रिब्दीकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाल्ला जिल्लाको पश्चिम क्षेत्र कुसुमखोला गाविस, ठिमुरे गाविस र पालुङ मैनादी गाविसका बीच भागमा पर्ने यस कोटको उचाई १८९३.५ मीटर छ। यस ठाउँबाट सबैभन्दा धेरै हिमश्रृंखला देख्न सकिन्छ। धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, लम्जुङ पीक, मनास्लु, गणेश हिमाल, लामटाङ, सिमीकोट, सेरशिखर लगायत अन्य सानातिना हिमश्रृखंलाहरू प्रष्ट देखिन्छ। साथै यस ठाउँबाट रूपन्देही, नवलपरासी कपिलवस्तु र भारतको उत्तर प्रदेशको धेरै जसो भूभागहरू हेर्न सकिन्छ।

पालुङमैनादी वतासेबाट १ घण्टा दक्षिण रिब्दीबाट लेकमा रहेको पुराना यो मन्दिर जीर्ण अवस्थामा रहेको छ। यसको माथिल्लो भागमा पानीका मूलहरू प्रशस्त रहेका छन्। यहाँबाट लगभग १५ हजार जनसङ्ख्यालाई खानेपानीको उपलब्ध भएको छ। यो ठाउँ बनभोज र विवाहको लागि समेत प्रसिद्ध रहेको छ। यस ठाउँमा जलेश्वर महादेव तथा बुद्धको मूर्ति रहेको छ साथै यो मूर्तिलाई पाल्पा जिल्लाको सबैभन्दा जेठा बुद्धको मूर्तिको रूपमा मान्यता दिइएको छ।