सामग्रीमा जानुहोस्

वडोदरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बडोदराबाट अनुप्रेषित)
वडोदरा
વડોદરા
शहर
वडोदरा


Countryभारत भारत
राज्यगुजरात
जिल्लावडोदरा जिल्ला
क्षेत्रफल
  जम्मा२२५ किमी (८७ वर्ग माइल)
  क्रम18
उन्नतांश
१२९ मिटर (४२३ फिट)
जनसङ्ख्या
 (२०११)[]
  जम्मा२०६५७७१[]
  क्रम२०औ
समय क्षेत्रयुटिसी+5:30 (IST)
PIN
390 0XX
Telephone code(91)265
आइएसओ ३१६६ सङ्केतISO 3166-2:IN
वेबसाइटwww.vmc.gov.in

वडोदरा (IPA: /ʋə'ɽod̪əɾa/), (पूर्व नाम : बडौदा ) गुजरात प्रान्तको तेश्रो सबैभन्दा धेरै जनसन्ख्या भएको शहर हो । यो एक शहर हो जहाको महाराजा सयाजीराव विश्वविद्यालय आफ्नो सुन्दर स्थापत्यको लागि जानिन्छ । वडोदरा गुजरातको एक महत्त्वपूर्ण नगर हो । वडोदरा शहर, वडोदरा जिल्लाको प्रशासनिक मुख्यालय, पूर्वी-मध्य गुजरात राज्य, पश्चिम भारत, अहमदाबादको दक्षिण-पूर्वमा विश्वामित्र नदीको तटमा स्थित छ । वडोदरालाई बडौदा पनि भनिन्छ । यसको सबैभन्दा पुरानो उल्लेख ८१२ ई. को अधिकारदान या राजपत्रमा छ, जसमा यसलाई वादपद्रक बताइएको छ । यो अन्कोत्तका शहरसङ सम्बद्ध बस्ती थियो । यस क्षेत्रलाई जैनिहरूदेखि छिनने दोर राजपूत राजा चन्दनको नाममा शायद यसलाई चन्दनवाटीको नामले पनि जानिन्थ्यो । समय-समयमा यस शहरको नया नामकरण हुदै गयो, जस्तै वारावती, वातपत्रक, बडैदा र सन् १९७१ मा वडोदरा ।

इतिहासमा शहरको पहिलो उल्लेख ८१२ ई. मा यस क्षेत्रमा आएर बसेका व्यापारिहरूको समयसङ मिल्छ । वर्ष ई १२९७ यो प्रान्त हिन्दू शासनको अधिन हिन्दूहरूको वर्चस्वमा थियो । ईसाई यूगको प्रारम्भमा यो क्षेत्र गुप्तवन्शको साम्राज्यको अधीन थियो । भयङ्कर यूध्ध पछि, यस क्षेत्रमा चालुक्य वंश सत्ता आधिन भयो । अन्तमा, यस राज्यमा सोलंकी राजपूतहरूले कब्जा गरे । यस समयसम्म मुस्लिम शासन भारत वर्षमा फैलिएको थियो र हेर्दा-हेर्दै वडोदराको सत्ताको बागडोर दिल्लीको सुल्तानहरूको हात आयो । वडोदरामा दिल्लीको सुल्तानहरूले एक लामो समयसम्म शासन गरे, जब सम्म उनिहरू मुगल सम्राटहरू द्वारा परास्त भएनन् । मुगलहरूको सबैभन्दा ठुलो समस्या मराठा शाषक थियो जसले बिस्तरै बिस्तरैबाट तर अन्ततः यस क्षेत्रमा आफ्नो राज्य स्थापित गरे र यो मराठा वन्श गाइकवाड (Gaekwads) को राजधानी बन्यो । सर सयाजी राव गाइकवाड (१८७५-१९३९) III, यस वन्शको सबैभन्दा सक्षम र लोकप्रिय शासक थिए र उनले यस क्षेत्रमा धेऐ सरकारी र नौकरशाही सुधार गरे । ब्रिटिश राजको क्षेत्रमा एक ठुलो प्रभाव थियो तर बड़ौदा भारतको स्वतंत्रतासम्म एक राजसी राज्य बनि रहयो । धेरै अन्य रियासतहरूको जस्तै, बडौदा राज्य पनि १९४७ मा भारत डोमिनियनमा शामिल भयो ।

यस शहरमा उत्पादित हुने विभिन्न प्रकारको वस्तुहरूमा सूती वस्त्र तथा हथकरघा वस्त्र, रसायन, दियासलाई, मशीनें र फर्नीचर शामिल छ ।

वडोदरा एक रेल र मार्ग जंक्शन हो तथा यहाँ एक विमानस्थल पनि छ ।

२००१ को जनगणना अनुसार वडोदरा शहरको जनसङ्ख्या १३,०६,०३५ औ जिल्लाको कुल जनसङ्ख्या ३६,३९,७७५ छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]