. Central and Eastern Europe after 1945, Centre for European Studies, पृ: ४४, मूलबाट ११ नोभेम्बर २०१३-मा सङ्ग्रहित। 
  18. Medvedev, Zhores A.; Medvedev, Roy A.; Jeličić, Matej; Škunca, Ivan (२००३), The Unknown Stalin, I. B. Tauris, पृ: 61–62, आइएसबिएन 978-1-58567-502-9 
  19. West 1995, p. 281.
  20. West 1995, p. 286.
  21. West 1995, p. 271.
  22. "Socialism of Sorts", Time Magazine, १० जुन १९६६, अन्तिम पहुँच २७ अप्रिल २०१० 
    "Today, as the rest of Eastern Europe begins to catch on, Yugoslavia remains the most autonomous, open, idiosyncratic and unCommunist Communist country anywhere on earth. ...Families are being encouraged by the Communist government to indulge in such capitalist practices as investing in restaurants, inns, shoe-repair shops and motels. ...Alone among Red peoples, Yugoslavs may freely travel to the West. ...Belgrade and the Vatican announced that this month they will sign an agreement according new freedom to the Yugoslav Roman Catholic Church, particularly to teach the catechism and open seminaries."
  23. "Protests Mark Tito's Chile", Toledo, Ohio, USA, Toledo Blade, २३ सेप्टेम्बर १९६३। 
  24. Lučić, Ivica (२००८), "Komunistički progoni Katoličke crkve u Bosni i Hercegovini 1945–1990", National Security and the Future 9 (3): 41–72, अन्तिम पहुँच २६ अप्रिल २०१० 
  25. Lees, Lorraine M. (२०१०), Keeping Tito Afloat: The United States, Yugoslavia, and the Cold War, 1945–1960, Penn State Press, पृ: 233, 234, आइएसबिएन 978-0271040639 
  26. २६.०० २६.०१ २६.०२ २६.०३ २६.०४ २६.०५ २६.०६ २६.०७ २६.०८ २६.०९ २६.१० २६.११ २६.१२ २६.१३ २६.१४ २६.१५ २६.१६ २६.१७ २६.१८ Badurina, Berislav; Saračević, Sead; Grobenski, Valent; Eterović, Ivo; Tudor, Mladen (१९८०), Bilo je časno živjeti s Titom, Vjesnik, पृ: १०२। 
  27. "Diário Oficial da União" (पुर्तुगालीमा), Jusbrasil, १९ सेप्टेम्बर १९६३, अन्तिम पहुँच १० नोभेम्बर २०१२ 
  28. "Friends of freedom honoured", The Daily Star, २८ मार्च २०१२। 
  29. Recipients of Order of the Elephant वेब्याक मेसिनमा अभिलेखिकरण १२ जुन २००८ मिति
  30. Omsa.org
  31. "Decorated with the Supreme Military Victory Order", मूलबाट २३ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१३-०१-०५