सिलवास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सिलवास
Silvassa

સેલ્વાસ
—  राजधानी  —
Dadra and Nagar Haveli Silvassa 3.jpgसिलवास प्रवेशद्वार
सिलवास Silvassa is located in India
सिलवास Silvassa
सिलवास
Silvassa
निर्देशाङ्क: २०°१६′उत्तर ७३°०१′पूर्व / २०.२७° उत्तर ७३.०२° पूर्व / 20.27; 73.02निर्देशाङ्क: २०°१६′उत्तर ७३°०१′पूर्व / २०.२७° उत्तर ७३.०२° पूर्व / 20.27; 73.02
देश  भारत
राज्य दादरा र नगर हवेली
जिल्ला दादरा र नगर हवेली जिल्ला
अवनति ३२ मि (१०५ फिट)
जनसङ्ख्या (२०११)
 - जम्मा ९८,२६५
भाषाहरू
 - आधिकारिक अङ्ग्रेजी, गुजराती, पोर्चुगेली
समय क्षेत्र भारतीय मानक समय (युटिसी+५:३०)
टेलिफोन कोड 0260
गाडी दर्ता DN -09
वेबसाइट dnh.nic.in

सिलवास वा सिलवासा यसका बारेमा उच्चारण ; भारतको केन्द्र शासित प्रदेश दादरा र नगर हवेलीको राजधानी सहर हो । यो सहर अरब सागरको नजिकै अवस्थित छ । अङ्ग्रेजी प्रभावको कारण सिलवासको उच्चारण प्रायजसो सिलवासा गर्ने गरिन्छ र मुख्यतया मानिसहरू अब यसलाई सिल्वासा वा सिलवासा भनेर नै बोलाउने गर्दछन् । गुजरती जनसङ्ख्याको प्रभावकै कारण यसलाई सेलवास (गुजराती: સેલ્વાસ) पनि भन्ने गरिन्छ । पोर्चुगेली शासनको समयमा लिसबन (पेको डी एक्रोस, ओइरास) नजिकै रहेको सहरको नाममा सिलवासलाई भिला डी पेको डी'एक्रोस' को नामले समेत जानिन्थ्यो ।

यस नगरमा १०,००० भन्दा बढीको सङ्ख्यामा उद्योग व्यवसाय स्थापित छन्, जुन यहाँको स्थानीय सरकारलाई राम्रो मात्रामा राजस्व तिर्ने गर्छन् । भारतको प्रस्तावित १०० स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप यो सहरको नाम पनि रहेको छ । हिन्दीगुजराती सहरको प्रमुख भाषा हुन्, उद्योग व्यवसाय बढ्दो क्रममा भएको हुनाले अङ्ग्रेजीको प्रयोग बढ्दो छ ।

इतिहास[सम्पादन गर्ने]

१९औँ शताब्दीको अन्तसम्म सिलवास एउटा सानो गाउँको रूपमा रहेको थियो । सिलवासको महत्वपूर्ण विकास सन् १८८५ मा प्रारम्भ भयो जब पोर्चुगेली प्रशासनले नगर हवेलीको सिटलाई यस सहरसँग साट्यो । सन् १८८५ फेब्रुअरी ११, सिलवासलाई सहरको रूपमा निर्माण गरियो र यसको नाम भिला डी पेको डी'एक्रोस राखियो । तर, पुरानै नाम अर्थात सिलवास नै बढी प्रयोगमा रह्यो र सबै आधिकारिक कागजातमा सिलवास नामनै राखियो ।

जनसङ्ख्या[सम्पादन गर्ने]

भारतको जनगणना २००१ अनुसार सिलवासको जनसङ्ख्या २१,८९० रहेको थियो भने[१] सन् २०११ को जनगणना अनुसार यहाँको जनसङ्ख्या [२] ९८, २६५ रहेको छ ।

भाषाहरू[सम्पादन गर्ने]

वर्ली मानिसहरूले यहाँ वर्ली बोल्ने गरिन्छ । यो मराठी-कोंकणी बोलीको एक भाषा हो साथै अग्री भाषा पनि यहाँका मानिसहरूद्वारा बोल्ने गरिन्छ । पोर्चुगेलीहरूद्वारा शासन गरिएको यस स्थानमा रोमन क्याथोलिक धर्म मान्ने धेरै मानिसहरूद्वारा पोर्चुगेली भाषा बोल्ने गरिन्छ । यस वाहेक यहाँ गुजराती भाषा र मराठी भाषा पनि निक्कै मानिसहरूद्वारा बोलिने गरिन्छ ।[३]

यातायात व्यवस्था[सम्पादन गर्ने]

सिलवास भारतको राष्ट्रिय राजमार्गसँग व्यवस्थित तरिकाले जोडिएको छ । यहाँबाट नजिकै रहेको रेलवे स्टेसनहरू वापी मात्रै १८ किलोमिटर (११ माइल) टाढा र भिलाद, १२ किलोमिटर (७.५ माइल) टाढा रहेको छ । यहाँबाट राष्ट्रिय राजमार्ग क्रमाङ्क ८ को प्रयोग गर्दै भिलाद हुँदै दमन ३० किलोमिटर (१९ माइल), मुम्बई १८० किलोमिटर (११० माइल) र सुरत १४५ किलोमिटर (९० माइल) टाढा रहेको छ । यहाँको स्थानीय बजार यातायातको लागि रिक्साको प्रयोग गर्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट २००४-०६-१६-मा सङ्ग्रहित, अभिगमन मिति २००८-११-०१ 
  2. "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट २००४-०६-१६-मा सङ्ग्रहित, अभिगमन मिति २००८-११-०१ 
  3. Dadra Nagar Haveli tourism

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]