रक्षा बन्धन
नेपाली विकिपीडियाबाट
रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन हो। यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ। जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन्। यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ।
यस दिन नेपालमा बाहुनहरू नुहाई-धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो जसलाई रक्षा भन्छन् बोकेर गाँउ गाँउ गएर सबै जनालाई रक्षा बाँधेर टिका लगाईदिने गर्छन। बदलामा मान्छेहरूले बाहुनलाई रूपयाँ पैसा दिने गर्छन।
यो त्यौहार भारतमा अलगै प्रकारले मनाईन्छ। यस दिन बहिनीहरूले आफ्नो भाईको हातमा पवित्र धागो रक्षा बाँधेर, टिका लगाएर मिठाई खुवाउछन। भाईले बहिनीलाई केही उपहार दिन्छ अथवा रूपयाँ पैसा दिन्छ तथा बहिनीको रक्षा गर्ने वचन दिन्छ।