नारायणी अञ्चल
स्वरूप
नारायणी अञ्चल | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | मध्यमाञ्चल विकास क्षेत्र |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
नारायणी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम हेटौँडा हो। नारायणी नदीको नामबाट यसको नामकरण गरिएको थियो। यो नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा पर्दछ।
प्रशासनिक उपविभाजन
[सम्पादन गर्नुहोस्]नारायणी अञ्चललाई पाँचवटा जिल्लाहरूमा विभाजन गरिएको थियो र वि.सं २०७२ मा, नयाँ संविधान जारी भएपछी बारा, पर्सा र रौतहट जिल्लाहरूलाई मधेश प्रदेश र चितवन र मकवानपुरलाई बागमती प्रदेशमा समावेश गरिएको थियो।
जिल्ला | प्रकार | सदरमुकाम | हालको भाग |
---|---|---|---|
बारा | तराई | कलैया | मधेश प्रदेश |
पर्सा | तराई | वीरगन्ज | |
रौतहट | तराई | गौर | |
चितवन | भित्री मधेश | भरतपुर | बागमती प्रदेश |
मकवानपुर | भित्री मधेश | हेटौँडा |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- नेपालका विकास क्षेत्रहरू (साविकको)
- नेपालका अञ्चलहरू (साविकको)
- नेपालका जिल्लाहरू