सिलवास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिलवास
Silvassa
સેલ્વાસ
राजधानी
सिलवास प्रवेशद्वार
सिलवास प्रवेशद्वार
देश भारत
राज्यदादरा र नगर हवेली
जिल्लादादरा र नगर हवेली जिल्ला
सरकार
 • मेयरराकेशसिंह चौहान
उन्नतांश
३२ मिटर (१०५ फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा९८,२६५
भाषाहरू
 • आधिकारिकअङ्ग्रेजी, गुजराती, पोर्चुगेली
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
टेलिफोन कोड0260
सवारी दर्ताDN -09
वेबसाइटdnh.nic.in

सिलवास वा सिलवासा उच्चारण; भारतको केन्द्र शासित प्रदेश दादरा र नगर हवेलीको राजधानी सहर हो । यो सहर अरब सागरको नजिकै अवस्थित छ । अङ्ग्रेजी प्रभावको कारण सिलवासको उच्चारण प्रायजसो सिलवासा गर्ने गरिन्छ र मुख्यतया मानिसहरू अब यसलाई सिल्वासा वा सिलवासा भनेर नै बोलाउने गर्दछन् । गुजरती जनसङ्ख्याको प्रभावकै कारण यसलाई सेलवास (गुजराती: સેલ્વાસ) पनि भन्ने गरिन्छ । पोर्चुगेली शासनको समयमा लिसबन (पेको डी एक्रोस, ओइरास) नजिकै रहेको सहरको नाममा सिलवासलाई भिला डी पेको डी'एक्रोस' को नामले समेत जानिन्थ्यो ।

यस नगरमा १०,००० भन्दा बढीको सङ्ख्यामा उद्योग व्यवसाय स्थापित छन्, जुन यहाँको स्थानीय सरकारलाई राम्रो मात्रामा राजस्व तिर्ने गर्छन् । भारतको प्रस्तावित १०० स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप यो सहरको नाम पनि रहेको छ । हिन्दीगुजराती सहरको प्रमुख भाषा हुन्, उद्योग व्यवसाय बढ्दो क्रममा भएको हुनाले अङ्ग्रेजीको प्रयोग बढ्दो छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

१९औँ शताब्दीको अन्तसम्म सिलवास एउटा सानो गाउँको रूपमा रहेको थियो । सिलवासको महत्त्वपूर्ण विकास सन् १८८५ मा प्रारम्भ भयो जब पोर्चुगेली प्रशासनले नगर हवेलीको सिटलाई यस सहरसँग साट्यो । सन् १८८५ फेब्रुअरी ११, सिलवासलाई सहरको रूपमा निर्माण गरियो र यसको नाम भिला डी पेको डी'एक्रोस राखियो । तर, पुरानै नाम अर्थात सिलवास नै बढी प्रयोगमा रह्यो र सबै आधिकारिक कागजातमा सिलवास नामनै राखियो ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

भारतको जनगणना २००१ अनुसार सिलवासको जनसङ्ख्या २१,८९० रहेको थियो भने[१] सन् २०११ को जनगणना अनुसार यहाँको जनसङ्ख्या [२] ९८, २६५ रहेको छ ।

भाषाहरू[सम्पादन गर्नुहोस्]

वर्ली मानिसहरूले यहाँ वर्ली बोल्ने गरिन्छ । यो मराठी-कोंकणी बोलीको एक भाषा हो साथै अग्री भाषा पनि यहाँका मानिसहरूद्वारा बोल्ने गरिन्छ । पोर्चुगेलीहरूद्वारा शासन गरिएको यस स्थानमा रोमन क्याथोलिक धर्म मान्ने धेरै मानिसहरूद्वारा पोर्चुगेली भाषा बोल्ने गरिन्छ । यस वाहेक यहाँ गुजराती भाषा र मराठी भाषा पनि निक्कै मानिसहरूद्वारा बोलिने गरिन्छ ।[३]

यातायात व्यवस्था[सम्पादन गर्नुहोस्]

सिलवास भारतको राष्ट्रिय राजमार्गसँग व्यवस्थित तरिकाले जोडिएको छ । यहाँबाट नजिकै रहेको रेलवे स्टेसनहरू वापी मात्रै १८ किलोमिटर (११ माइल) टाढा र भिलाद, १२ किलोमिटर (७.५ माइल) टाढा रहेको छ । यहाँबाट राष्ट्रिय राजमार्ग क्रमाङ्क ८ को प्रयोग गर्दै भिलाद हुँदै दमन ३० किलोमिटर (१९ माइल), मुम्बई १८० किलोमिटर (११० माइल) र सुरत १४५ किलोमिटर (९० माइल) टाढा रहेको छ । यहाँको स्थानीय बजार यातायातको लागि रिक्साको प्रयोग गर्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट २००४-०६-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-०१  वेब्याक मेसिन अभिलेखिकरण २००४-०६-१६ मिति
  2. "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट २००४-०६-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-०१  वेब्याक मेसिन अभिलेखिकरण २००४-०६-१६ मिति
  3. Dadra Nagar Haveli tourism

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]