थुलुङ दुधकोशी गाउँपालिका
स्वरूप
(थुलुङ दूधकोशी गाउँपालिकाबाट अनुप्रेषित)
थुलुङ दुधकोशी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°२६′N ८६°४१′E / २७.४४°N ८६.६८°Eनिर्देशाङ्कहरू: २७°२६′N ८६°४१′E / २७.४४°N ८६.६८°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | सोलुखुम्बु जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | अशिम राई नेकपा (माओवादी केन्द्र) |
• उपाध्यक्ष | सविता राई नेकपा (माओवादी केन्द्र) |
क्षेत्रफल | |
• जम्मा | १४४.६ किमी२ (५५.८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १८,३५४ |
• घनत्व | १३०/किमी२ (३३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-०३८ |
केन्द्र | साविकको मुक्ली गाविसको कार्यालय |
वेबसाइट | thulungdudhkoshimun |
थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेशको सोलुखुम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो।[३][४] नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सोलुखुम्बुमा साविकका नेले, काङ्गेल, पञ्चन, जुबु, मुक्ली, देउसा र लोखिम गाउँ विकास समितिहरूलाई समेटेर थुलुङ दुधकोशी गाउँपालिका बनाइएको हो ।[५] यसको क्षेत्रफल १४४.६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिका, उत्तरमा दुधकोशी र सोताङ गाउँपालिका तथा दक्षिणमा खोटाङ जिल्लासम्म फैलिएको छ।[६]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार थुलुङ दुधकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १८,३५४ रहेको छ भने यहाँ ४,६२४ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जिल्ला समन्वय समितिको कार्यालय, सोलुखुम्बु, नेपाल वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-१९ मिति