जैमिनी नगरपालिका
जैमिनी
Jaimini | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | बागलुङ जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | नगर कार्यपालिका |
• प्रमुख | ईन्द्रराज पौडेल (नेपाली कांग्रेस) |
• उपप्रमुख | लीला राना (एमाले) |
• कार्यकारी | ईश्वरी प्रसाद शर्मा |
क्षेत्रफल | |
• जम्मा | ११८.७१ किमी२ (४५.८३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३१,४३० |
• घनत्व | २६०/किमी२ (६९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६८ |
केन्द्र | वडा न १ कुस्मीशेरा |
जैमिनी नगरपालिका वागलुङ जिल्लाको दक्षिण भेकमा रहेको छ । यो नगरपालिका नेपाल सरकारले मिति २०७३।११।२७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरे अनुसार स्थापना भएको हो । वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको मानिने पुण्यभूमि जैमिनीक्षेत्रको नामबाट नामाकरण गरिएको यस नगरपालिकाको मध्ये भागमा शास्त्रीय मान्यता प्राप्त जैमिनीधाम रहेको छ । जैमिनी ऋषिको तपस्याका बलले अझै पवित्र वनेको तीर्थस्थल क्षेत्र भएकोले पनि जैमिनी ऋषिकै नाम समेत जोडेर यस नगरपालिकाको नाम जैमिनी रहन गएको पाईन्छ । यस नगरपालिकाको केन्द्र कुस्मीसेरा बजारमा रहेको छ । पवित्र कालिगण्डकीको मध्यभागमा पर्ने यो नगरपालिका कालिगण्डकी कोरिडोर सडकबाट भारत र चिनसँग समेत जोडिएको छ । जैमिनी नगरपालिका साविक गा.वि.स कुश्मीसेरा, दमेक, सर्कुवा विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्युथन्थाप र राङखानी गरी १० वडामा समेटिएको छ भने जनसंख्या ३१,४३० (ज.ग.२०६८) रहेको छ । यसको क्षेत्रफल ११८.७१ वर्ग कि.मी रहेको छ । यस नगरपालिकाको सिमाना पूर्वमा पर्वत जिल्ला, पश्चिममा गल्कोट नगरपालिका र बरेङ गाउँपालिका, उत्तरमा काँठेखोला गाउँपालिका र वाग्लुङ नगरपालिका तथा दक्षिणमा गुल्मी र पर्वत जिल्लासँग जोडिएको छ । जातजाती :- वाह्मण, क्षेत्री, सार्की, दमाई, कामी, नेवार, मगर, ठकुरी, मुसलमान, गुरुङ,चेपाङ ,बोटे आदि जनजाती यस क्षेत्रमा वसोवास गर्दछन । वाह्मण, क्षेत्री, मगर आदि जातिको वाहुल्यता रहेको छ ।
भाषा:- वोलचालीको भाषा नेपाली भाषा र आ आफ्नो जात अनुसार विभिन्न जातजातीहरूले मातृभाषा प्रयोग गर्दछन ।
जल सम्पादा:- कालिगण्डकी, ठेउले खोला टिमुर खोला, काभ्रे खोला, जुम्लीखोला, चौरीखोला, कालुङ्ग खोला, पालुङ खोला, वहिली खोला आदी जल सम्पदाहरु यस नगरपालिका भित्र पर्दछन ।
महत्त्वपुर्ण उत्पादन:- कृषि – धान, मकै, गहु, तोरी, मास, भटमास, कोदो, फर्सी, मूला साग, घिरौला, वन्दा, आलु, प्याज, काउली, गोलभेडा, सिमि, वन्दा, सुन्तला, केरा, कागती, लप्सी, निवुवा, पलम, सुरपानी, अम्वा, नासपती ।
औद्योगिक:- हस्तकलाका सामान, दुध, दहि, पाउरोट उद्योग, दुङ्गाखानी, राङ तामा खानी आदी ।
धार्मिक तथा पर्यटकीय स्थल एवँ सम्पदाहरु:- गाजाको दह, माइस्थान, जैमिनी घाट, भैरवस्थान, जैमिनी ऋषि शिव मन्दिर, राधाकृष्ण मन्दिर, हाडिकोट आदि धार्मिक तथा पर्यटकीय स्थल रहेका छन । मूख्य शहरी एरिया कुश्मीशेरा, वलेवा, रुम्टा, गाइथुने घाट, ठेउले ,जाडी, व्याडथला, नेपाने, चिलाउने खर्क, सतिदुङ्गा नाम्दुक, डाँडाखानी, देउराली, पुरानो देविस्थान गाँउ आदि पर्यटकीय स्थल रहेको छ । यहाँको खोलानाला वनजं∙गल जडीवुटी खनिज मठमन्दिर तथा ऐंतिहासिक पुरातात्विक स्थलले यहाँको पहिचान दिएको छ ।
नगरपालिका स्थापना हुदाँ गाभिएका गा.वि.स.हरु :- कुश्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्यूथन्थाप र राङखानी गा.वि.स.रहेका छन । ।।[१][२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।