सामग्रीमा जानुहोस्

भैलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भइलोबाट अनुप्रेषित)

समुहमा मिलेर केटीहरूले गाउने गीत भैलो हो जुन तिहारको बेला गाइन्छ । हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति पनि हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । यो गीत गाउँदा साधारणत: एक जना मुख्य हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको भैलो भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन । मुख्य ब्यक्तिले गीतको अन्तमा गएको घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू भैलो भन्दै गर्छन ।

कार्तिक कृष्णपक्ष द्वादशीबाट यमपञ्चक सुरुहुन्छ । यमपञ्चक सुरुभएपछि त्रियोदशीमा कागतिहार, चुर्तदशीमा कुकुरतिहार, औंसीमा लक्ष्मीपूजा, दिपावली र गाईतिहार, कार्तिक शुक्लपक्ष प्रतिपदाका दिन गोरुतिहार र यम द्वितीयाका दिन भाइटीका गरेर यो तिहार मनाउने गरिन्छ । यस तिहारमा फूलका माला र फुर्का बनाउने, माडा पकाउने अक्षेता पिठायो बनाएर कुकुर, गाई, गोरुलाई लगाई दिने माडा खुवाउने तथा खान दिने र कागलाई पनि एक टपरीमा गोबरको खातमा लगि खाना दिने गरिन्छ भने वृद्धहरु जुवातास पनि खेल्छन् । किशोर किशोरीहरु औंशीका दिनमा झुरो (दियालो) को उज्यालो बालेर मजुरा, ढोल, बाँसुरी बजाउदै स्वाँगे नचाउदै एक जनाले भैलो हाल्ने (भट्टयाउने) अनि सबैले साथ दिएर डोटेली भैली देउसी रमाई रमाई खेल्छन् । यस भैलोमा किशोरी र किशोरको लय भने केही फरक हुन्छ । किशोरीहरू सुमधुर स्वरमा भैलि..री भैली भन्छन् भने किशोरहरू अलि ठाडो स्वरमा भैईलो भन्ने गर्दछन् । कार्तिक शुक्लपक्ष यमद्वितीयाका दिन मोहन्याल देवताको ठूलोजाँत हुन्छ । यस जाँतमा मोहन्याल देउकालागि वृद्धपुरुषहरू बुढोभैईलो पनि खेल्नेगर्दछन् । यस बुढोभैईलोको दान दक्षिणा मोहन्यालको भँराडमा दिने चलन छ ।

दुतियामा खेलिने बुढो भैईलोको लय

[सम्पादन गर्नुहोस्]
  • दुईकी दुद्याउ भाइ — भैई.......लो ,
  • दईका त्यार — भैई.........लो ,
  • सगरेकाद्वार — भैई........लो ,
  • सगरेकी खोली — भैई........लो ..........

यसपछि भैलोको शव्दहरू जोडदै जानुपर्दछ ।

(क) डोटेली किशोरीहरूले खेल्ने भैलोको लय

[सम्पादन गर्नुहोस्]
  • औसी बार, गाईका त्यार— भैली..रि भैलि
  • त्यारैका बार , धर्मता वार — भैली..रि भैलि
  • धर्मकी खोली ,पैसाकी झोली— भैली..रि भैलि
  • तीनपैसी माझ, अरेनतरे — भैली..रि भैलि
  • पिपल ढले,पिपल पाती— भैली..रि भैलि
  • रायाकी छाती ,रया जमानु — भैली..रि भैलि
  • नन्नना घरको , चामले मानु — भैली..रि भैलि
  • ठूलोघर मनानु ,रितजनानू — भैली..रि भैलि
  • यई ठूला घरको ,बाखरो खानू — भैली..रि भैलि
  • छोहो वाखरी, छोटी न मोटी— भैली..रि भैलि
  • देउ सीय रोटी ,देउ सिय वार— भैली..रि भैलि
  • खेलहो विचार , खेल्ला मल्ला— भैली..रि भैलि
  • उरेली खेल्ला , काँडैमा विज्यो — भैली..रि भैलि
  • काँडो सुतल्ला , वारै पो लाग्यो — भैली..रि भैलि
  • भई भरी बार, भैलाका त्यार— भैली..रि भैलि
  • यही घरकी रानी,काँगैन पानी— भैली..रि भैलि
  • न खोला खेत,न वन बेत— भैली..रि भैलि
  • मागन हामी, आएका नईहुँ— भैली..रि भैलि
  • वर्ष दिनको ,रित जनाउन— भैली..रि भैलि
  • सिद्धि सुनाउन, आएका हामी— भैली..रि भैलि
  • जो देलो पैशा , उहीका वन भैसा— भैली..रि भैलि
  • जो देलो नाली, जलपुत्र पाली— भैली..रि भैलि
  • जो देलो केला, उईका काखी चेला— भैली..रि भैलि
  • जो देलो मानु ,उईको सुनको छानु— भैली..रि भैलि
  • दिन्छौ दिए,हमरोपैचो लिए — भैली..रि भैलि
  • यही कुन्डाजान्छीन,पोईय सुदाउछीन—भैली..रि भैलि
  • उई कुण्डाजान्छीन कतिदिउभन्छीन —भैली..रि भैलि
  • हमरो भाषा, हमरो धर्म— भैली..रि भैलि
  • संधै गरया, निकै कर्म — भैली..रि भैलि
  • चली जाओस, चौजुग नाँऊ— भैली..रि भैलि
  • वढीलेखि ज्ञानी वन्या— भैली..रि भैलि
  • अईतिरबडी ,नाम चलया— भैली..रि भैलि
  • वरपिपल जसा गजाईब रह्या— भैली..रि भैलि
  • दुवाकी चाखूरी जसा,पलाईब रह्या— भैली..रि भैलि
  • केलाकाथूमली जसा, मौलाईब रह्या—भैली..रि भैलि
  • हजारी फुल जसा , फुली रह्या— भैली..रि भैलि
  • हमरा माईतका, सुन जमरा— भैली..रि भैलि
  • पराय माईतका, जौका जमरा— भैली..रि भैलि
  • हमरा माईत जी जसी रह्या, अजम्मरु भया— भैली..रि भैलि
  • भैलो भित्र पस्यो ............................

(ख) डोटेली किशोरहरूले खेल्ने भैलोको लय

[सम्पादन गर्नुहोस्]
  • औसी बार, गाईको त्यार— भैई..लो
  • त्यारैका बार , धर्मता वार — भैई..लो
  • धर्मकी खोली , पैसाकी झोली— भैई..लोे
  • तीनपैसी माझ , अरेन तरे — भैई..लो
  • पिपल ढले , पिपल पाती— भैई..लो
  • रायाकी छाती , रया जमानु — भैईलो
  • नन्ननना घरको , चामले मानु — भैईलो
  • ठूलोघर मनानु , रितजनानू— भैईलो
  • यई ठूला घरको ,बाखरो खानू — भैईलो
  • छोहो वाखरी , छोटी न मोटी — भैईलो
  • देउसीय रोटी, देउसिय वार — भैईलो
  • खेलहो विचार , खेल्ला मल्ला— भैईलो
  • उरेली खेल्ला , काँडैमा विज्यो — भैईलो
  • काँडो सुतल्ला , वारै पो लाग्यो — भैईलो
  • भई भरी बार , भैलाका त्यार — भैईलो
  • यही घरकी रानी , काँगैन पानी — भैईलो
  • न खोला खेत, न वन बेत — भैईलो
  • मागन हामी, आएका नईहुँ — भैईलो
  • वर्ष दिनको , त्यार मनाउन — भैईलो
  • रित जनाउन , सिद्धि सुनाउन— भैईलो
  • आएका हामी— भैईलोे
  • हे जो देलो पैशा, उनका वन भैसा— भैईलो
  • जो देलो नाली, जलपुत्र पाली— भैईलो
  • जो देलो केला, उईका काखी चेला— भैईलो
  • जो देलो मानु , उईको सुनको छानु — भैईलो
  • दिन्छौ दिए, हमरोपैचो लिए – भैईलो
  • यही कुन्डा जान्छीन , पोईय सुदाउछीन— भैईलो
  • उई कुण्डा जान्छीन , कति दिउ भन्छीन— भैईलो
  • जो देलो मूठी उईको हात टूटी — भैईलोे
  • जो देलो पाथी उईकी सुनकी छाती— भैईलो
  • पुणाईनीका, झाल जसा,मौलाईव रहया— भैईलो
  • दुवाकी चाखूरी जसा, पलाईब रह्या— भैईलो
  • केलाकी थूमेली जसा,गजाईव रह्या— भैईलो
  • हजारी फुल जसा , फुलीब रह्या— भैईलो
  • भैलो भित्र पस्यो

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]