सामग्रीमा जानुहोस्

योसिप ब्रोज तितो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जोसिप ब्रोज टिटोबाट अनुप्रेषित)

योसिप ब्रोज तितो ( सिरिलिक लिपि: Јосип Броз Тито, , उच्चारण [jǒsip brôːz] ;सन् १८९२ मे ७ - सन् १९८० मे ४), सामान्यतः तितो नामले परिचित (/ˈtt/[]) एक युगोस्लाभियाली साम्यवादी क्रान्तिकारी तथा राजनेता थिए। दोस्रो विश्वयुद्धको क्रममा उनी युगोस्लाभियाली राष्ट्रिय मुक्ति सेनाको नेता थिए जसलाई प्रायः नाजी जर्मनी नियन्त्रित युरोपमा सबैभन्दा प्रभावकारी प्रतिरोध आन्दोलनको रूपमा लिइन्छ। उनले सन् १९४३ देखि १९८० सम्म विभिन्न भूमिकामा सेवा गरेका थिए। उनले १४ जनवरी १९५३ देखि ४ मे १९८० सम्म समाजवादी सङ्घीय गणतन्त्र युगोस्लाभियाका अध्यक्षको रूपमा पनि काम गरेका थिए।[]

तितोका आलोचक इतिहासकारहरूले उनको राष्ट्रपतित्वलाई अधिनायकवादीको रूपमा वर्णन गरी उनलाई तानाशाहको रूपमा हेर्न गरेको भएतापनि अन्यले उनलाई एक दयालु तानाशाहको रूपमा वर्णन गर्छन्।[] उनले युगोस्लाभिया र अन्य बाहिरी देशहरूमा लोकप्रिय सार्वजनिक व्यक्तित्वको छवि निर्माण गरेका थिए भने युगोस्लाभियाका पूर्व देशहरूमा पनि उनको लोकप्रियता वर्षौँसम्म रहिरहेको थियो।[]तितोलाई एकताको प्रतीकको रूपमा हेरिनुका साथै उनका आन्तरिक नीतिहरूले युगोस्लाभियाली सङ्घका राष्ट्रहरूको शान्तिपूर्ण सहअस्तित्व कायम राख्न मद्दत गर्दथ्यो। उनी असंलग्न आन्दोलनका सह-संस्थापक थिए भने उनले भारतका जवाहरलाल नेहरू, मिस्रका गमाल अब्देल नासेर र घानाका क्वामे नक्रुमहको साथ असंलग्न अभियान आन्दोलनका प्रमुख नेताको रूपमा अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षित गर्न सफल भएका थिए।

दोस्रो विश्वयुद्ध

[सम्पादन गर्नुहोस्]

राष्ट्रपतिकाल

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Tito". Random House Webster's Unabridged Dictionary
  2. "Josip Broz Tito", Encyclopædia Britannica Online, अन्तिम पहुँच २७ अप्रिल २०१० 
  3. Melissa Katherine Bokovoy, Jill A. Irvine, Carol S. Lilly, State-society Relations in Yugoslavia, 1945–1992; Palgrave Macmillan, 1997 p. 36 आइएसबिएन ०-३१२-१२६९०-५
  4. Martha L. Cottam, Beth Dietz-Uhler, Elena Mastors, Thomas Preston, Introduction to political psychology, Psychology Press, 2009 p. 243 आइएसबिएन १-८४८७२-८८१-६