भट्टराई डाँडा
भट्टराई डाँडा | |
---|---|
शीर्ष बायाँ देखि दाँया भट्टराई डाँडाका विभिन्न स्थानहरू | |
निर्देशाङ्क: २७°५२′५९″N ८३°५५′५२″E / 27.883°N 83.931°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | स्याङ्जा जिल्ला |
नगरपालिका | चापाकोट नगरपालिका |
वडा कार्यालय | वडा नं. ६, मोहमी |
क्षेत्रफल | |
• जम्मा | २.१५ किमी२ (०.८३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५५१ |
• घनत्व | २६०/किमी२ (६६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६३ |
केन्द्र | चापाकोटको वडा नं. ६ कार्यालय, मोहमी |
विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो ।[१] साँखरलाई चापाकोटमा समायोजन गरिएसंगै ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटिएको छ । साबिक साँखरका (१ देखि ६) वडाहरूलाई चापाकोटको वडा नं. ६ र (७ देखि ९) वडाहरूलाई नगरपालिका वडा नं. ७ मा गाभिएको छ ।[२]
परिचय
[सम्पादन गर्नुहोस्]भट्टराई डाँडा चापाकोट नगरपालिकाको वडा नं. ६ मा पर्ने गाउँ हो । भट्टराई डाँडा, स्याङ्जा जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने अति नै रमणीय, सुन्दर, शान्त ठाउँ मध्येको एक हो । खास गरी दक्षिण भागमा बग्ने कालीगण्डकी नदी, जसलाई शालिग्राम शिलाको खानीको रूपमा चिनिन्छ, त्यसले अझ भट्टराई डाँडाको सुन्दरतालाई बयान गर्दछ । भट्टराई डाँडाको जनसङ्ख्या ५५१ रहेको छ । यो गाउँमा १४६ वटा घर छन् ।[३]
समाज
[सम्पादन गर्नुहोस्]प्रमुख तिर्थस्थल केलादीघाटमा बाहुनहरूको बाहुल्यता रहेको छ । ब्राह्मण, क्षेत्री, नेवार, सुनार, ठकुरी, सार्की, कुमाल, विश्वकर्मा, यहाँका प्रमुख बासिन्दा भए पनि बाहुल्यतामा भने केहि भिन्नता पाईन्छ । त्यस्तै गरी दक्षिण भाग जुन गण्डकी नदीले सिमाना बनाउदै पाल्पा जिल्लासँग छुट्टिएको अनि पश्चिमी भाग जुन सेखामसँग सिमाना जोडिएको छ, त्यो क्षेत्रमा भने प्राय बाहुन जातका मानिसहरु बसोबास गर्ने गर्दछन । जुनसुकै जातजातिका मानिसहरु भएतापनि यो क्षेत्रको प्रमुख धर्म भने हिन्दुनै हो । प्राय यहाँका मानिसहरु दसैं, तिहार, तीज लगायतका चाडहरु धुमधामका साथ मनाउने गर्दछन ।[४][५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२९ मिति
- ↑ "स्याङ्जा जिल्लाका विशिष्ट धार्मिक धरोहरहरू : केलादीघाट", उज्यालो लाल्टिन, उज्यालो लाल्टिन, अन्तिम पहुँच २२ जुलाई २०१६।[स्थायी मृत कडी]
- ↑ "ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र", जिल्ला समन्वय समितिको कार्यालय, स्याङ्जा, जिल्ला समन्वय समितिको कार्यालय, स्याङ्जा, अन्तिम पहुँच २२ फाल्गुन २०७३।[स्थायी मृत कडी]