बाल दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाल दिवस
बाल दिवसको झल्को दिने सन् १९५८ को सोभियतको टिकट
अनुयायीअन्तर्राष्ट्रिय (संयुक्त राष्ट्र सङ्घ)
प्रकारसांस्कृतिक, व्यापारिक
मिति१ जुन (अन्तर्राष्ट्रिय), २९ भदौ (नेपाल)
आवृत्तिवार्षिक

बाल दिवस बालबालिकाहरूको सम्मानमा प्रत्येक वर्ष मनाइन्छ जसको पालनको मिति देश अनुसार फरक रहेको छ। अर्को शब्दमा भन्नु पर्दा बाल बालिकाहरूको नाममा मनाइने दिवसलाई 'बाल दिवस' भनिन्छ। यो दिवस अन्तर्राष्ट्रिय रूपमा १ जुन[१] तथा नेपालमा भदौ महिनाको २९ गते मनाइन्छ। वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ गते मनाइने गरिन्थ्यो भने हाल भदौ २९ मा यस दिवस मनाइन्छ।[२] नेपालको संविधानमा पनि बालबालिकाको हक अधिकारको व्यवस्था गरिएको छ। नेपालको संविधान २०७२ भाग ३ र धारा ३९ अन्तर्गत पर्ने मौलिक हकहरूमा बालबालिकाको हक अधिकारकाे व्यवस्था गरिएको छ।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २०११ मा, युक्रेनमा बाल दिवस

सुरुवात[सम्पादन गर्नुहोस्]

सन् १८५७ मा म्यासेचुसेट्सको चेल्सीस्थित युनिभर्सलिस्ट चर्च अफ द रिडीमरका पादरी रेभरेन्ड डा चार्ल्स लियोनार्दले बाल दिवसको सुरुवात गरेका थिए। लियोनार्दले यस दिनको नाम गुलाफ दिवस राखेका थिए र त्यसपछि यसलाई बाल दिवसमा परिणत गरिएको थियो।[४][५][६]

सन् १९२० मा टर्कीले बाल दिवसलाई आधिकारिक रूपमा राष्ट्रिय बिदाको रूपमा घोषणा गरेको थियो। सन् १९२० देखि नै सरकार र तत्कालीन पत्रपत्रिकाले यसलाई बालबालिकाका लागि दिवस घोषणा गरेसँगै राष्ट्रियस्तरमा बाल दिवस मनाउन थालिएको हो। यद्यपि, यस उत्सवलाई स्पष्ट पार्न र यसको औचित्य सावित गर्न आधिकारिक पुष्टिकरण आवश्यक रहेको बताएको थियो। यसको आधिकारिक घोषणा सन् १९२९ मा गणतन्त्र टर्कीका संस्थापक तथा राष्ट्रपति मुस्तफा कमाल अतातुर्कद्वारा राष्ट्रिय रूपमा गरिएको थियो।[७][८][९]

विश्वव्यापी अभिग्रहण[सम्पादन गर्नुहोस्]

सन् १९२५ मा जेनेभामा भएको बाल कल्याणसम्बन्धी विश्व सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय बाल दिवसको घोषणा गरिएको थियो। सन् १९४९ नोभेम्बर ४ का दिन मस्कोमा महिला अन्तर्राष्ट्रिय प्रजातान्त्रिक महासङ्घले जुन १ लाई अन्तर्राष्ट्रिय बाल संरक्षण दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।[१] सन् १९५० देखि जुन १ लाई धेरै कम्युनिस्ट र साम्यवादी पछिका देशहरूमा बाल दिवसको रूपमा मनाइन्छ।

१४ डिसेम्बर १९५४ मा, भारतउरुग्वेद्वारा संयुक्त राष्ट्र सङ्घको महासभामा एक संयुक्त प्रस्ताव पारित गरिएको थियो[१०] जसमा सबै देशहरूलाई विश्वव्यापी बाल दिवस स्थापना गर्न प्रोत्साहित गरिएको थियो, पहिलो बालबालिकाहरूका बीच पारस्परिक आदानप्रदान र समझदारीलाई बढावा दिन र दोस्रो संयुक्त राष्ट्र सङ्घको बडापत्रका आदर्शहरू र विश्वका बालबालिकाको कल्याणलाई बढावा दिन कार्य सुरु गर्ने सङ्कल्प गरिएको थियो।[११] २० नोभेम्बर १९५९ मा संयुक्त राष्ट्रसङ्घको महासभाले बाल अधिकारको घोषणा गरेको सम्झनामा नोभेम्बर २० मा विश्व बाल दिवस मनाइन्छ।[१२]

राष्ट्रिय बाल दिवसको प्रारम्भ[सम्पादन गर्नुहोस्]

विसं २०१६ सालको भाद्र ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरिएको थियो। इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देखेकी थिइन्। भारतबाट फर्केपछि रानी रत्नद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरि आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरि सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ।[१३] वि.सं २०६३ सालमा लोकतन्त्रको स्थापना पश्चात् यसको पूरानो संरचनामा केही फेरबदल भएको थियो जसको परिणाम स्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसको मितिलाई पनि परिवर्तन गरेको थियो।[१४]

मिति परिवर्तनको कारण[सम्पादन गर्नुहोस्]

वास्तवमा वि.सं २०४६ सालको प्रजातन्त्रको पुनस्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्र बालअधिकार सम्बन्धी महासन्धि-१९८९ लाई २०४७ भदौ २९ मा अनुमोदन गरेको दिन नै बालदिवसको रूपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो। आजसम्म जुन ढङ्गबाट बालदिवस मनाइएको थियो, त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढङ्गबाट अधिकारमुखी समानुपातिक ढङ्गबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रूपमा मनाउन सकुन् भन्ने अवधारणाका साथ राष्ट्रिय बालदिवसको मिति परिवर्तन गरिएको पाइन्छ। २०६३ साल अघि सम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरि बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रूपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्र बालअधिकार सम्बन्धी महासन्धि-१९८९ लाई २९ भदौ मा नेपालले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा आत्मसाथ गरि सोही दिनलाई राष्ट्रिय बालदिवसको रूपमा मनाउने निर्णय गरिएको हो। २९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रूपमा मनाउने कार्यको थालनी भएको छ।[१५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Yang, Unity Elias (२०१५), Women's and Children's Chambers of Parliament, Bloomington, IN, US: AuthorHouse, आइएसबिएन 978-1-5049-4192-1 
  2. "बाल दिवसको कथा व्यथा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  3. "बाल अधिकार, बाल दिवस र नेपाल", आदर्श समाज (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  4. "Reading Eagle – Google News Archive Search", अन्तिम पहुँच १४ जुन २०१६ 
  5. "The Sharon Baptist Church", मूलबाट १ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०१६  वेब्याक मेसिन अभिलेखिकरण १ अप्रिल २०१६ मिति
  6. "Today is Universal Children's Day – Christian Adoption Services", मूलबाट १६ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०१६  वेब्याक मेसिन अभिलेखिकरण १६ जुन २०१६ मिति
  7. Veysi Akın (1997). "23 Nisan Millî Hâkimiyet ve Çocuk Bayramı'nın Tarihçesi" (akademik yayın). PAÜ Eğitim Fakültesi Dergisi 3. sayı: s. 91.
  8. Veysi Akın (1997). "23 Nisan Millî Hâkimiyet ve Çocuk Bayramı'nın Tarihçesi" (akademik yayın). PAÜ Eğitim Fakültesi Dergisi 3. sayı: s. 92.
  9. "23 Nisan" (तुर्कीमा), मूलबाट ६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० नोभेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २०१७ मिति
  10. "UN Yearbook", www.unmultimedia.org, अन्तिम पहुँच २०२१-११-१४ 
  11. "United Nations", United Nations, १४ डिसेम्बर १९५४, अन्तिम पहुँच २८ जुलाई २०१३ 
  12. "World Children's Day", अन्तिम पहुँच २ जुन २०२० 
  13. "आज राष्ट्रिय बाल दिवस मनाइदै", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  14. "राष्ट्रिय बाल दिवस: ‘सुखी नेपाली समृद्ध नेपालः बाल अधिकार सबैको सरोकार’", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 
  15. "आज अन्तर्राष्ट्रिय बाल दिवस, बाल दिवस मनाऊनुको सार्थकता र महत्त्व", जागरण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २३ भदौ २०७९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]