लो-घेकर दामोदरकुण्ड गाउँपालिका
स्वरूप
(दालोमे गाउँपालिकाबाट अनुप्रेषित)
लो-घेकर दामोदरकुण्ड | |
---|---|
निर्देशाङ्क (चराङ): २९°५′३४″उ॰ ८३°५५′५७″पू॰ / २९.०९२७८°N ८३.९३२५०°Eनिर्देशाङ्कहरू: २९°५′३४″उ॰ ८३°५५′५७″पू॰ / २९.०९२७८°N ८३.९३२५०°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | मुस्ताङ जिल्ला |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | लोप्साङ छोम्पेल विष्ट (एमाले) |
• उपाध्यक्ष | छिरिङ ल्हामो गुरुङ (एमाले) |
क्षेत्रफल | |
• जम्मा | १,३४४ किमी२ (५१९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १,४२३ |
• घनत्व | १.१/किमी२ (२.७/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६९ |
केन्द्र | साविकको चराङ गाविसको कार्यालय |
वेबसाइट | loghekardamodarkundamun |
लो-घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका चराङ, घमी र सुर्खाङ गाउँ विकास समितिहरूलाई समेटेर लो-घेकर दामोदरकुण्ड गाउँपालिका घोषणा गरिएको हो ।[४][५] लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको क्षेत्रफल १,३४४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या १,२९२ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा मनाङ जिल्ला र चीन, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लोमान्थाङ गाउँपालिका, दक्षिणमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मनाङ जिल्लासम्म छ।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।