पिपल गाविस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पिपल गाविस
Pipal
—  गाउँ विकास समिति  —
पिपल गाविस नेपाल-এ অবস্থিত
पिपल गाविस
पिपल गाविस
नेपालमा स्थान
निर्देशाङ्क: २८°४१′उत्तर ८२°४६′पूर्व / २८.६९° उत्तर ८२.७७° पूर्व / 28.69; 82.77निर्देशाङ्क: २८°४१′उत्तर ८२°४६′पूर्व / २८.६९° उत्तर ८२.७७° पूर्व / 28.69; 82.77
देश  नेपाल
अञ्चल राप्ती अञ्चल
जिल्ला रुकुम जिल्ला
जनसङ्ख्या (२०११)[१]
 - जम्मा ४,१११
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-८८
वेबसाइट www.ddcrukum.gov.np

पिपल नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गाविस रुकुमको सदरमुकाम मुसिकोट देखि ७ कोष टाढा उत्तर पूर्वमा रहेको छ ।

भूगोल[सम्पादन गर्ने]

पीपल गाविसको पूर्वमा पोखरा र प्वाङ पश्चिममा बाँफीकोट उत्तरमा स्यालाखदी र सिस्ने तथा दक्षिणमा स्पालापाखा गाउँ विकास समिति पर्दछन्। पीपल राजनीतिक विभाजन अनुसार निर्वाचन क्षेत्र नं। १ र इलाका नं ३मा पर्दछन्। पहाडी भू-भागमा रहेको पीपल गाउँ विकास समितिले आफ्नै ऐतिहासिक भौगोलिक धार्मिक राजनीतिक एवं सामाजिक महत्व र विशेषता बोकेको छ। पीपल भौगोलिक अवस्थित अनुसार २८ डिग्री ४४ मिनेट ४५ सेकेण्ड उत्तरी अक्षांस ८२ डिग्री ३० मिनेट १५ सेकेण्ड देखि ८२ डिग्री ३६ मिनेट ३० सेकेण्ड पूर्वी देशान्तरभित्र पर्दछ नापी शाखाको रेकर्ड अनुसार यस गाविसको क्षेत्रफल ३०७९।९४८५ हेक्टर रहेको छ। पीपलको करिब आधा भाग फाँट र ज्यूलामा पर्दछ भने अन्य भाग पहाडी भागमा रहेको छ। पहाडी भागमा मकैगहुँजौं कोदो खेति राम्रो उत्पादन हुन्छ। समुन्द्र सतहदेखि करिव ९८५ मीटर कुनाखेत देखि ३९२६ मीटर सिस्नेको नजीक सम्मको उचाइमा रहेको छ।

नामांकन[सम्पादन गर्ने]

पीपल गाविसको नामाकरण कसरी गरियो भन्ने सन्दर्भमा स्थानीयवासीका अनुसार २०३८ साल पूर्व पोखरा गाउँ पञ्चायतमा रहेको र पछि पोखराबाट अलग भएपछि मात्र छुट्टै अस्तित्वमा रहेको पाइन्छ। हालको पीपल गाविस भवन रहेको स्थान नजीक एउटा ठूलो पीपलबोट छ। त्यसको नामबाट गाविसको नामाकरण गरिएको भन्ने भनाई छ भने अर्को तिर हालको वडा नं. १मा पर्ने दानीपीपलको नामबाट पछि पीपल गाविस रहन आएको भनाई पनि छ। स्थानीयवासीले यस गाविसलाई जिपु पनि भन्ने गरेको पाइन्छ।

व्यवसाय[सम्पादन गर्ने]

यहाँको प्रमुख पेशा कृषि तथा पशुपालन हो भने केही सरकारी रोजगाररी एवं बैदेशिक रोजगारीमा पनि संलग्न रहेका छन् । यस गाविसमा आफ्नो उत्पादनले वर्षभरी खाना पुगेर पनि यहाँबाट उत्पादित अन्न घिउमह वनस्पति घिउ चिउरी बाहिर बिक्रि वितरण गरी आम्दानी गरेको पाइन्छ। त्यस्तै चोयाका सामग्री डोका मान्द्रा नाङ्ला डालाहरू बेच्ने गर्दछन्।


मौसम[सम्पादन गर्ने]

उच्च पहाडी भूभाग सिस्ने हिमालको श्रृङ्खलासँग जोडिएकोले हिउँदमा हिउँ पर्दछ भने मानिसहरूको वसोवास सानीभेरी नदीको किनारामा रहेको हुँदा समग्रमा यहाँ अर्ध शितोष्ण मनसुनी हावापानी पाइन्छ भन्न सकिन्छ। यहाँ न्यूनतम ३ डिग्रीदेखि अधिकतम ३५ डिग्री सेल्सियससम्म तापक्रम रहेको र सरदर १७०० मिलिमिटर वर्षा हुने एक तथ्याङ्कले जनाएको छ।

वन सम्पदा[सम्पादन गर्ने]

करिब ३२६० हेक्टर वन क्षेत्रफल १४४५ हेक्टर चरण क्षेत्रले ढाकेको पीपलमा विभिन्न प्रजातिका जडिबुटी तिते समायो पाँच औंले कुरिलो टिमुरसमायो तथा बाघ भालु थार स्याल रतुवा दुम्सी बादर गुनो झारल घोरल खरायो कालिज डाँफे मुनाल चाकुरा तित्रा जस्ता वन्यजन्तु तथा पाछीहरू पाइन्छन्।

धार्मिक तथा पर्यटकिय स्थलहरू[सम्पादन गर्ने]

शिद्ध साइकुमारी,तासुसाइकुमारी मन्दिर तासुकाँडा मेलचौरमेला,कुनाखेत मेला,माथिल्लो पुमा ब्रहमा,माई भगवती र माई कालिकाको मन्दिर पीपलमा रहेको प्रसिद्ध धार्मिकस्थलहरू हुन् भने जांगाथलो ओढार बुकी ओढार पर्यटकीय महत्वका स्थानीयहरू छन्। जांगाथलो ओढार वडानं। ५ स्थित कुवाङ भन्ने ठाउँमा पर्दछ। जुन ठाउँमा माथिल्नो सतहमा २०० बढी माहुरीका घारहरू आकापाखा तारा झै टल्किएको देख्न सकिन्छ भने वर्षायाममा वन्ययजन्तुहरू यो ओढारमा वास बस्दछन्। त्यस्तै बुकी ओढार शिलाजीत पाइन्छन्।

जनसङ्ख्या[सम्पादन गर्ने]

२०५८ सालको जनगणना अनुसार ४१४७ जनसङ्ख्या रहेको पीपलमा २१३२ पुरुष र २०१५ महिला रहेका छन्। जसअनुसार यहाँको जनसङ्ख्या वृद्धिदर २।२० प्रतिशत रहको छ। यस गाविसमा क्षेत्री मगर ठकुरी कामी सन्यासी वादी गुरूङ्ग जातिहरू बसोबास गर्दछन् ।

विकासका गतिविधीहरू[सम्पादन गर्ने]

शिक्षा, स्वास्थ्य, यातायत, संचार, विद्युत, खानेपानी ,सिंचाई लगायत विकासका पूर्वाधारहरूको सन्दर्भमा उल्लेख्य उपलब्धि भइसकेको छैन तथापि त्यस दिशातर्फ पीपल गाविस उन्मुख छ। २०२२ सालमा प्रावि पीपल स्थापना भई औपचारिक शिक्षाको सुरुवात भएको यहाँ एक उच्च मावि पिपल छ। टोल टोलमा प्राथमिक विद्यालयहरू स्थापना भएका छन्।बि.स.2065 देखी नेपाल टेलिकमको CDMA स्काई टेलिफोनले सामन्य काम गरिरहेको र हाल आएर नेपाल टेलिकम कै नमस्ते,स्काई र एनसेल मोबाईल सेवा छ। ग्रामीण कृषि सडक मा मौसमी यातायात सेवा उपलब्ध छ।र सडकका ट्रयाकहरू खोल्ने क्रम पनि जारी छ। अन्य कुराहरू पनि द्वन्द्व प्रभावित गाविसका हिसावले जिल्लास्तरबाट प्राथमिकतामा राखी अन्य विकासका योजनाहरू भित्रिने क्रम जारी छ। पीपलको मौलिक किसिमको भेषभुषा लवाईखुवाई तथा श्रमप्रतिको निष्ठाले गर्दा बाहिरबाट जाने जोकोहीलाई पनि छिटै आकर्षित गर्दछ। जिल्लाकै प्रमुख जात्रामध्ये एक कुनाखेत मेला लाग्दछ। छुट्टै गाविसको रूपमा अस्तित्वमा भएको छोटो समयमै पीपलले अन्य गाविसको तुलनामा सबै क्षेत्रमा फड्को मारेको छ। तर यतिले मात्र सन्तोष हुने अवस्था भने छैन। १० वर्षको जनयुद्धको उद्गमभूमिको रूपमा पीपल सुपरिचित छ। जहाँ जनयुद्ध शंखघोष भएलगतै राज्यपक्षबाट सामूहिक हत्या भएको नेपालमै पहिलो र ठूलो घटना हो जुन घटनाबाट त्रसित भई स्थानीयहरू घर छोडेर जङ्गलमा समेत बसोबास गरेको तीतो यथार्थ छ। तसर्थ द्वन्द्वको क्षेत्रमा अनुसन्धानकर्ताहरूका लागि यो गाविस एउटा स्रोत बन्न सक्छ।[२]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]



सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२। 
  2. "गाविस सुची", रुकुम जिल्ला विकास समिति 

बाह्य सूत्र[सम्पादन गर्ने]