मिथिला नगरपालिका
स्वरूप
मिथिला नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४१′N ८६°०५′E / २६.६९°N ८६.०९°Eनिर्देशाङ्कहरू: २६°४१′N ८६°०५′E / २६.६९°N ८६.०९°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | धनुषा |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | महेन्द्र महतो (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | सुनितासिंह बुढाथोकी (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १८७.९३ किमी२ (७२.५६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४८,६७६ |
• घनत्व | २६०/किमी२ (६७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
मिथिला नगरपालिका धनुषा जिल्लाका ११ नगरपालिकाहरू मध्येको एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा बेगडावर, नक्टाझिझ र ढल्केबर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ नगरपालिकाको क्षेत्रविस्तार गर्दा तुल्सी, पुष्पवलपुर र क्षिरेश्वर न. पा. (८,९) यसमा गाभिएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मिथिला नगरपालिकाको कुल जनसङ्ख्या ४८,६७६ रहेको छ भने यहाँ १०,६५६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति