उखान-टुक्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोकजीवनमा चलिआएका सारपूर्ण कथन वा लोकोक्तिलाई उखान-टुक्का भनिन्छ जसले विशेष अर्थ वा सन्देश दिन्छ। उखान भन्नाले गहन अर्थ र भाव बोकेका परम्परागत रूपमा चल्दै आएका भनाइहरू भन्ने बुझिन्छ। आफ्नो वास्तविक अर्थ गुमाएर छुट्टै तर विशिष्ट अर्थ बोक्ने शब्द समूहलाई टुक्का भनिन्छ।

नेपाली समाजमा प्रचलित केही उखान र तिनका अर्थ[१]: Janak Bista

उखान अर्थ
.
अँध्याराको काम खोलाको गीत अर्थहीन काम गर्नु
अघिपछि स्याहार चोर आउने दिन विस्याहार
अघि बुढी जानिन, पछि बुढी मानिन लौरो टेकेर बुढी आमा
अकवरी सुनलाई कसी लाउनु पर्दैन राम्रो कुरालाई जाचीरहन पर्दैन
अड्को पड्को तेलको धूप काम लाग्ने कुरा नपाएर अर्को कुरासँग काम चलाउनु
अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ एक्चोटी धक्का खाएपछि, अर्को चोटी पहिला नै सजग रहनु
अचानाको चोट खुकुरीले जान्दैन पिरपर्नेलाई मात्र थाहा हुन्छ
.
आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने आफुको केहींपनि नदेख् ने अरुको सानु कुरा पनि देख्ने
आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो आफुले एउता सोच्यो अर्कै हुन्छ
आकाशको फल आँखातरी मर् असम्भव कुरालाई चुप लागेर हेर्नु बाहेक उपाए नहुनु
आफू नमरी स्वर्ग देखिन्न आफुले काम नगरुन्जेलसम्म त्यसको प्रतिफल थाहा हुदैन
आलु खाएर पेडाको धाक सानो काम गरेर ठूलो काम गरेको भन्नु
आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ आफुले दिन नखोज्ने अरुले दिएको मज्जाले खाने
आफू भलो त जगतै भलो राम्रो कामको थालनी आफुबाट सुरु गर्नु
.
इन्द्रको अगाडि स्वर्गको वयान जान्नेको अगाडी नजान्ने बोल्ने
इलमीको भागमा माछामासु काम गर्नेले मिठो खान पाउँछ।
.
सर्पको विष, मान्छेको ईख ईख नभएको मान्छेको केहि महत्त्व हुँदैन
.
उम्केको माछो ठूलो गुमेको मौका नै सुनौलो मौका
.
.
.
.
ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ हेपिएको मान्छेलाई जसले पनि हेप्छ
.
औंलो दिँदा डुँडुलो निल्ने
अं .
अः .
कानो गोरूलाई औंसी न पुर्ने
केरा खाँदै सुसेल्दै
कहिले सासुको पालो कहिले बुहारीको पालो
काग कराउँदैछ पीना सुक्दैछ हुने कामलाई सानोतिनो अवरोधले छेक्दैन्।
काला अक्षर भैंसी बराबर केहि कुरामा ज्ञान नभएकोलाई बुझाउँदा अलमल्ल पर्नु
कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्रोमा हाले पनि बाङ्गाको बाङ्गै नराम्रो बानि नसुध्रनु
कुरो र कुलो जता लग्यो त्यतै जान्छ गफलाई जसरी बनाएर पनि भन्न सकिन्छ
कागलाई बेल पाक्यो हर्ष न विस्मात् बेमतलब को कुरा  
कमिलालाई मूतको पहिरो तल्लो बर्ग गरीब वा केटाकेटी का सानातिना समस्या   
काम गर्ने कालु मकै खाने भालु एक जनाले काम गर्नु तर त्यसको फल अर्कैले पाउनु
क्ष .
. .
.
खाई न पाई छालाको टोपी लाई
खाने मुखलाई जुङ्गाले छेक्दैन कसैको ईच्छा भए, रोक्न सकिन्न
.
गर्ने भन्ने हनुमान पगरी गुँथ्ने ढेडू
गाई मारी गधा पोस्नु
गाई खानेले बाच्छो खान्छ
.
घोडा चढ्ने लड्छ
घिउ केमा पोखियो? भागैमा
घाँटी हेरी हाड निल्नु आफ्नो क्षमता अनुसार काम गर्नु
घरको बाघ वनको स्याल घरको जनलाई धम्काई हेप्न सक्ने तर अरुसँग चाहिँ हिम्मत नहुनु
घरै पिंडालु वनै पिंडालु ससुराली जाँदा बाह्र हातको पिंडालु
.
' ' ' '
.
चटपटे साँढेका तीन ठाँउमा डाम
चिप्ला मुखको धमिलो पेट
चिचीको पनि लोभ पापाको पनि लोभ सबै कुराको लोभ हुनु
चिनेको चोरले काट्छ
.
छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी आफुसँग सम्पत्ति भए सबै नजिक, सम्पत्ति नहुँदा कोहि नहुनु
छोरी कुटी बुहारी तर्साउनु
.
जाँगर न साँगर खाने बेला आँ गर्
जुन गोरूको सीङ छैन उसैको नाम तिखे
जहाँ स्त्री त्यहाँ श्री
जसले मह काढ्छ उसैले हात चाट्छ जसले काम गर्छ उसैले नै फल खान्छ
जीउको सार घाँटी कुराको सार गाँठी
जुन थालमा खानु त्यही थालमा चुठनु जुन मानिस सँग सहयोग लियो, त्यसैको विरोध गर्नु
जोगीको घरमा सन्यासी पाहुना
जो चोर् त्यस्को ठूलो सोर्
जो लाउँछ चुक्ली उही जान्छ फुक्ली
जो होचो उसको मुखमा घोचो
जोईजुँगा पोईपोते, सातु न सोप्र्याक, केरा खाँदै सुसेल्दै
जति जोगी आए कानै चिरिएका
जीउ भए घ्यू पिए
ज्ञ
- -
.
झिंगाको सरापले डिंगो मर्दैन
- -
.
- -
.
ठाउँ न ठहर बुढीको रहर
.
- -
.
. .
.
. .
.
तीलको पहाड बनाउनु
ताक परे तिवारी नत्र गोतामे अबसरवादि
तैं रानी मैं रानीको भर्ला कुवाको पानी
तित्राको मुखै बैरी
.
.
देश गुनाको भेष कपाल गुनाको केश
दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई
दुबै हातमा लड्डू भने जस्तो भयो
दौरा न सौराको खल्ती
दुई जोइको पोइ कुना पसी रोइ
दूध दिने गाईको लात्ती सहनुपर्छ
.
धोवीको कुकुर घरको न घाटको
धनको पखेटा हुन्छ
.
नमच्चिने पीङको सय झटका बढी बोल्ने तर गरेर देखाउन नसक्ने
नजाने गाउँको बाटो नसोध्नु नचाहिने कुरामा ध्यान नदिनु
नपत्याउने खोलाले बगाउँछ
नाउँ न जस् खरानी घस्
नाच्न नजान्ने आँगन टेढो आफूबाहेक अरू सबकुरालाई गलतीको दोष दिनु
नानी भन्दा आची ठूलो
नाङ्लो ठटाई हात्ती तर्साउनु
नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार
नहुनु भन्दा कानो मामा निको
निभ्ने वेलाको बत्ती उज्यालो
नजीकको देउता हेला
.
पोहोरको मकै धेर यसपालीको जाडो धेर
पशुपतिको जात्रा सिद्राको व्यापार
पहिलेको तीतो पछिको मीठो
.
फूलको बास्ना वरिपरि मान्छेको बास्ना डाँडापारी
फोहर गरेपछि दैलो देख्यो
.
बाच्छो पाओस कि बाच्छी, भतुवालाई बिगौती
बैद्यका गलागाँड, ज्योतिषीका छोरी राँड
बाँदरको पुच्छर लौरो न हतियार
बाँदरको हातमा नरिवल अयाेगयका हातमा बहुमुल्य वस्तु हुनु
बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन
बाख्राले विराउँछ भेडाको कान काट्ने
बिग्रेको घरको भत्केको चाला
बालीनाली अरूको राम्रो, छोराछोरी आफ्नो
.
भारी माथि सुपारी
भँडार खनेर आँगन पुर्नु
भेडा भेडासँग बाख्रा बाख्रासंग
.
मह काढ्नेले हात चाट्छ।
मेरो गोरूको बाह्रै टक्का। अरूको कुरा सुन्दै नसुनी आफ्नै लिंडेढीपी नछोड्नु।
माछा देखे दुला हात, सर्प देखे खोकिलामा हात
मामाको घोडी मेरो हि हि अरुको प्रगतिमा गरिने अर्थहिन उत्सब
मुखमा राम राम बगलीमा छूरा
मरेपछि डुमै राजा {यो उखानले निश्चित जातिका मानिसलाई होच्याएको हुनाले विवादित छ} मरेपछी जेजस्तो भए पनि आफुलाई फरक पर्दैन
मर्ने बेलामा हरियो काँक्रो
मुसाको छोरी मुसैलाई
मरेपछि ओखती
.
.
रात रह्यो, अग्राख पलायो / रात रहे अग्राख पलाउँछ जुन कुरो हुनु पर्थ्यो ति कुरो हरू परिवर्तन हुन्छन् ,
रातभरी करायो दक्षिणा हरायो जति नै गाह्रो सहेर नि काम गर्दा नि ज्याला नदिनु
रोटी चिल्ला मीठा कुरा खस्रा मीठा
.
लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ
लाटो देशमा गाँडो तन्नेरी
लङ्का जित्ने हनुमान पगरी गुथ्ने ढेडू
लूटको धन फूपूको सराद
लहरो तान्दा पहरो गर्जन्छ।
लासामा सुन छ कान मेरो बुच्चै
लोग्ने स्वास्नीको झगडा परालको आगो
.
.
.
.
सुनारको सय चोट लोहारको एक चोट
सिपालुले सीप लायो मुखुण्डीले मुख लायो
साँढेको जुधाई बाच्छाको मिचाई दुइको झगडामा अर्को फस्ने
साउनमा आँखा फुटेको गोरूले सधैं हरियो देख्छ
साधुलाई सुली चोरलाई चौतारो
सोझाको सहाय दैव
सस्तो वेसाहा पेट लागि मर्
.
हात्ती आयो हात्ती आयो फुस्सा
हात्तीको मुखमा जीरा चाहिने भन्दा कम
हिस्स बुढी हरिया दाँत
हुने विरूवाको चिल्लो पात राम्रो मान्छेले सानै देखि राम्रो लक्षण देखाऊछ
हराएको गाई सूर्यलाई दान
हंसले ठाँउ छोडनु ज्यादै डराउनु/ तर्सिनु

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]