विवेकशील नेपाली दल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विवेकशील नेपाली दल
अध्यक्षउज्वल थापा
स्थापनासन् २०१२
प्रमुख कार्यालयकाठमाडौँ
विचारधाराPragmatism
संविधान सभा
वेबसाइट
http://leadnepal.com/
विवेकशील नेपालीको केन्द्रिय कार्यालय

विवेकशील नेपाली नेपालको एक राजनीतिक दल हो ।[१] यसको स्थापना मे २८, २०१२ मा सामान्य भेला गरेर गरिएको थियो । यस दलले संविधान सभाको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेद्वारका रूपमा ४ जना सदस्यहरू उठाएको थियो ।[२] सामाजिक कार्य गर्दै आएका सक्रिय युवा समुहले संविधान सभाको दोस्रो चुनाब पछि कानुनी रूपमा यो दलको दर्ता गरेका थिए । यो दलले सत्ता र शक्ति भन्दा पनि एक्काइसौं शताब्दीमा अबको नेतृत्व उधयमी नेपालीहरूको हुनु पर्छ भन्नेविश्वास राखेको पाइन्छ । यो दलले अबको नेतृत्व युवा बर्गको हातमा हुनुपर्छ भन्नेविश्वास राखेको पाइन्छ । प्राय: युवा बर्गको बाहुल्यता रहेको यस दल उर्जाशिल, सकारात्मक,प्रतिबद्ध र विवेकशील नेपालीहरूको नयाँ राजनीतिक दलको रूपमा चिनिन्छ।

यो दलले नेपालीलाई व्यतिगत रूपमा असल आचरणको सूचना प्रवाह गर्ने, सामाजिक रूपमा एकता र सामुहिक कार्यबाट दिगो विकासमा प्रोत्साहन गर्ने र सरकारी तहमा जिम्मेवारी र नैतिक जवाफदेही सुशासनको रुपान्तरण गर्ने उदेश्य लिएको पाइन्छ । यो दलको प्रमुख कार्यालय चक्रपथ महाराजगन्जमा रहेको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]