सामग्रीमा जानुहोस्

विजयश्वरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बिजयश्वरीबाट अनुप्रेषित)
विजयश्वरी
पूर्व गाविस
विजयश्वरी is located in कर्णाली प्रदेश
विजयश्वरी
नेपालको नक्सामा विजयश्वरीको अवस्थिति
विजयश्वरी is located in नेपाल
विजयश्वरी
विजयश्वरी (नेपाल)
निर्देशाङ्क: २८°४२′N ८२°२३′E / २८.७०°N ८२.३९°E / 28.70; 82.39निर्देशाङ्कहरू: २८°४२′N ८२°२३′E / २८.७०°N ८२.३९°E / 28.70; 82.39
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला
जनसङ्ख्या
 • जम्मा९,३६४
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

विजयश्वरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९३६४ रहेको थियो जसमध्ये ४४५६ पुरुष र ४९०८ महिला रहेका थिए भने यहाँ १९२२ घरधुरी रहेको थियो।[] यो हाल चौरजहारी नगरपालिकामा पर्दछ।

अन्य गाविसभन्दा राज्य संयन्त्रको बढ्ता उपस्थितिले गर्दा नमूना गाविसको उपमा पाएको विजयश्वरी गाविस जिल्ला सदरमुकाम मुसिकोटबाट १६ कोस सुदुरपश्चिममा रहेको छ। सल्यान जाजरकोट डोल्पा र रुकुमको प्रमुख ब्यापारीक केन्द्र चौरजहारी बजार रहेको यो गाविस राजनीतिक विभाजन अनुसार निर्वाचन क्षेत्र नं। २ र इलाका नं। ८मा पर्दछ। समुन्द्र सतहदेखि ६६७ मिटर उचाई भएको भेरी नदीदेखि १५१२ मिटर उचाईमा रहेको मालिका लेकसम्मको भू-भाग रहेको यस गाविसको पूर्वमा कोटजहारी र खोलागाउँ गाविस पश्चिममा जाजरकोटको जगतीपूर गाविस उत्तरमा जाजरकोट जिल्लाकै खलङ्गा गाविस र दक्षिणमा सल्यान जिल्लाको कालागाउँ गाविस रहेको छ।

बाइसे चौविसे राज्यकालमा यस ठाउँमा राज्य साचालन गरिएको थियो। स्थानीय बुढापाकाहरूका अनुसार जाजरकोटी राजा दिपनारायण शाहले हालको विजयश्वरी मन्दिर भएको स्थानमा सपनाबाट ज्योतिलिङ्ग उत्पादन भएको देखे। उक्त स्थानमै गई हेर्दा धातुको ज्योतिलिङ्ग उत्पादन भएको देखि सो स्थानमा विजयश्वरी भगवतीको मन्दिर निर्माण गरेर मन्दिरमा पूज ागर्न स्थानीय गौतम थरका ब्राह्मणलाई पुरोहित तोकी प्रत्येक वर्ष वडादशैँ र चैते दशैँमा माई भगवतीलाई वली चढाउने गर्दथे। पुजारीको घरमा सुत्केरो परेपछि पोखरेल थरका बाहुनले पूजा गर्दा कालीलाई चढाएको बलीको खुन भगवतीको त्याति लिङ्गमा पर्दा उक्त ज्योतिलिङ्ग फुटेको पाइन्छ। यिनै भगवतीको नामबाट विजयश्वरी गाविस नामाकरण गरिएको हो। २०५२ सालमा नमूना गाविसका लागि आवश्यक पर्ने पूर्वाधारहरू पुगेकाले नमूना गाविसका रूपमा वर्गीकरण भएको पाइन्छ।
वि।स। २०५८ सालको जनगणना अनुसार ४१३९ महिला र ४१२२ पुरुष गरी ८२६१ जनसङ्ख्या रहेको विजयश्वरी गाविसलाई भौगोलिक बनावटका आधारमा हेर्दा पहाडी भाग र वेशी टार गरेर दुई भागमा बर्गीकरण गरिएको पाइन्छ। विजयश्वरी उच्च शिखर मालिका लगायत अमलाटाकुरा लहरेसिमल मन्कोट कालीमाटी मल्यासिमल गाउँ पहाडी भू-भागमा पर्दछन्। यस भू-भागमा मकै कोदो घैया धान गहुँ जौँ आदि उत्पादन हुन्छ। सुन्तला कागती नासपाती अम्बा आँप लगायतका फलफूल यहाँ पाइन्छ। रुकुमका केही गाविस र छिमेकी जिल्ला जाजरकोट डोल्पा समेतलाई खाद्यान्न आपूर्ति गर्ने चौरजहारी फाँट भित्र लामिछानेगाउँ घारीगाउँ नाखिरा एअरपोर्ट नयाँबजार रुकुमेगाउँ गोतामे गाउँ खहरे वेतनी लहरेसिमल गैरीगाउँ आदि विजयश्वरी गाविसका प्रचुर मात्रामा उत्पादन हुने स्थानहरू हुन्। पौराणिकालमा झाडीनै झाडीले भरिएको चवर क्षेत्र भएको हुँदा यस ठाउँलाई चौरझारी र पछि चौरजहारी भन्न थालिएको पाइन्छ। हाल गाविसको नाम विजयश्वरी भएको भएपनि सबैले चौरजहारी भनेर चिन्ने गर्दछन्। यस क्षेत्रलाई अन्नको भण्डार नै मानिन्छ। यहाँ अत्याधिक मात्रामा धान गहूँ मकै कोदो चना मसुरो तथा विभिन्न किसिमको तरकारी खेती एवं आँप मेवा कटहर नासपाती लगायतका फलफूलहरू उत्पादन हुने गर्दछ। यस गासिको अधिकतम तापक्रम ३९ डिग्री से_िल्सयस र न्यूनतम तापक्रम ४ डिग्री से_िल्सयस रहेको छ। औसत ९।४२ मिलिमिटर पानी पर्ने यस गाविसमा गर्मीमा निकै गर्मी र जाडोयाममा निकै जाडो हुने गर्दछ। हिउँदमा तराई क्षेत्रमाझैँ चौरजहारी भ्यालीमा टम्म कुहिरो लाग्ने गर्दछ। जाजरकोटी राजा हरिविक्रम शाहीकी छोरी बालकाुमारीको विवाह श्री ३ चन्द्रशमशेरसँग हुँदाको बखत उनीहरूकै प्रयासमा वि। स। १९८५मा विजयश्वरी-६ स्यालखोला रुकुम र जगतीपुर-१ मटेला जाजरकोट जोड्ने भेरी नदीमा बनेको पु राणाकालमा अध्यारोभित्रको उज्यालो पक्ष हेर्न सकिन्छ। त्यसैगरी जाजरकोटको जगतीपुर-८ कुदु र विजयश्वरी-४ रुकुम जोड्ने करिब २७० मिटर लामो पुल २०६३÷०६४मा निर्माण गरिएपछि हजारौँ जनताहरू लाभान्वित भएका छन्।

विजयश्वरी भगवती मन्दिर मालिका लेक विजयश्वरीको कुशलगङ्गास्थित शिवमन्दिर एअरपोर्टमा रहेको माइकालीका भगवतीको मन्दिर यस गाविसका प्रसिद्ध धार्मिक स्थलहरू हुन्। त्यसैगरी राप्तीभेरी र कर्णालि आचलकै प्रसिद्ध मेला शंखपीपल मेला यसै गाविसमा धुमधामका साथ लाग्ने गर्दछ। विसौँ हजार मानिसहरूको उपस्थिति हुने यो मेलामा विभिन्न जिल्लाका मौलिक उत्पादनको समेत विक्री वितरण गर्ने गरिन्छ। हरिबोधनी एकादशी अर्थात कार्तिक शुक्ल एकादशिका दिन यो मेला चौरजहारीमा हरेक वर्ष लाग्ने गर्दछ। िसंगारु तथा पैँसेरी नाच यस गाविसका चिनारी हुन्। रुकुम सल्यान जाजरकोटको त्रिवेणी स्थल तथा ती आचल राप्ती भेरी र कर्णालीको प्रमुख ब्यापारिक क्षेत्र चौरजहारीका विभिन्न ठाउँमा ब्यापार ब्यवसाय गर्नेहरूको संख्या ठूलो मात्रामा रहेको छ। यहाँ जाजरकोट डोल्पा सल्यान सुर्खेत रुकुम जुम्ला लगायतका जिल्लाबाट किनमेल तथा ब्यापार ब्यवसायका लागि मानिसहरू आउने गर्दछन्। जसले गर्दा वर्षेनी यो गाविसमा लाखौँको कारोवार हुने गर्दछ। एक स्नातक स्तरको क्याम्पस एक उच्च मावि सहित एक दर्जन मावि निमावि र प्रावि स्तरका विद्यालय साचालनमा रहेको यो गाविसको शैक्षिक एवं राजनीतिक अवस्था माथि उठेको छ। त्यसैगरी विकासको मेरुदण्ड मानिने सडक यातायात २०६५/०६६ देखि साचालनमा आएको छ। सल्लीवजार-कनैकाँडा चौरजहारी सुर्खेत जोड्ने र दाङ्ग जोड्ने सल्यान थारमारे चौरजहारी सड्क खण्ड निर्माण भएपछि यातायातका साधन चल्न थालेका हुन्। सडकले नछोएका वडा नं। १, ८ र ९मा पनि सडक निर्माण कार्य धमाधम भइरहेको छ। त्यस्तै नेपाल वायु सेवा निगमले २०२९ सालदेखि चौरजहारी हवाई सेवा साचालनमा आएको छ। यहाँबाट नेपालगाज काठमाडौ डोल्पा लगायतका विभिन्न ठाउँमा हप्ताको ४ पटक उडान गर्दै आएको छ।

यस गाविसमा सीडीएमए टेलिफोन स्काई र नमस्ते मोवाइलले सेवा प्रदान गरिरहेको छ। भेरी अञ्चलको जाजरकोटबाट टेलिफोन सुविधा पाएको यस गाविसका मानिसहरूले आफ्नै जिल्लाभित्र फोन गर्दा पनि एसटीडी शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ। त्यस समस्याप्रति सम्वन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ। साचारको परम्पारागत साधन हुलाक पनि यहाँ रहेको छ। इलाका हुलाक कार्यालयले जनतालाई प्रत्यक्ष सेवा दिएको छ। त्यस्तै २०२७ सालदेखि ०३४ सालसम्म निर्माण कार्य सम्पन्न भई सुचारु भएको चौरजहारी टार सिंचाई योजनाबाट वडा नं। ९ बाहेकका सबै वडाहरू लाभान्वित भएका छन्। छिमेकी गाविस खोलागाउँबाट साढे १९ किलोमिटर नहर वनाई ल्याइएको सो सिंचाई आयोजनाबाट उपभोक्ताहरूको बढ्दो आवश्यक्तालाई परिपूर्ति गर्न समस्या उत्पन्न भएकाले पानी बढाउनुपर्ने देखिन्छ। खानेपानी समस्याबा प्रताडित चौरजहारीवासीहरूले एक घर एक धारोको अवधारणका साथ सरकारी तथा गैरसरकारी संघसंस्थाको अनुदानलाई समेत उपयोग गरी स्थानीयस्तरबाटै खानेपानी आपूर्तिका लागि अभियानात्मक रूपमा जुटेका छन्।

२०४७ सालमा निर्माण कार्य सम्पन्न भएको १५० किलोवाट क्षमता चौरजहारी साना जलविद्युत योजनाबाट यो गाविसका वडा नं। ८ र ९ बाहेक सबै वडाहरू लाभान्वित भएका छन्। त्यसैगरी मानिसको अभिन्न क्षेत्र स्वास्थ्य सेवाको निम्ति जिल्लामै सबैभन्दा ठूलो अस्पताल यसै गाविसमा रहेको छ। चौरजहारी अस्पतालको नामबाट परिचित यो अस्पताल ४० शैयाको छ। दुई जना एमवीवीएस डाक्टर सहित ३८ जना विभिन्न तहका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूले दैनिक सयौँ विरामीहरूलाई सेवा दिइरहेका छन्। जाजरकोट डोल्पा सल्यान रुकुम लगायतका जिल्लाबाट चिरफार गर्ने विरामीहरू समेत यहाँ आउने गर्दछन्। त्यस्तै एक जना डाक्टरको दरवन्दी रहेको जिल्ला आयुर्वेद अस्पताल चौरजहारी र एक उपस्वास्थ्य चौकीले गाविसवासीलाई भरपूर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। समग्रमा रूपमा हेर्दा विजयश्वरी गाविस जिल्लाकै नमूना गाविस हो भन्न सकिन्छ। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "गाविस सूची", रुकुम जिल्ला विकास समिति