नेपाल परिवार दल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल परिवार दल नेपालको एक लोकतान्त्रिक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो। एकनाथ ढकालले स्थापना गर्नुभयको यस दलले पहिलो संबिधान सभामा प्रतिनिधित्व गर्न सफल भयो । परिवार दलबाट सभासद बनेका एकनाथ ढकाल डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहकारी तथा गरीबी निवारण मन्न्री बने। नेपाल एक घर र सम्पूर्ण नेपाली एक परिवारको मूल्य मान्यतालाई अंगिकार गरेको नेपाल परिवार दलले अग्रपंथी लोकतन्त्र (हेड-विङ्ग डेमोक्रेसी - Head-wing Democracy) लाई आफ्नो आधिकारिक बैचारिक दर्सन मान्दछ । यस पार्टीले पारिबारिक मूल्य मान्यता, नैतिकता र शान्ति जस्ता बिसयमा वकालत गर्दै आयको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिबेसनबाट एकनाथ ढकाल केन्द्रिय अध्यक्ष चुनिनु भयको छ । यस पार्टीको महामन्त्रीमा बिनोद डाँगी हुनुहुन्छ । परिवार दलमा नेपालका थुप्रै बुद्धिजीबी र युबाहरूको समर्थन रहेको बताइन्छ। यस दलले नेपालका पचहत्तरै जिल्लामा राष्ट्रिय सदभाब रयाली, राष्ट्र र जनता पहिलो प्राथमिकता जस्ता राष्ट्रिय अभियान सञ्चालन गरेर केहि लोकप्रियता हासिल गरेको छ । यस दलले दोस्रो संविधान सभाको निर्वाचनमा दुर्इजना सभासद्लाई संविधान सभामा प्रतिनिधित्व गराउन सफल भयो । यस दलले राजनीतिक सामाजिक रूपान्तरणका साथसथै नैतिक उत्थान, सामाजिक सांस्कृतिक आर्थिक रूपान्तरणलाई आफ्नो एजेण्डा बनाइ दोस्रो राष्ट्रिय महाधिवेशनमा होमिएको छ । यस दलका अध्यक्ष एकनाथ ढकाल अहिले के. पी. ओलीको सरकारमा शान्ति तथा पूनर्निमाण मन्त्री रहँदै आउनुभएको छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.ekantipur.com/nep/2069/12/24/full-story/365782.html वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-०९ मिति