मायादेवी गाउँपालिका, कपिलवस्तु
मायादेवी गाउँपालिका, कपिलवस्तु | |
---|---|
निर्देशाङ्क: २७°३६′२२″N ८२°४६′२१″E / २७.६०६१५३°N ८२.७७२६१८°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | कपिलवस्तु |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | बलिउद्दीन मुसलमान (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | सरस्वती यादव (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ८८.५३ किमी२ (३४.१८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५५,९७२ |
• घनत्व | ६३०/किमी२ (१६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७६ |
केन्द्र | साविकको पकडी गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
मायादेवी गाउँपालिका, कपिलवस्तु कपिलवस्तु जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पकडी, अभिराव, फुलिका, पिपरा, बलुह्ववा, डुमरा, हरनामपुर र बिजुवा गाविसहरू यसमा गाभिएका थिए।
रानी मायादेवीले गौतम बुद्ध भगवानलाई लुम्बिनीमा जन्म दिनुभएकोले गाउँपालिकाको मायादेवी नाम राखिएको स्थानीयहरूको मान्यता छ। मायादेवी गाउँपालिकाको वडा नं. ७ मा पुरातात्विक महत्त्वको करमहवामाकोट छ। त्यस्तै मायादेवी गाउँपालिकाको वडा नं. ५ मा ऐतिहासिक तथा धार्मिक सिसहनियाकोट रहेको छ। गाउँपालिकामा उर्दु भाषाको महिला कलेज रहेको छ। उत्पादनको हिसावले व्यवसायिक बाख्रापालन, गाईपालन, माछापालन तथा गहुँ र धान जस्ता उत्पादनमा गाउँपालिका पहिलो स्थानमा छ। मायादेवी गाउँपालिकाको उत्पादनले मात्र जिल्लालाई धान्न सक्ने उत्पादनहरू उब्जाउने खुबी राख्दछ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मायादेवी गाउँपालिका, कपिलवस्तुको कुल जनसङ्ख्या ५५,९७२ रहेको छ भने यहाँ ८,४४३ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]मायादेवी गाउँपालिकाको पश्चिम दिशामा यशोधरा गाउँपालिका र कपिलवस्तु नगरपालिका पर्दछन। गाउँपालिकाको पूर्वमा शुद्धोधन गाउँपालिका पर्दछ। मायादेवीको दक्षिण भागमा उत्तर प्रदेश भारतको अलिगढवा पर्दछ भने उत्तर दिशामा बाणगंगा नगरपालिका रहेको छ।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय", अन्तिम पहुँच १७ अप्रिल २०२०।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच १७ अप्रिल २०२०।