पृथ्वीसुब्बा गुरुङ
पृथ्वीसुब्बा गुरुङ | |
---|---|
सञ्चार तथा सूचना प्रविधि मन्त्री | |
पद बहाली १ श्रावण २०८१ | |
राष्ट्रपति | रामचन्द्र पौडेल |
प्रधानमन्त्री | खड्गप्रसाद शर्मा ओली |
पूर्वाधिकारी | रेखा शर्मा |
१ औं गण्डकी प्रदेशको मुख्यमन्त्री | |
कार्यकाल ४ फागुन २०७४ – २९ जेठ २०७८ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
राज्य प्रमुख | बाबुराम कुँवर अमिक शेरचन सीता पौडेल |
पूर्वाधिकारी | स्थापना भयो |
उतराधिकारी | कृष्णचन्द्र नेपाली |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री | |
कार्यकाल १८ चैत्र १९६३ – २८ श्रावण २०६५ | |
प्रधानमन्त्री | गिरिजाप्रसाद कोइराला |
पूर्वाधिकारी | प्रदीपकुमार ज्ञवाली |
उतराधिकारी | हिसिला यमी |
प्रतिनिधि सभा सदस्य | |
पद बहाली ७ पुस २०७९ | |
पूर्वाधिकारी | देव गुरुङ |
निर्वाचन क्षेत्र | लमजुङ १ |
गण्डकी प्रदेश सभा सदस्य | |
कार्यकाल २०७५–२०७९ | |
पूर्वाधिकारी | स्थापना भयो |
उतराधिकारी | भेषप्रसाद पौडेल |
निर्वाचन क्षेत्र | लमजुङ १(ख) |
व्यक्तिगत विवरण | |
जन्म | लमजुङ जिल्ला | १३ फेब्रुअरी १९५८
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेकपा (एमाले) |
अभिभावक | गंगाप्रसाद गुरुङ र चिनी गुरुङ |
वेबसाइट | ocmcm |
पृथ्वी सुब्बा गुरुङ नेपालको प्रदेश नम्बर ४ का प्रथम मुख्यमन्त्री हुन्। २०७८ जेठ २७ मा प्रदेश सभाको विश्वासको मत पाउन नसकेपछि सुब्बा पदमुक्त भएका थिए। प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए। २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरिएको छ । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ । दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । [१] उनी नेकपा एमालेका सचिव समेत रहिसकेकाका छन् । उनको जन्म २०१४ साल फागुन १ गते गङ्गाप्रसाद र चिनी गुरुङका छोराका रूपमा लमजुङ जिल्लामा पर्ने साविकको गिलुङ गाविस-८ टक्सार हाल क्व्होलासोथार गाउँपालिका-९ मा भएको हो ।[२]
राजनितीमा प्रवेस
[सम्पादन गर्नुहोस्]विज्ञानमा स्नातक गरेका पृथ्वी सुब्बा गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उनी पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा परेका थिए । २०४० मंसिरमा उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । उनको राजनीतिक यात्रा भने २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार-अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव निर्वाचित भएसँगै सुरु भएको हो। राजनीतिक यात्रासँगै उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए । बहुदलपछिका दुई संसदीय निर्वाचनमा उनले लमजुङबाट जित आत्मसाथ गर्न सकेनन् । तर, २०६२/६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट १९ हजार ५ सय ८३ मतसहित उनी प्रतिनिधि सभामा विजयी भएका थिए । उनी २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए । गुरुङमाथि उपाध्यक्ष अशोक राईले एमाले छाड्दा र त्यही क्रममा पार्टीमा चर्को जातीय राजनीति गरेको आरोप पनि लागेको थियो । अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीमा जान खोजेको आरोप पनि उनीमाथि लागेको थियो । उनले यी आरोपबीच एमालेमै रहेर आफ्नो राजनीतिक यात्रामा अघि बढिरहे । [२]
प्रतिवद्धता
[सम्पादन गर्नुहोस्]गुरुङले पटक पटक आदिवासी जनजाति महासंघको पनि नेतृत्व गरिसकेका छन् । गुरुङले ४ नम्बर प्रदेश तमु जातिको बाहुल्य क्षेत्र रहेकाले तमु भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएका छन् । नेता गुरुङले ४ नं प्रदेशमा गुरुङसँगै मगर भाषालाई पनि कामकाजी भाषामा प्रयोगमा ल्याइने बताएका छन् । [२]
प्रतिनिधि सभा २०७९
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३४,९६९[३]मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार देव प्रसाद गुरुङले ३१,७८१मत प्राप्त गरेका थिए।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://www.news24nepal.tv/2018/02/12/258542 वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-१६ मिति
- ↑ २.० २.१ २.२ अन्नपुर्ण पोष्ट को हुन पृथ्वी सुब्बा गुरुङ
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-३०।
- ↑ "लमजुङ : प्रदेश ४ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-३०।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-३१ मिति