दोधारा चाँदनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोधारा-चाँदनी नगरपालिका
देश नेपाल
विकास क्षेत्रहरुसुदूर-पश्चिमाञ्चल
अञ्चलमहाकाली अञ्चल
जिल्लाकञ्चनपुर
क्षेत्रफल
 • जम्मा५८ किमी (२२ वर्ग माइल)
जनसङ्ख्या
 (नेपालको राष्ट्रिय जनगणना बि.स. २०६८)[२]
 • जम्मा३९,२५३
 • घनत्व६८०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९९
वेबसाइटwww.dodharachadanimun.gov.np

दोधारा-चाँदनी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्नेकञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३] दोधारा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[४][५] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । दोधारा-चाँदनी नगरपालिका घोषणा गर्दा दोधाराचाँदनी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा दोधारा-चाँदनी पनि नगरपालिका बनेको हो ।[६] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १९१ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[६]

इतिहास[सम्पादन गर्नुहोस्]

नेपाल सरकारको मिति २०७१ पौष २८ गतेको निर्णय अनुसार साविकका चाँदनीदोधारा गाविस समावेश गरी १० वडा सहितको दोधारा चाँदनी नगरपालिका घोषणा भएको थियो । नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पौष २२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३ माघ २२ को निर्णय अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)को आधारमा नेपाल सरकारले मिति २०७३ फल्गुण २२ मा साविकको दोधारा चाँदनी नगरपालिकाको नाम परिवर्तन गरी महाकाली नगरपालिका घोषणा गरेको हो। २०७७।०९।१३ को राजपत्रमा प्रकाशित सुचना अनुसार माहाकाली नगरपालिकाको नाम परिवर्तन भई दोधारा चाँदनी नगरपालिका कायम भएको छ। [३]

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

यो नगरपालिका भौगोलिक हिसाबले ८० डिग्री ४ मिनेट देखि ८० डिग्री ०६ मिनेट ३० सेकेन्ड पूर्वी देशान्तरसम्म र २८ डिग्री ४९ मिनेट देखि २८ डिग्री ५९ मिनेट उत्तरी अक्षांशसम्म फैलिएको छ। त्यसैगरी ५६.८४ वर्ग.कि.मी. क्षेत्रफलमा रहेको यस नगरपालिकाको उत्तर, पश्चिमदक्षिणमा भारत रहेको छ भने पूर्वमा भीमदत्त नगरपालिकाशुक्लाफाँट वन्यजन्तु आरक्षण रहेका छन्। यो नगरपालिका समुन्द्री सतहबाट १७५ मि. देखि २२५ मि. को उचाईमा रहेको छ भने काठमाडौँ देखि ७२२ कि.मि. को दूरीमा छ।

हावापानी[सम्पादन गर्नुहोस्]

यहाँको औषत अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस र न्युनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको पाईन्छ। यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी ११ वटा माध्यमिक विद्यालय र ३२ वटा आधाभूत विद्यालय गरी जम्मा ४३ वटा शिक्षण संस्थाहरू संचालित छन्। यस नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षेत्रीजाति १३,६६८ जना (३४.८२ प्रतिशत), दोस्रोमा कामी ८,९७५ (२२.८६ प्रतिशत) र तेस्रोमा ब्राम्हण पहाडी ३,९६२ (१०.०९ प्रतिशत) हरूको बसोबास रहेको छ। यस नगरपालिकामा १० वडाहरू रहेका छन्। औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरूमा व्यापार, नोकरीवैदेशिक रोजगारी पनि एक हो। अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन्।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

बि.स.२०६८ को जनगणना अनुसार दोधारा-चाँदनी नगरपालिकाको जनसङ्ख्या ३९,२५३ रहेको छ । दोधारा-चाँदनी नगरपालिकामा ६,३९२ घरधुरि छन ।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "जिल्ला विकास समिति, कञ्चनपुर (तथ्याङ्कीय जानकारी)" 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  3. ३.० ३.१ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  4. "जिल्ला विकास समिति, कञ्चनपुर (नगरपालिकाको वडा विभाजन)" 
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  6. ६.० ६.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]