जम्मु
जम्मु
جموں | |
---|---|
प्रशासनिक मन्डल | |
राष्ट्र | भारत |
राज्य | जम्मु र कश्मीर |
जिल्ला | जम्मु, डोडा, कठुआ, रामबन, रियासी, किश्तवार, पुन्छ, राजौरी, उधमपुर, साम्बा |
स्थापना | १४वीं शताब्दी, ई.पू. |
संस्थापक | राजा जम्बू लोचन |
मुख्यालय | जम्मु |
सरकार | |
• प्रकार | केन्द्रीय |
• अङ्ग | राज्य सरकार |
क्षेत्रफल | |
• जम्मा | २२२,२०० किमी२ (८५८०० वर्ग माइल) |
उन्नतांश | ३०५ मिटर (१००१ फिट) |
जनसङ्ख्या | |
• जम्मा | १३,७९०,६७८ |
• घनत्व | ६२/किमी२ (१६०/वर्ग माइल) |
भाषाएं | |
• आधिकारिक | वर्णक्रमात्मक व्यवस्थित |
समय क्षेत्र | युटिसी+5:30 (IST) |
पिनकोड | 0191 |
सवारी दर्ता | JK02- |
वेबसाइट | www.jammu.nic.in |
जम्मु (उर्दु: جموں ⓘ, पन्जाबी: ਜੰਮੂ), भारतको उत्तरतम राज्य जम्मु एवं कश्मीर मा तीनमध्ये एक प्रशासनिक खण्ड हो। यो क्षेत्र जम्मु एवं कश्मीर राज्यको एक भाग हो। क्षेत्रको प्रमुख जिल्लामा डोडा, कठुआ, उधमपुर, राजौरी, रामबन, रियासी, साम्बा, किश्तवार एवं पुन्छ आउछ। क्षेत्रको अधिकांश भूमि पहाडी वा पथरीली हो। यसैमा पीर पन्जाल रेन्ज पनि आउछ जुन कश्मीर घाटीलाई हिमालय देखि पूर्वी जिल्ला डोडा र किश्तवारमा पृथक गर्दछ। यहाको प्रधान नदी चेनाब (चन्द्रभागा) हो।
जम्मु सहर, जसलाई आधिकारिक रूपले जम्मु-तवी पनि भनिन्छ, यस प्रभागको सबैभन्दा ठुलो नगर हो र जम्मु एवं कश्मीर राज्यको शीतकालीन राजधानी पनि हो। नगरको बीचबाट तवी नदी निक्लन्छ, जसको कारण यस नगरलाई यो आधिकारिक नाम मिलेको हो। जम्मु शहरलाई "मन्दिरहरूको सहर" पनि भनिन्छ, किनकि यहाँ धेरै मन्दिर एवं तीर्थ छन् जसको चमकते शिखर एवं दमकते कलश नगरको क्षितिजरेखामा सुवर्ण बिन्दुहरू जस्तै देखिन्छ र एक पवित्र एवं शान्तिपूर्ण हिन्दु नगरकोका वातावरण प्रस्तुत गर्दछ।
यहाँ केही प्रसिद्ध हिन्दु तीर्थ पनि छन्, जस्तै वैष्णो देवी, आदि जसको कारण जम्मु हिन्दु तीर्थ शहरहरूमा गनिन्छ। यहाको अधिकांश जनसङ्ख्या हिन्दु तथा सिख छन्।[१]
भूगोल
[सम्पादन गर्नुहोस्]जम्मु नगर ३२°४४′N ७४°५२′E / ३२.७३°N ७४.८७°E निर्देशांकमा स्थित छ[२]। मा स्थित छ। यहाको सागर सतहदेज्गि औसत ऊंचाई ३२७ मी (१,०७३ फीट) छ। यो नगर शिवालिक पर्वतमाला को निचली असमान पहाडिहरू र टीलहरूको बीच बसेको छ। उत्तर, पूर्व एवं दक्षिण-पूर्वमा यो शिवालिकबाट घेरिएको छ र उत्तर-पश्चिम दिशामा त्रिकुटा रेन्ज छ। राष्ट्रिय राजधानी दिल्लीदेखि यो सहर लगभग ६०० कि.मी (370 mi) दूरीमा उत्तर दिशामा स्थित छ। नगर तवी नदीको किनारहरूमा बसेको छ र अगाडि फैलिएको छ तथा पुरानो सहर दाया तटमा उत्तर दिशामा बसेको छ तथा नया बसा सहर नदीको दक्षिणी तटबाट लगेको (बाया तर्फ) छ। तवी नदी चार बडा सेतुहरू द्वारा पार गर्न सकिन्छ र पाचौ सेतु अहिले निर्माणाधीन छ। नगरको भूमि समान नभएर कहीं कहीं मथि तथा कहीं तल यी टीलहरूमा फैलिएको छ। नदीको एक तटमा बाहु का किला एवं पुरानो सहर छ त दोश्रो तरफ रोयल डोगरा प्यालेस बनेको छ, जुन नगरको उच्चतम स्थान हो। नगरको विमानक्षेत्र सतबाडीमा स्थित छ।
नामकरण
[सम्पादन गर्नुहोस्]जम्मु नगरको नाम यसको स्थापकको नाममा राखिएको छ। राय जम्बुलोचनले यसको स्थापना गरे र नाम राखे जम्बुपुरा जुन जम्मु भयो। धेरै इतिहासकारहरू एवं स्थानीय उक्तियहरूको अनुसार नगरको स्थापना राय जम्बुलोचनले १४औ शताब्दी ई.पू. मा गरेका थिए। राजा एक पटक आखेट गर्दै त्यसैबेला नदीको तटमा एक स्थानमा पुगे जहा उनले देखे एक बाघ र बाख्रा एक साथ एउटै घाटमा पानी पिउदै दिए। पानी पिएर दुवै जानवर आफ्नो आफ्नो बाटो लागे। राजा आश्चर्यचकित भए र आखेटको विचार छोडेर आफ्नो साथीहरू भएको ठाम पुगे र सबै कथा विस्तारमा बताए। सबैले भने कि यो स्थान शंति वा सद्भावले भरिएको होला जहा बाघ र बाख्रा एक साथ पानी पिरहेका थिए। तब उसले आदेश दिए कि यस स्थानमा एक किलाको निर्माण गरियोस् र त्यसको निकट नै सहर बसाइयोस्। यस शहरको नाम नै जम्बुपुरा वा जम्बुनगर रहयो र कालान्तरमा जम्मु भयो।[३]</ref>[४]
जम्मु राजाहरूको सूची
[सम्पादन गर्नुहोस्]- राय सूरज देव ८५०-९२०
- राय भोज देव ९२०-९८७
- राय अवतार देव ९८७-१०३०
- राय जसदेव १०३०-१०६१
- राय सङ्ग्राम देव १०६१-१०९५
- राय जसास्कर १०९५-११६५
- राय ब्रज देव ११६५-१२१६
- राय नरसिंह देव १२१६-१२५८
- राय अर्जुन देव १२५८-१३१३
- राय जोध देव १३१३-१३६१
- राय मल देव १३६१-१४००
- राय हमीर देव (भीम देव) १४००-१४२३
- राय अजायब देव
- राय बैरम देव
- राय खोखर देव (देहान्त १५२८)
- राय कपूर देव १५३०-१५७०
- राय समील देव १५७०-१५९४
- राय सङ्ग्राम, जम्मु राजा १५९४-१६२४
- राजा भूप देव १६२४-१६५०
- राजा हरि देव १६५०-१६८६
- राजा गुजै देव १६८६-१७०३
- राजा ध्रुव देव १७०३-१७२५
- राजा रंजित देव १७२५-१७८२
- राजा ब्रजराज देव १७८२-१७८७
- राजा सम्पूर्ण सिंह १७८७-१७९७
- राजा जित सिंह १७९७-१८१६
- राजा किशोर सिंह १८२०-१८२२
जम्मु एवं कश्मीरको महाराजा
[सम्पादन गर्नुहोस्]- महाराजा गुलाब सिंह १८२२-१८५६
- महाराजा रणबीर सिंह १८५६-१८८५
- महाराजा प्रताप सिंह १८८५-१९२५
- महाराजा हरि सिंह १९२५-१९४८
- कर्ण सिंह (जन्म १९३१) भारतको राजनयिक
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ बीबीसी न्यूज़
- ↑ फोलिंग रेन जीनोमिक्स, इंका - जम्मु
- ↑ जेराथ, अशोक (२०००), फ़ोर्ट्स एण्ड पैलेसेज़ ऑफ़ वैस्टर्न हिमालयाज़, इंडस पब्लिशिंग, पृ: ५९–६५, आइएसबिएन 81-7387-104-3।
|Language=
প্যারামিটার অজানা, উপেক্ষা করুন (|language=
পরামর্শকৃত) (सहायता)ढाँचा:अङ्ग्रेज़ी - ↑ सिलास, संदीप (२००५), डिस्कवर इण्डिया बाय रेल, स्टर्लिंग पब्लिशर्स प्रा.लि., पृ: ४७, आइएसबिएन 81-207-2939-0, अन्तिम पहुँच ७ अप्रैल २०१०।