राष्ट्रिय स्वाभिमान पार्टी नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय स्वाभिमान पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष लक्ष्मीप्रसाद संग्रौला हुन्। राष्ट्रिय स्वाभिमान पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौँ जिल्लाको बाफलमा छ। यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह कैंची थियो।[१] राष्ट्रिय स्वाभिमान पार्टी नेपालले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल १,५५० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ११,२७० मत प्राप्त गरेको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०