पोखरा गाविस
पोखरा गाविस
Pokhara | |
---|---|
देश | ![]() |
अञ्चल | राप्ती अञ्चल |
जिल्ला | रुकुम (पूर्व)जिल्ला |
जनसङ्ख्या (२०११)[१] | |
• जम्मा | ४,३३३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-८८ |
वेबसाइट | www.ddcrukum.gov.np |
पोखरा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। रुकुम जिल्लाको सदरमुकाम मुसिकोटबाट ९ कोष टाढा उत्तर पूर्वमा रहेको पोखरा गविस विकासको दृष्टिले हेर्दा पिछडिएको छ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
२०५८ सालको जनगणना अनुरा आठसय एकासी घरधुरी रहेको यस गाविसमा महिला एक हजार ९ सय ३० र पुरुष एक हजार ९ सय ७२ गरी कुल जनसङख्या तीन हजार नौ सय २ जना रहेको छ।
भौगोलिक अवस्था[सम्पादन गर्नुहोस्]
जिल्लाको राजनीतिक विभाजन अनुसार यस गाविस अहिले रुकुम (पूर्व) जिल्ला, सिस्ने गाँउपालिका वडा नम्बर ३ र ४ मा पर्दछ। पहाडी भूगोलमा रहेको पोखराले आफ्नो छुट्टै ऐतिहासिक भौगोलिक राजनीतिक सामाजिक साँस्कृतिक तथा धार्मिक महत्त्व र विशेषता बोकेको यस गाविसको पूर्वमा राङ्सी र काँडा गाविस पश्चिममा पीपल गाविस उत्तरमा प्वाङ गाविस र दक्षिणमा स्यालापाखा र शोभा गाविस रहेका छन्। भौगोलिक अवस्थितिका अनुसार मनोरम पहाडी गाविस पोखरा २८ डिग्री ३७ मिनेट ४५ सेकेन्ड देखि २८ डिग्री ३७ मिनेट ४५ सेकेन्ड पूर्व देशान्तर भित्र पर्दछ। नापी शाखा रुकुमको रेकर्ड अनुसार २५ लाख ३५ हजार क्षेत्रफल रहेको यस गाविसको २ हजार ४ सय ५० हेक्टर वन क्षेत्र र २ सय ६० हेक्टर चरण क्षेत्र रहेको छ। पोखरा गाविस कुनै बेला पोखरी भएका कारण अहिले त्यस क्षेत्रमा मलिलो माटो थिग्रीएका कारण राम्रो उत्पादन हुने गर्दछ। यस गाविसमा रहेको अमलाचौर पाँगा र पोखरामा राम्रो उत्पादन हुने क्षेत्रको रूपमा हेरिने गरिन्छ। पोखरा गासिको भू धरातलीय स्थिति अनुसार समुद्र सतहबाट करिब एक हजार एक सय ६६ मिटर बागे धारा देखि तीन हजार तीन सय ४९ मिटर डलसिङ्गे लेक सम्मको उचाईमा रहेको छ।
नामांकन[सम्पादन गर्नुहोस्]
सानीभेरी नदिको तीरमा रहेको यस गाविसको ठोस ऐतिहासिक नामाकरण नभेटिएता पनि स्थानीय वासिन्दाका अनुसार त्यस ठाउँमा धेरै वर्ष पहिले कुनै वस्ती बसाउ थिएन। मुख्य गरी यस पोखरा गाविसको वडानं। १ देखि ४ सम्म फैलिएको समथर भूभागमा पोखरी रहेको थियो।पोखरी रहेको स्थानभन्दा माथि रहेको पहाडबाट पहिरो आएर उक्त पोखरी पुरिएर पछि मानव वस्ती वस्न लायक भएको हो। यस ठाउँमा मानव वस्ती वसेपछि पोखरी शब्दबा पोखरा भन्न थालीएको र यसैको नामबाट पोखरा गाविसको नाम रहन गएको हुन सक्ने भनाई रहेको छ।
वन सम्पदा[सम्पादन गर्नुहोस्]
वनजङ्गल प्रसस्त मात्रामा पाइने भएकाले यस गाविसमा तीते समायो अमला पाँचऔले कुरिलो टिमुर भलायो जस्ता जडिबुटीहरू पाइने गर्दछन्।
धार्मिक तथा पर्यटकिय स्थलहरू[सम्पादन गर्नुहोस्]
पोखरा गाविसमा पर्यटकीय महत्त्व बोकेका स्थानहरू पनि रहेका छन्। तातो पानी मूल यस गाविसको ऐतिहासिक महत्त्वको ठाउँका रूपमा रहेका छन्। यसरी ऐतिहासिक महत्त्वको स्थानको रूपमा भगवती मन्दिर र ब्रहमा थान यहाँका प्रमुख धार्मिक स्थानहरू रहेका छन्। वडा नं ४मा अवस्थित तातो पानीमा वाह्रै महिना त्यस मूलको पानी तातो भइहरने यस मूलको विशेषता रहेको छ भने वडा नं९ अमलाचौरमा अवस्थित व्रम्हाथानको विशेषता पुराना इट्टा घण्टाहरू पाइनु हो।
विकासका गतिविधीहरू[सम्पादन गर्नुहोस्]
विक्रम सम्वद २०२२ सालमा प्रावि पोखरा स्थापना भई औपचारीक शिक्षाको प्रारम्भ भएको थियो। उक्त प्राविबाट अहिले सो विद्यालय जनता उच्च माविको नाम दिएर उच्च माविसम्म विद्यालय स्थापना भएको छ। अहिले त्यस गाविसको शैक्षिक तथ्याङ्कलाई हेर्दा अन्य गाविसको तुलनामा माथिनै उठेको देखिन्छ। यस गाविसका धेरै जसो मानिसहरू कृषि पेशामा रहेका छन् भने केही मानिसहरू सरकारी रोजगारीमा संलग्न रहेको देखिन्छ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२।
- ↑ "गाविस सुची", रुकुम जिल्ला विकास समिति।
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |