इतिहासमा आज खण्डमा इतिहासमा भएको महत्वपूर्ण व्यक्तित्वहरूको जन्म दिन वा कुनै महत्वपूर्ण घटनालाई मिती अनुसार मिलाएर राखिएको छ । यस खण्डमा इतिहासका महत्वपूर्ण घटनाहरू राख्दा इस्वि सम्वतको साथ साथै विक्रम सम्वत पनि राख्नु पर्ने हुन्छ । यस खण्डमा कुनै पनि मितिको बढीमा ८ वटा घटनाहरू समावेश गर्न सकिन्छ भने थप जानकारीहरू उक्त मितिको पृष्ठमा समावेश गर्नु पर्ने हुन्छ ।
यदि कुनै मितीमा रहेको व्यक्तित्व भन्दाबढी महत्व रहेको अन्य कुनै व्यक्तित्व रहेको तपाईलाई लाग्दछ भने उक्त मितीको वार्तालाप पृष्ठमा सुझाव राख्नु होला ।
वि.सं. २०१३ (सन्१९५६)- पहिलो व्यावसायिक आणविक शक्ति स्टेशन इङ्गल्याण्डकी महारानी एलिजाबेथ दोश्रोद्वारा औपचारिक रुपमा सेल्लाफील्डमा उद्घाटन गरिएको थियो ।
वि.सं. २०६३ (सन्२००५) - विल्मा तुफानमा परी अमेरिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ७१ जनाको ज्यान गएको थियो भने अनुमानित २०.६ बिलियन अमेरिकी डलरको क्षति पुगेको थियो ।
वि.सं. २०१३ (सन्१९५६)- पहिलो व्यावसायिक आणविक शक्ति स्टेशन इङ्गल्याण्डकी महारानी एलिजाबेथ दोश्रोद्वारा औपचारिक रुपमा सेल्लाफील्डमा उद्घाटन गरिएको थियो ।
वि.सं. २०६३ (सन्२००५) - विल्मा तुफानमा परी अमेरिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ७१ जनाको ज्यान गएको थियो भने अनुमानित २०.६ बिलियन अमेरिकी डलरको क्षति पुगेको थियो ।
वि.सं. २०७० (सन्२०१३) - ब्रिटेनका भौतिकशास्त्री स्टिफन हकिङले विश्वकै ठूलो पुरस्कार राशि ३० लाख अमेरिकी डलर भएको आधारभुत भौतिकशास्त्र पुरस्कार जितेका थिए ।
वि.सं. २०४८ (सन्१९९१)- कजाख्स्तानले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
वि.सं. २०६९ (सन्२०१२) - भारतको नयाँ दिल्लीमा महिलासँग गरिएको सामुहिक बलात्कारको विरोधमा लाखौ जनाले प्रदर्शन गरेका थिए ।
वि.सं. २०७१ (सन्२०१४) - तेह्रिक-इ-तालिबान पाकिस्तान(टिटिपी)का सात जना सदस्यले पाकिस्तानको पेसावरमा रहेको सैनिक सार्वजनिक विद्यालयमा आतंककारी आक्रमण गरी विद्यालयका कर्मचारी तथा विद्यार्थीहरूमाथि गोली प्रहार गर्दा १३२ बालबालिकासहित १४५ को मृत्यु भएको थियो । (चित्रमा लण्डनमा गरिएको मैनबत्ती सहितको प्रार्थना)
वि.सं. २०७१ (सन्२०१४) - इन्डोनेसियाको सुरबयाबाट सिंगापुर जाँदै गर्दा एयर एसिया विमान ८५०१ दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १६२ जनाको मृत्यु भएको थियो ।
वि.सं. २०५४ (सन्१९९७)- माइक्रोसफ्टले हटमेल सेवा खरिद गरेको थियो।
वि.सं. २०५६ (सन्१९९९) - बोरिस येल्तसिनले तत्कालिन प्रधानमन्त्री भ्लादिमिर पुतिनलाई निमित्त राष्ट्रपतिको रूपमा पद हस्तान्तरण गरि रुसको राष्ट्रपति पदबाट राजिनामा दिएका थिए।
वि.सं. २०११ (सन्१९५४)- भारतले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, भारत रत्न र पद्म विभूषण स्थापना गरेको थियो।
वि.सं. २०१६ (सन्१९५९) - चन्द्रमाको वरपर पुग्ने र सूर्यको परिक्रमा गर्ने पहिलो अन्तरिक्ष यान लुना १, सोभियत सङ्घद्वारा प्रक्षेपण गरिएको थियो।
वि.सं. २०३२ (सन्१९७५) - भारतको बिहार राज्यस्थित समस्तीपुरमा नयाँ रेलवे लाइनको उद्घाटनको क्रममा तत्कालिन रेल मन्त्री ललित नारायण मिश्र गम्भीर घाइते भएका थिए।
वि.सं. २०५६ (सन्१९९०)- पिसाको टाबर धेरै झुके पछि सर्वसाधारणको लागी बन्द गरिएको थियो ।
वि.सं. २०६९ (सन्२०१३) - लियोनेल मेस्सिले लगातार तेश्रो पटक फिफा उत्कृष्ट खेलाडीको उपाधी जितेका थिए ।
वि.सं. २०७१ (सन्२०१५) - केहि बन्दुकधारीहरुले फ्रान्सेली व्य्ङ्ग्यात्मक पत्रिका चार्ली हेब्डोको मुख्यालयमा अधाधुन्ध गोली चलाएर १२ जना को हत्या गरे र ११ जना लाई घाईते बनाएका थिए ।
वि.सं. २०५३ (सन्१९९७)- इटालीको नयाँ निकालिएको १००० लिराको सिक्कामा भएको नक्शामा जर्मनीलाई छुट्टाएर भुलवस छापिएको थियो । यस गल्तीलाई इटालीले पछि सुधार गरि पुनः १००० लिराको सिक्का (चित्रमा इटालीको १००० लिरा) निकालेको थियो ।
वि.सं. २०७१ (सन्२०१५) - नेपालको दोश्रो संविधान सभाले संविधान तयार गर्ने म्याद २ दिन बाँकी हुँदा संविधान सभामा तोड्फोड भएको थियो भने ४ सभासदहरू घाइते समेत भएका थिए ।
वि.सं. १४२४ (सन्१३६८) - ४० वर्षका झू युआनझाङ चीनको सिंहासनमा आरोहण गरी हङ्वु सम्राटका रूपमा स्थापित भए, जससँगै चीनमा मिङ वंशको शासन सुरु भयो, जुन तीन शताब्दीसम्म कायम रह्यो।
वि.सं. १८५० (सन्१७९३)- पोल्याण्डको दोस्रो विभाजन भएको थियो ।
वि.सं. २०६७ (सन्२०१०)- राष्ट्रपति शेख मुजिबुर रहमानका पाँचैजना हत्याराहरूलाई फाँसी दिइएको थियो ।
वि.सं. २०८२ (सन्२०२६) - महाराष्ट्रको बारामती विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटनाग्रस्त हुँदा, महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित सम्पूर्ण ६ जना यात्रुको मृत्यु भएको थियो।
वि.सं. २०४८ (सन्१९९१)- इराकले साउदी अरेबियाको खाफ्जी शहरमा आक्रमण गरे पश्चात खाडी युद्धको पहिलो ठूलो स्थल लडाइँ सुरु भएको थियो, जुन तीन दिनपछि गठबन्धन सेनाले पुनः नियन्त्रणमा लिएको थियो।
वि.सं. २०७४ (सन्२०१७) - क्यानाडाको क्युबेक सिटीको इस्लामिक सांस्कृतिक केन्द्रमा एक बन्दुकधारीले अन्धाधुन्ध गोलीबारी गर्दा ६ जनाको मृत्यु तथा १९ जना घाइते भएका थिए।
वि.सं. २०५४ (सन्१९९८)- उत्तरी अफगानिस्तानमा ५.९ म्याग्निच्युटको भूकम्पका कारण गएको पहिरोमा परी २,३०० भन्दा बढी मानिसको ज्यान गएको र करिब १५,००० घरहरू ध्वस्त भएका थिए।
वि.सं. २०६० (सन्२००४) - प्रसिद्ध वेबसाइट फेसबुकको सुरुवात भएको थियो ।
वि.सं. २०७५ (सन्२०१९) - जम्मू कश्मीर को पुलवामा जिल्ला मा जम्मू श्रीनगर राजमार्गमा भारतीय सुरक्षाकर्मीको सवारी वाहनमाथि भएको एकठूलो आत्मघाती हमलामा ४४ सुरक्षाकर्मीको ज्यान गएको थियो ।
वि.सं. १८९१ (सन्१८३५) - चिलीको क्नसेपसियनमा अनुमानित ८.२ रेक्टर स्केलको भुकम्प आएको थियो र साथै यसकै कारण आएको सुनामीले छिमेकको शहर ताल्चहुआनो विनास गरेको थियो ।
वि.सं. १९२९ (सन्१८७२)- न्यूयोर्क शहरमा महानगरीय सङ्ग्रहालय तथा कला खुलेको थियो ।
वि.सं. २०५० (सन्१९९३) - जेनेट रेनो अमेरिकाको पहिलो महिला प्रधान न्यायधिवक्ता भएकी थिइन् ।
वि.सं. २०७५ (सन्२०१८) - युएस-बंगला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो।
वि.सं. २०७५ (सन्२०१९) - इथियोपियामा उक्त विमानको दोस्रो दुर्घटनापछि अन्य देशहरूले प्रतिबन्ध लगाएपछि अमेरिकाले सबै बोइङ ७३७ म्याक्स विमानहरूलाई ग्राउन्डेड गरेको थियो।
वि.सं. २०७५ (सन्२०१९) - द वाल्ट डिज्नी कम्पनीले ट्वान्टिफस्ट सेन्चुरी फक्स मनोरञ्जन व्यवसायलाई ७१ अर्ब अमेरिकी डलरमा प्राप्त गरेको थियो।
वि.सं. २०७९ (सन्२०२३)- श्रीलङ्काले १९४८ मा स्वतन्त्रता पछि देखिएको सबैभन्दा गम्भीर आर्थिक सङ्कटको बीचमा अन्तर्राष्ट्रिय मुद्रा कोष बाट २.९ अर्ब अमेरिकी डलरको उद्धार सहायता प्राप्त गरेको थियो।
वि.सं. २०७२ (सन्२०१६) - आइएसआइएसले बेल्जियमको राजधानी ब्रसेल्सको एयरपोर्ट तथा सबवेमा आक्रमण गर्दा ३२ जना मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए ।
वि.सं. २०६४ (सन्२००८) - भुटानमा पहिलो जनचुनाव भए पश्चात प्रजातन्त्र घोषणा भएको थियो ।
वि.सं. २०७६ (सन्२०२०) - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १.३ अर्ब जनसंख्या भएको विश्वको दोस्रो सबैभन्दा बढी जनसंख्या रहेको देश भारतमा कोभिड-१९ नियन्त्रण गर्न २१ दिने लकडाउनको आदेश दिएका थिए।
वि.सं. २०७४ (सन्२०१८) - उत्तर कोरियाली नेता किम जोङ-उनले जुन २०११ मा सत्तामा आए पश्चात उनको पहिलो विदेश यात्रामा चीनको बेइजिङमा चिनियाँ नेता सी जिनपिङसँग भेट गरेका थिए।
वि.सं. २०८१ (सन्२०२५) - काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनले हिंसात्मक रूप लिदा २ जनाको मृत्यु तथा ११२ जना पक्राउ पर्नुको लगायत भौतिक पूर्वाधारमा ठूलो क्षति भएको थिए।
वि.सं. २०५७ (सन्१९९१)- अर्जेन्टिनाका प्रचलित फुटबल खेलाडी डिएगो म्याराडोनालाई लागु औषधी प्रयोग गरेको आरोपमा १५ महिनाको लागाी इटालियन लिगबाट प्रतिबन्ध लगाइएको थियो ।
वि.सं. २०६८ (सन्२०११) - अमेरिकाको सैन्य कारवाहीमा पाकिस्तानको एबटाबादमा ओसामा बिन लादेन मारिएका थियो । (चित्रमा सैन्य कारवाहीको क्षणमा अमेरिकी राष्ट्रपति)
वि.सं. २०७९ (सन्२०२३)- जर्ज हैरिसनको "हियर कम्स द सन" स्पोटिफाइमा एक अर्ब पटक स्ट्रिम हुने पहिलो बिटल्स गीत बन्न पुग्यो; यो त्यस्तो कीर्तिमान हासिल गर्ने अहिलेसम्मकै सबैभन्दा पुरानो गीत पनि हो।
वि.सं. २०६५ (सन्२००८) - (जेठ १५, २०६५) जननिर्वाचित संविधान सभाबाट नेपाललाई संघीय गणतन्त्र घोषणा गरिएको थियो । यसबाट ३०० वर्ष पुरानो राजतन्त्रको अन्त्य भै देशमा गणतन्त्रको स्थापना भयो।
वि.सं. २००९ (सन्१९५२)- ग्रीसका महिलाहरूले मतदान गर्ने अधिकार प्राप्त गरेका थिए ।
वि.सं. १४३० (सन्१३७३) - विश्वको सबैभन्दा पुरानो तथा अझै प्रचलनमा रहेको सन्धि एङ्ग्लो–पोर्चुगिज गठबन्धन सन्धि लन्डनमा इङ्ल्यान्डका राजा एडवर्ड तृतिय र पोर्चुगलका राजा फर्डिनान्ड प्रथमबीच हस्ताक्षर भएको थियो।
वि.सं. २००४ (सन्१९४७)- ब्रिटेनका प्रधानमन्त्री क्लिमेन्ट एट्लीद्वारा मोहम्मद अली जिन्नालाई पाकिस्तानको पहिलो गभर्नर जेनरल पदको लागी सिफारिस गरिएको थियो ।
१९८७ - मोन्ट्रियलमा दुई र आधा घण्टाको अवधिमा १००मिमी (३.९इन्च) भन्दा बढी वर्षा परेको थियो, जसले गम्भीर बाढी ल्याएको थियो र क्यानेडाली डलर २ करोड २० लाख भन्दा बढी क्षति भएको थियो।
२०१६- फ्रान्सको नीसमा एउटा मान्छेले जानाजानी ट्रकलाई भीडमा लगेको थियो, जसको परिणामस्वरूप ८६ व्यक्तिको मृत्यु भएको थियो।
२०१० - विकिलिक्सले अफगानिस्तान युद्धसँग सम्बन्धित ७५,००० गोप्य कागजात प्रकाशित गरेका थियो, जुन अमेरिकी सैन्य इतिहासको सबैभन्दा ठूलो जानकारी बाहिर आएको घटना हो ।