सामग्रीमा जानुहोस्

बिरुवा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बिरुवाबाट अनुप्रेषित)
बिरुवा
शीर्ष बायाँ देखि दाँया
बिरुवा बजार, बिरुवा गबुडाँडा, गबुडाँडा, एक बस्ती, कार्की डाँडा, पुरातन मन्दिर, वडा नं. ७ मनकामना मन्दिर परिसरबाट देखिएको मनोरम दृष्य र विद्यालय
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
  प्रकारस्थानीय तह
  नगरप्रमुखसूर्यबहादुर कुँवर नेकपा (एमाले)
  उपप्रमुखभगवती शर्मा नेकपा (एमाले)
क्षेत्रफल
  जम्मा९५.७९ किमी (३६.९८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१४,००१
  घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविक विरुवा अर्चले गाविसको कार्यालय
वेबसाइटbiruwamun.gov.np

बिरुवा स्याङ्जा जिल्लाको मध्य पूर्वी भागमा फैलिएको एक गाउँपालिका हो।[] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा विरुवा अर्चले, राङभाङका (४,८) वडाहरू, पेल्काचौरका (३,९) वडाहरू, ओरस्टे, चिन्नेबासका (१-६) वडाहरू, किचनासका (१-५,७) वडाहरू र मनकामना गाउँ विकास समितिहरूलाई समेटेर बिरुवा गाउँपालिका घोषणा गरिएको थियो।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बिरुवा गाउँपालिकाको कुल जनसङ्ख्या १४,००१ रहेको छ भने यहाँ ३,९५४ घरधुरी रहेका छन्।[]

बिरुवा गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
विरुवा अर्चले (६-९) र किचनास (२)१,८२९५.९१३०९.४८
विरुवा अर्चले (१-५) र पेल्काचौर (३, ९)१,२९४११.५३११२.२३
राङभाङ (४-८)१,२८८५.५२२३३.३३
ओरस्टे२,६६९१५.४९१७२.३०
किचनास (१, ३-५, ७)१,४९९१०.८७१३७.९०
चिन्नेबास (१-६)२,०८८२३.६९८८.१४
मनकामना (१-२, ५,७)१,७२८९.४४१८३.०५
मनकामना (३-४, ६, ८-९)१,६०६१३.३७१२०.१२
कुल१४,००१९५.७९१४६.१६

बिरुवा गाउँपालिकामा ८ वडाहरू रहेका छन। बिरुवाको कुल क्षेत्रफल ९५.७९ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा हरिनास गाउँपालिकातनहुँ जिल्ला पर्दछन् भने पश्चिममा वालिङ नगरपालिकाभीरकोट नगरपालिका छ। यसको उत्तरी भागमा पुतलीबजार नगरपालिका छ भने दक्षिणी क्षेत्रमा चापाकोट नगरपालिका पर्दछ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  3. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]